माअोवादी छापामारलाई तमिल टाइगरद्वारा प्रशिक्षण
अमेरिकी पत्रिकाको सनसनीपूर्ण खुलासा
* फ्रान्सेली माअोवादीद्वारा पनि प्रशिक्षण
* आत्मघाती दस्ता तयार हुँदै
२०६२ असार २२, बुधबार
आज इन्टरनेटमा सर्च गर्दै जाँदा एउटा समाचार भेटियो। यदि यो समाचार सत्य हो भने सार्है दुर्भाग्य सहनुपर्नेछ नेपाल र नेपालीले। अब छिट्टै नै शान्तिको आशा गर्नु व्यर्थ हुनेछ। नेपालका माअोवादीहरुलाई श्रीलंकाको तमिल टाइगर विद्रोही र केही फ्रान्सेली माअोवादीहरुले समेत प्रशिक्षण दिइरहेको दाबी नाम नखुलाइएका एक नेपाली माअोवादी नेताको हवाला दिँदै वासिङटन डीसीबाट प्रकाशित हुने साउथ एसिया ट्रिब्युन नामको पत्रिकाले गरेको छ। जुलाई ८, नयाँदिल्लीको डेटलाइनमा (कसरी यस्तो मिति राखिएको हो कुन्नि, भर्खर त जुलाई ६ तारिख भयो) अरुण राजनाथद्वारा सम्प्रेषित उक्त समाचारमा तमिल टाइगरले माअोवादीहरुलाई आत्मघाती आक्रमणका लागि मानव बम स्क्वाड गठन गर्न सहयोग गरिरहेको दाबी गर्दै महिला र किशोरकिशोरीहरुलाई त्यस्तो स्क्वाडका लागि भर्ती गरिरहेको बताइएको छ। यसका लागि प्रशिक्षण लिइरहेकाहरुले साइनाइड क्याप्सुल बोकेर हिँड्ने पनि त्यसमा उल्लेख छ। साइनाइड खाएलगत्तै मानिसको मृत्यु हुने गर्छ। बाँकी (more…)

