July 31, 2005

अडियो ब्लगः गगन थापा के भन्छन्?

२०६२ साउन १६ आइतबार
राज्यविरुध्द अपराध गरेको अभियोगमा विद्यार्थी नेता गगन थापालाई आज बयानका लागि सरकारी वकीलको कार्यालयमा उपस्थित गराइयो। उहाँलाई जिल्ला न्यायाधिवक्ताले बयान लिएका थिए। कार्यालय परिसरमा कुरा गर्दै गगन थापाले के भने? सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। उनले आफूलाई आस्थाको बन्दीको त कुरै छाडौं, अरु बन्दीसरह पनि सुविधा नदिइएको बताए। (more…)

मनीषा कोइरालाको अश्लील भिडियो ?

२०६२ साउन १६ आइतबार
बलिउड अभिनेत्री मनीषा कोइरालाको दाबी गरिएको एउटा अश्लील भिडियो भारतमा तीव्रताका साथ फैलँदैछ। मोबाइलमार्फत् फैलिएको यस्तो भिडियोलाई इन्टरनेटमा राखी अझै फैलाउने काम भइरहेको छ। (more…)

July 30, 2005

वासिङटन टाइम्समा बाबुराम भट्टराईको अन्तर्वार्ता

२०६२ साउन १५ शनिबार
अमेरिकाबाट प्रकाशित हुने वासिङटन टाइम्स पत्रिकाको आजको अंकमा माअ‍ोवादी नेता बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकाशित भएको छ। वासिङटन मै रहेका दक्षिण एसियाली मामिलासम्बन्धी विश्लेषक चित्र तिवारीले १० दिनअगाडि ईमेलमार्फत् यो अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा माअ‍ोवादी बहुदलीय लोकतान्त्रिक व्यवस्था अपनाउन तयार रहेकोमा विशेष जोड दिइएको छ। बाँकी (more…)

July 29, 2005

मसानघाटमा रातभर दरबारका मान्छेले के गरेछन्?

२०६२ साउन १४ शुक्रबार
काठमाडौंको शोभा भगवतिस्थित मसानघाटमा गएको हप्ता दरबारका शाह र राणा परिवारका धेरै मान्छे भेला भएर रातभर कुन्नि के पो गरेछन् रे। चारैतिर सेनाको कडा पहरा राखिएकाले के गरिएको हो भन्ने कुरा प्रष्टसित थाहा हुन गार्‍हो पर्ने नै भयो। बाँकी (more…)

सर्वोच्चमा पनि धारा १२७ !

२०६२ साउन १४ शुक्रबार
व्यवस्थापिका, कार्यपालिका र चौथौ अंग भनिने प्रेस जगतमा पनि संविधानको जादूमयी, जे गरे पनि, जसरी व्याख्या गरे पनि हुने धारा १२७ त लागिआएकै थियो, अब न्यायपालिकामा पनि यो धारा लागेको छ। राजाले नयाँ प्रधानन्यायाधीशको सिफारिश गर्नका लागि संवैधानिक परिषद्को बैठकको अध्यक्षता गर्न आजैबाट अवकाश प्राप्त गर्न लाग्नुभएका प्रधानन्यायाधीश हरिप्रसाद शर्मालाई आदेश बक्सेको छ। संवैधानिक परिषद्को बैठकको अध्यक्षता प्रधानमन्त्रीले गर्ने गर्छन्। अब देशमा प्रधानमन्त्री नै छैन त के गर्नु? यता ६५ वर्ष पुगेकाले वर्तमान प्रधानन्यायाधीश आजैबाट अवकाश प्राप्त गर्दै हुनुहुन्थ्यो। हिजो रातिसम्म पनि के गर्ने भन्ने अन्यौल कायमै थियो।
तर बिहान राजदरबार संवाद सचिवालयबाट आएको विज्ञप्तिले उही धारा १२७ प्रयोग गरी शर्मालाई नै परिषद्को बैठकको अध्यक्षता गर्न आदेश दिएको छ। यो धारा १२७ पनि गजब कै छ। धारा १२७ को जादूका बारेमा मैले पहिला पनि एउटा ब्लग लेखेको थिएँ। यहाँ छ, हेर्नुहोला।

July 28, 2005

चर्कँदैछ विद्यार्थीको आन्दोलन

२०६२ साउन १३ बिहीबार
shoutingलाग्छ, गगन थापालाई गिरफ्तार गरेर सरकारले अरिङ्गालको गोलामा हात राखेको छ। आज बिहानैदेखि काठमाडौंका प्रमुख क्याम्पसहरु अगाडिको वातावरण तनावग्रस्त भएको थियो। ढुंगामुढा, टायर बाल्ने अनि राजतन्त्रविरोधी चर्का नाराबाजी। यो क्रम अब दिनहुँ जारी रहने जस्तो देखिएको छ।

आन्दोलनरत आठ विद्यार्थी संगठनले घोषणा गरेको अ‍ौपचारिक कार्यक्रम अनुसार शुक्रबार त्रिभुवन विश्वविद्यालयका भाइस चान्सलरकहाँ डेलिगेसन जाने, आइतबार देशभर कालो झन्डासहित विरोध र्‍याली गर्ने, सोमबार देशभरका शैक्षिक संस्थामा कालो झन्डा फहराउने र शुक्रबार पुत्ला जलाइनेछ। बाँकी (more…)

वीर अस्पतालको मुर्दाघरमा जिउँदो मान्छे छट्पटाउँदै!

