मोर्डन लभ !

प्रेम के हो भनी मिस्टर ‘स्माइली फेस’लाई तपाईंले सोध्नुभयो भने उनले यही हो भनेर भन्न सक्नेछैनन् । त्यसो त ठूल्ठूला विद्वानदेखि लिएर भावनामा डुब्ने कवि र कथाकारले पनि प्रेमको सही अर्थ कहाँ बताउन सकेका छन् र !
प्रेमको दार्शनिक पक्षलाई चटक्क छाडेर यसको व्यावहारिक पक्षलाई मात्र हेर्ने हो भने मिस्टर ‘स्माइली फेस’ कै कामचलाउ परिभाषा काम लाग्नसक्छ, ‘प्रेम केटाले केटीलाई वा केटीले केटालाई मन पराउने प्रक्रिया हो ।’ यो प्रेमको सार्है संकुचित परिभाषा हुनसक्छ । त्यसो भए पनि यहाँ उल्लेख गर्न लागिएको विषयका लागि प्रेमको बृहत् अर्थ खोजिराख्ने कष्ट गर्नुपर्दैन ।
प्रेम- यो शब्दसँगै आजभोलिको युवापुस्ताका लागि जोडिने अर्को शब्द हो, ट्रेजिडी । नङसँग मासुको सम्बन्ध भएजस्तै आजभोलिको ‘मोर्डन’ प्रेमसँग ट्रेजिडीको सम्बन्ध हुन्छ । मोर्डन प्रेम कसैसँग पनि कुनै पनि समयमा हुनसक्छ । टेम्पोमा बसेर कतै गइरहँदा लामो कपाल भएकी हिस्सी परेकी युवतीसँग आँखा चार हुनेबित्तिकै प्रेम हुनसक्छ । (more…)

