विहार आक्रमणमा माअोवादीको संलग्नता
२०६२ असार १२, आइतबार
यी भारतीयहरु पनि अचम्मकै छन्। बिहीबार भारतको विहार राज्यस्थित मधुबनी बजारमा दिनदहाडै भएको आक्रमणमा नेपाली माअोवादीको संलग्नता भएको भनी पहिले प्रचार उनीहरुले नै गरे। अब आएर फेरि यो आक्रमणमा नेपाली माअोवादीको संलग्नता हुनसक्दैन भन्दै उनीहरु नै कराउँदैछन्। त्यसो त माअोवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा आफूहरुको कुनै संलग्नता नभएको दाबी गरेको थियो। बाँकी

माअोवादी आक्रमणमा मारिएका बैंकका सुरक्षागार्ड। तस्वीर साभारः एपी
संयुक्त कारबाही गर्ने आफूहरुको कुनै नीति नभएको भन्दै प्रजातन्त्रविरोधी देशी तथा विदेशी तत्त्वहरुको नियोजित षड्यन्त्रका रुपमा यसलाई आफूहरुले लिएको उनले बताएका छन्।
हुन पनि भारतीय टाउके नेतृत्वहरुकै संरक्षणमा त होला नि माअोवादी शीर्ष नेताहरु बाबुराम भट्टराई र कृष्णबहादुर महरा “वार्ता” गर्न भारत मै छन्। नेपालका राजनीतिक दलका नेताहरु पनि भारतमा “उपचार” गर्न गएको गयै छन्। दिल्ली कै मध्यस्थतामा अर्को त्रिपक्षीय सम्झौता हुने तयारी भइरहँदा माअोवादीले भारतीय समकक्षीहरुसित मिली त्यस्तो आक्रमण गरेर आफ्नो खुट्टामा आफै बञ्चरो त के हान्थे ? तर माअोवादीहरुको भनाइ र गराइमा भिन्नता हामीले देख्दै आएका छौं। निशस्त्रमाथि कुनै पनि किसिमका भौतिक कारबाही नगर्ने प्रचण्डको निर्देशनको उल्लंघन हामीले देखेकै हौं।
यसैबीच, मधुबनी बजारमा भएको आक्रमणमा नेपाली माअोवादीको संलग्नता हुनसक्ने कुरामा भारतका वरिष्ठ गुप्तचर अधिकारीहरुले आशंका व्यक्त गरेको रिपोर्ट भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
कोलकाताबाट प्रकाशित हुने दि टेलिग्राफ पत्रिकाको अनलाइन संस्करणले आज जनाएअनुसार बिहार पुलिसले आक्रमण नेपाली र भारतीय माअोवादीहरुको संयुक्त कारबाही भएको दाबी गरे पनि दिल्लीले हालसम्म त्यसलाई विश्वास गरेको छैन। टेलिग्राफले एक वरिष्ठ गुप्तचर अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ” मूर्ख नेतृत्वले मात्र सीमापारी संयुक्त कारबाहीमा भाग लिनसक्छ”
गुप्तचर सूत्रहरुलाई उद्धृत गर्दै नेपाली माअोवादीको संलग्नताका बारेमा उठेको आशंकालाई कम गर्न दिइएका केही प्रमाणहरुमा बरामद सामाग्रीहरु मैथिली र भोजपुरीमा मात्र भएको, आक्रमणपछि उनीहरु उत्तरमा नेपालतिर नभागी सेअोहारतिर भागेको, मंगोलियन अनुहारका कारण भारतीय माअोवादीलाई नेपाली ठानिएको जस्ता कुरा टेलिग्राफले उल्लेख गरेको छ।
दोहोरो भिडन्तमा मारिएका एक महिलालाई सुरुमा नेपाली माअोवादी ठानिए पनि पछि ती स्थानीय महिला भएको पुष्टि भएको पनि त्यसमा उल्लेख छ। दिल्लीका नाम उल्लेख नगरिएका एक वरिष्ठ अधिकारीलाई उद्घृत गर्दै टेलिग्राफले लेखेको छ, अहिलेसम्म यो आक्रमणमा नेपालका माअोवादीहरु संलग्न भएको प्रमाण फेला परेको छैन। शाही नेपाली सेनाबाट निरन्तर दबाबमा परिरहेका माअोवादीहरुले सीमा क्षेत्रमा आफ्ना भारतीय समकक्षीहरुसित संयुक्त कारबाहीमा भाग लिनु उनीहरुका लागि राजनीतिक आत्महत्या गरे सरह हुने ती अधिकारीको दाबी रहेछ।


NEPALI MAOBADI LE INDIA KO BIHAR MA AAKRAMAN GARNU KO KUNAI AUCHITTYA NAI CHAI NA ANI KINA GARCHAN AAKRAMAN ? YO JHUTO AAROP HO.YE SO BHANNU KO MATLAB NEPALI MAOBADI RAMRA HUN BHANNA KHOJEKO HOINA.UNIHARU LE PANI SARAI AMANABIYE KAM HARU GAREK CHAN.SOJHA SIDA JANATA LAI BOM RA BARUT ANI GOLILE UDAUNU YENIHARU KO DAINIKI BHAYEKO CHHA.PLEASE CHODIDAU YI CHIDIT KAM HARU RA NEPALI LE AAFNO DESHMA SANTI SANGA BAANCHNA PAUNE BATAWARAN BANAU !!!!!!!
Comment by Aryal kp — June 28, 2005 @ 7:23 pm