माअोवादीको भीषण आक्रमणबाट भारत छक्क
नेपालसित सीमा जोडिएको भारतको बिहार जिल्लामा माअोवादीहरुले गरेको भीषण आक्रमणबाट भारत सरकार अचम्भित भएको र घटनाको उच्चस्तरीय छानबिनका लागि आदेश दिएको भारतीय समाचार एजेन्सी आईएएनएसले उल्लेख गरेको छ। भारतमा माअोवादी आन्दोलन सुरु भएको ३८ वर्षको अवधिमा यही घटनालाई सबैभन्दा ठूलो आक्रमणका रुपमा लिइएको छ। बाँकी
भारतको केन्द्रीय गृहमन्त्रालयले बिहार प्रशासनलाई सयौंको संख्यामा माअोवादी बिहीबार दिउँसै कसरी प्रवेश गरी घण्टौंसम्म मधुबन बजारलाई आफ्नो नियन्त्रणमा लिइ लुटपाट र हिंसा मच्चाउन सफल भए, त्यसको पूर्ण प्रतिवेदन पठाउन आदेश दिएको छ।
आक्रमण गर्न आएका माअोवादीहरुमा सैनिक पोशाक लगाएका कयौं महिला पनि रहेको बताइएको छ। उनीहरु भारतीय कम्युनिस्ट पार्टी माअोवादीसित सम्बन्धित रहेको बताइएको छ। भाकपा माअोवादीसित नेपालका माअोवादीहरुको निकटको सम्बन्ध रहेको बताइन्छ। नेपालमा यस्तो घटना नौलौ नभए पनि भारतमा भने त्यहाँ सन् १९६७ मा माअोवादी आन्दोलन सुरु भएयता त्यति धेरै संख्यामा माअोवादी आई सरकारी निकाय र बैंकमा आक्रमण गरेको यो पहिलो अवसर भएको बताइएको छ। त्यसैले भारत सरकारले यसलाई गम्भीरताका साथ हेरेको बताइएको छ।
बिहारका प्रहरी प्रमुखले उक्त आक्रमणमा सय जनाजति नेपाली माअोवादीहरु पनि संलग्न भएको दाबी गरेका छन्।


nepali maobadi haru le pahilo patak eutaaa gatilo kaaam gare,,,,jasle paaleko thiyo,,tinihru lai nai maaare,,,,ti ta deshbhakta maobadi rahechhan,,,,,,,,,ab tiniharu le tyastai gari prachande ra baburam jastaa hatyara hari lai pani maarnu parcha,,,,,,,,ani maatra dhoti haro ko aankhaa khulchha,,,,,aru lai khaneko khaaldo ma aafai parinchha bhanne kuraa ani tini haru le bujhne chhan,,,,,,,,,jay nepal
Comment by thik gare nepali maobadiharu le — June 24, 2005 @ 4:40 pm
aba bistari hamro sakti dhakdai chha bharat la .ya ta simple matrai ho ajha baki chha thulo akraman ta .nex attact in jharkhand ma huna chha
Comment by nepal bhakta — June 25, 2005 @ 5:10 pm
balla paro nirmaya makuri jalima geet ko yad audai chha
Comment by sabina — July 16, 2005 @ 7:52 pm