बैंककमा जल्यो हाम्रा राजाको तस्वीर
२०६२ असार १७ शुक्रबार

हाम्रा राजा अब देशबाहिर बस्ने नेपालीहरुको विरोधको तारो बनेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अब राजाका तस्वीरमा आगो लगाइएका दृश्य सार्वजनिक हुन थालेका छन्। घटना आज थाइल्यान्डको राजधानी बैंककको हो। त्यहाँको शाही नेपाली राजदूतावासबाहिर आज भेला भएका प्रदर्शनकारीहरुले मानवअधिकार र प्रजातन्त्रको माग गर्दै राजाको तस्वीरमा नै आगो लगाइदिएछन्। अब त्यहाँ भेला भएकाहरु नेपाली हुन् कि हैनन्, हुन् भने कति पैसा तिरेर भाडामा ल्याइएका हुन् (वासिङटन डीसीमा जस्तै क्या) भन्ने खबर बुझ्न चाहिँ मलाई भोलि बिहानको सरकारी मुखपत्र गोरखापत्र हेर्न मन लागिसक्यो।
रोयटर्सबाट उपलब्ध तस्वीरहरु यहाँ र यहाँ क्लिक गरी हेर्नुस् ।

