नोबल एकेडेमीमा बम विस्फोट
२०६२ असार ८ बुधबार
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलपछाडि रहेको नोबल एकेडेमीमा अहिले एकैछिन अगाडि अर्थात् राति ८ बजे बम विस्फोट भएको छ। १० जोड दुईसम्मको अध्ययन हुने उक्त निजी शैक्षिक संस्थाको कम्पाउन्डबाहिरको सानो गल्लीबाट अज्ञात व्यक्तिहरुले सुतली बम प्रहार गरेका थिए। विस्फोटका कारण विद्यालय परिसरमा सानो खाल्डो परेको छ र त्यहाँ रहेका विद्यालयका केही गाडीका शिशा फुटेका छन्। साथमा वरपर रहेका घरका शिशा पनि फुटेका छन्। विस्फोट कसले, किन गराएको भन्ने बारेमा केही थाहा हुन सकेको छैन। माअोवादीहरुले तीन स बन्द भनी शैक्षिक संस्था बन्द अभियान चलाएका छन्। शायद उनीहरुले नै पो यसो गराएका हुन् कि !

