नयाँ उपहारः मोटरसाइकलमा प्रतिबन्ध
२०६२ असार २५ आइतबार
एक हप्तासम्म टेलिफोन र इन्टरनेट बन्द, मोबाइल अझैसम्म अधिकांशका बन्द नै र अब सरकार भन्छ मोटरसाइकलमा पछाडि मान्छे राखेर चलाउन पाइन्न। आफ्नो त मोटरसाइकल नै छैन, सँधै टेम्पो, नेपाल यातायात वा त्यो पनि नभए ११ नम्बर अर्थात् पैदल यात्रा। त्यसैले कल्पनानगरमा गएर सरकारको यो नयाँ प्रतिबन्धका बारेमा कसको के विचार छ भनी जान्ने निर्णय गरेँ। शनिबार विदाको दिन अरु काम नपाएर दिउँसो सुतेको थिएँ। त्यही बेला यी अन्तर्वार्ताकारहरु आफै आएर मलाई आफ्नो विचार पोख्न थाले। सुन्ने हैन त उनीहरुको विचार, आउनुस् भित्र। बाँकी (more…)

