तस्वीर आफै बोल्छ

माघ १९ पछि देश कति अगाडि बढेछ त ?
२०६२ असार १९ आइतबार
हैन के भा हो नेपाली नेताहरुलाई ? उनीहरु त धमाधम बिरामी हुन थालेछन् बा ! बिरामी पनि कस्तो हो, खाली भारत गएर मात्रै उपचार गराउनु पर्ने ! त्यसो त भारतबाहेक अरु ठाउँमा पनि उपचार गराउने ठाउँहरु छन् नि। तर हाम्रा नेताहरुलाई भने भारतले मात्रै उपचार गराउन सक्ने रहेछ। फेरि को नेता बिरामी भए भन्नुभएको ? काँग्रेसबाट फुटेर गएको प्रजातान्त्रिक काँग्रेस क्या त ! त्यसैका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ पनि सोमबारदेखि भारतमा उपचार गराउन जाने रे। काँग्रेस सभापति गिरिजा अनि एमाले नेता वामदेव गौतमदेखि लिएर अस्ति भर्खर गठन भएको म्यानपावर पार्टी (अहो, क्षमा गर्नुस्, जनशक्ति पार्टी) का सूर्यबहादुर थापासम्म भारतमा उपचार गराउन गइसकेपछि प्रजातान्त्रिक काँग्रेसमात्र किन पछि हुनु ? त्यसो त माअोवादीका डाक्टर बाबुराम पनि भारत मै रे। भारतमा डाक्टरहरुको कमी छैन नि। प्रधानमन्त्री डाक्टर मनमोहन सिंह अनि राष्ट्रपति पनि डाक्टर कलाम।
२०६२ असार १९, आइतबार
नेपालसम्बन्धी दुईवटा साइट सरकारले ब्लक गर्यो भनी शुक्रबार नै समाचार आएको थियो। तर मेरो घरबाट भने हिजो राति अबेरसम्म पनि ती साइटहरु खुलिरहेका नै थिए। आज अफिसबाट हेर्दा भने बन्द रहेछ। अर्थात् सबै आईएसपीबाट बन्द गर्न लगाइएको हैन रहेछ। शायद् बन्द गराउनेहरुले आफ्नै कम्प्युटरमा बन्द भएको देखेपछि विश्वभर नै बन्द हुन्छन् भन्ने ठानेका हुन् कि! समुदाय र आईएनएसएन वेबसाइट बन्द गरिएको समाचार थाहा पाएपछि किन बन्द गरिएको होला भनी ती साइट हेर्न थालेँ। पहिले पनि ती साइटहरु यदाकदा हेर्ने गर्थेँ म। तर ब्लक नै गर्नुपर्ने कारण देखेको थिइनँ। भोलिपल्ट पत्रिका पढ्दा भने राजसंस्थाको मर्यादामा आँच पुग्ने गरी र माअोवादीको मनोबल बढाउने सामाग्री राखिएको आरोप लगाइएको रहेछ। समुदायमा खोज्दा यस्तो एउटा कविता भेटियो। बाँकी (more…)
Get free blog up and running in minutes with Blogsome | Theme designs available here