गोरखापत्रमा ‘प्रतिगमन’
२०६२ असार २३, बिहीबार
गोरखापत्रमा ‘प्रतिगमन’ भएको छ। अब गोरखापत्रलाई गोर्खापत्र भनी लेखिनेछ। राजाको जन्मोत्सवको शुभ साइट पारेर आजदेखि यसो गर्न थालिएको हो। सूचना तथा सञ्चारमन्त्री टंक ढकालको निर्देशनमा नयाँ नाममा पत्रिका प्रकाशन गर्न थालिएको रे । त्यसो त पत्रिका प्रकाशन हुँदा सुरुमा यसको नाम “गोर्खा पत्र” नै राखिएको थियो । पछि व्याकरणको शुध्दतालाई ध्यानमा राखी वि.सं. १९८३ जेठ २४ गतेदेखि गोर्खा पत्रको नाम संशोधन गरी गोरखापत्र बनाइएको थियो । अहिले आएर त्यो व्याकरणको नियमलाई धोती लगाउन पर्नाको कारण के रहेछ कुन्नि। फेरि यो नयाँ नाम राखेर कसलाई के फाइदा हुने हो, मैले त केही बुझिनँ बा ! (more…)