Alive Lady in Hospital Morgue
वीर अस्पतालको अस्तव्यस्ततालाई सबैले देखेकै हो, सुनेकै हो। तर त्यो अस्पतालको मुर्दाघरमा एक महिला चार दिनदेखि उपचार नपाएर छट्पटिँदै गरेको एक्सक्लुसिभ दृश्य हिजो सहकर्मी दीपक पान्डे र चन्द्र विष्टले खिचेर प्रसारण गरेपछि हंगामा नै मच्चिएको छ। रिपोर्टका केही अंश भिडियोमा हेर्न यहाँ क्लिक गर्नुस्। बाँकी (more…)

July 27, 2005

अडियो ब्लग

२०६२ साउन १२ बुधबार
नेपालबाहिरका पाठकहरुका लागि नेपालका अडियो समाचार पनि ब्लगमार्फत् दिन परीक्षणस्वरुप मैले आज यी केही अडियो क्लिपहरु राखेको छु। यसमा सुझावको अपेक्षा राखेको छु। यी क्लिप म आफैले स्थलगत रुपमा संकलन गरेको भने हैन। विभिन्न स्रोतहरु (च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, इमेज मेट्रो, नेपाल वन आदि) बाट यसलाई संकलन र सम्पादन गरेर मैले प्रस्तुत गरेको हुँ। बाँकी (more…)

गणतन्त्रवादी गगन गिरफ्तार

२०६२ साउन १२ बुधबार
खुला रुपमा गगनभेदी गणतन्त्रवादी नारा लगाएर मकरतन्त्रलाई दर्‍हो चुनौति बनिरहेका विद्यार्थी नेता गगन थापालाई आज बिहान पुनः गिरफ्तार गरिएको छ। माघ १९ पछि लामो समयसम्म भूमिगत रही छापामार शैलीमा गिरफ्तार गरिएका थापालाई सर्वोच्चको आदेशबाट रिहा गरिएको थियो। गगनलाई अस्ति नागरिक समाजको विरोध प्रदर्शनका क्रममा भोटाहिटीमा देखेको थिएँ। उनी निकै जोस्सिएर चर्का नारा लगाउँदै थिए। (more…)

July 26, 2005

सडकमा नबसेको ‘सडक संसद्’

२०६२ साउन ११ मंगलबार
विघटित तेस्रो प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक अर्थात् सर्वसाधारणले भन्ने गरेको सडक संसद् आज सडकमा नभई वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भव्य सभा हलमा बस्यो। बाँकी (more…)

देउवालाई २ वर्ष कैद सजाय

Filed under: Breaking News

भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन मन्त्री प्रकाशमान सिंहलाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै दुई वर्ष कैद र ४ करोड ५० लाख रुपैया जरिवानाको सजाय अहिले केही बेरअघि सुनाएको छ। (BREAKING NEWS on 3:43pm NST)
भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन मन्त्री प्रकाशमान सिंहलाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै दुई वर्ष कैद र साढे ४ करोड रुपैयाँ जरिवाना र सोही बमोजिमको रकम बिगो असुल उपर गर्ने निर्णय अहिले केही बेरअघि सुनाएको छ।
तत्कालीन सचिव टीकादत्त निरौला र मेलम्ची आयोजनाका प्रमुख ध्रुवबहादुर श्रेष्ठलाई पनि सोही बराबरको रकम र बिगो असुल उपर गर्ने फैसला भएको छ।
फैसलाको विरोधमा प्रजातान्त्रिक काँग्रेसका कार्यकर्ताहरु आयोग परिसरमा भेला भएका छन्। त्यहाँ तनाव उत्पन्न भएको र झडप हुनसक्ने बताइएको छ। उहाँहरुलाई आजै जेल चलान गर्ने तयारी भइरहेको छ। देउवालाई गत वैशाख १४ गते मध्यरातमा उहाँकै निवासबाट र सिंहलाई पनि वैशाख ५ गते उहाँकै निवासबाट शाही आयोगले अनुसन्धानका लागि हिरासतमा लिएको हो। (Update: 415pm NST)
कुरा बुझ्दा शेरबहादुर देउवा, प्रकाशमान सिंह, टीकादत्त निरौला र ध्रुवबहादुर श्रेष्ठ प्रत्येकलाई कूल नौ करोड जरिवाना र दुई वर्ष कैदको फैसला भएको रहेछ। आयोजनाका इञ्जिनीयर दीपककुमार झा र ठेकेदार जीपछिरिङ लामालाई भने जनही एक वर्ष जेल सजाय र जरिवाना र बिगो गरी कूल साढे ४ करोड सजाय सुनाइएको रहेछ।

July 25, 2005

निरंकुशतामा यस्तै हुन्छ….


लोकतन्त्र र शान्तिया लागि नागरिक समाजको आह्वानमा सोमबार अपराह्न रत्नपार्कमा निषेधाज्ञा तोड्ने प्रयासलाई प्रहरीले असफल पार्‍यो। प्रहरीले पद्मरत्न तुलाधर, कृष्ण पहाडी, मल्ल के सुन्दरलगायत निषेधाज्ञा तोड्न खोज्ने दर्जनौं बुध्दिजीवीलाई गिरफ्तार गरेको छ। भिडियो क्लिप (919 kb) का लागि यहाँ क्लिक गर्नुस्। थप फोटोका लागि भित्र जानुहोला। (सबै फोटो र भिडियो मेरो आफ्नै)
अपडेटः गिरफ्तार सबै २६ जनालाई रातभर खोरमा राखी मंगलबार बिहान ९ बजे रिहा गरिएको छ।
(more…)

मन्त्रालयभित्रै रासलीला

बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाश कोइराला मन्त्री रहेको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयभित्र दिउँसै यौनकर्म हुनथालेको समाचार नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले आज प्रकाशित गरेको छ। (more…)

खेलकूद मन्त्रीको खेलज्ञान

मणी दाहालबाट
कुरा हिजैको हो, जीउडाल हेर्दा सुमो रेस्लर जस्ता देखिने हाम्रा शिक्षा तथा खेलकुद मन्त्री राधाकृष्ण मैनालीको खेलकुदको विषयमा जानकारी देखेर म कम्ती हैरानीमा परिनँ । नेपाल लन टेनिस संघले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पर्खी बस्दा होटलको लबीमा नेपालका एक से एक खेल पदाधिकारीहरुको जमघट भएको थियो । खेलकुद मन्त्रीजीको मुखबाट कुरा खुस्किहाल्यो, “हैन हो यो लङ्ग टेनिस कसरी खेलिन्छ हँ, टेबलमा खेलिन्छ हो?
परेन फसाद! नेपालको खेलकुदको प्रमुख जिम्मेवारी लिएर बसेको मानिसको खेलकुदको ज्ञानको दिवालियापन देखेर म त तीनछक्क परेँ। खेलकुद पदाधिकारीले सम्झाउन थाले, “हैन हजुर, यो लङ्ग टेनिस हैन, लन टेनिस हो” उनले अझ प्रष्ट पार्दै खेलकूद मन्त्रीलाई “यो टेबलमा हैन- भुइँमै खेलिन्छ” भनेर बुझाए। मन्त्रीजीले कति बुझ्नु भो थाहा छैन । तर एउटा कुरो चैं पक्कै बुझियो, नेपालका खेलकुदका ‘टाउके’ व्यक्तिको खेलकुदको जानकारीमा कति रहेछ! यस्ता मकरतन्त्रे मन्त्रीहरुले खेलकुदको कसरी विकास गर्लान्, तपाईँ आफै सोच्नुस्।

(सहकर्मी मणीले आफ्नै ब्लग हेलो नेपाल पनि चलाएका छन्)

अब चाहिँ आन्दोलन चर्किने भो कि !

२०६२ साउन १०, सोमबार

हरेक क्रियाको प्रतिक्रिया हुन्छ। प्रहरीले यसरी निहत्था व्यक्तिलाई लाठी वर्षाएर दमन गर्न थालेपछि जनता अब नजाग्लान् त? तस्वीरमा आइतबार पुल्चोकमा शाही आयोगको खारेजी माग गर्ने माथि भएको प्रहरी दमन। तस्वीर साभारः एपी
सात दलको आन्दोलन “काइते”, “डरछेरुवा” किसिमको भएको सबैले महसूस गरेकै हुन्। यहाँसम्म कि नेताहरुले पनि यसलाई स्वीकारेका छन्। तर अब बिस्तारै आन्दोलन चर्किने संकेत देखापरेको छ। विभिन्न क्षेत्रका बुध्दिजीवी र नागरिक समाजले आज सोमबार अपराह्न ४ बजे पहिलो पटक सरकारले घोषणा गरेको निषेधाज्ञा तोड्दै रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन्। यसबीच मकरतन्त्रका प्रहरीले हिजो देउवाको रिहाइ र शाही आयोगको खारेजीको माग गर्दै प्रदर्शन गर्नेहरुमाथि निर्मम दमन गरेको छ। क्याम्पस-क्याम्पसमा राजतन्त्रविरोधी चर्का नारा लागिरहेका छन्। अनि विद्यार्थीहरुमाथि धरपकड पनि तीब्र भइरहेको छ। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.