नयाँ उपहारः मोटरसाइकलमा प्रतिबन्ध
२०६२ असार २५ आइतबार
एक हप्तासम्म टेलिफोन र इन्टरनेट बन्द, मोबाइल अझैसम्म अधिकांशका बन्द नै र अब सरकार भन्छ मोटरसाइकलमा पछाडि मान्छे राखेर चलाउन पाइन्न। आफ्नो त मोटरसाइकल नै छैन, सँधै टेम्पो, नेपाल यातायात वा त्यो पनि नभए ११ नम्बर अर्थात् पैदल यात्रा। त्यसैले कल्पनानगरमा गएर सरकारको यो नयाँ प्रतिबन्धका बारेमा कसको के विचार छ भनी जान्ने निर्णय गरेँ। शनिबार विदाको दिन अरु काम नपाएर दिउँसो सुतेको थिएँ। त्यही बेला यी अन्तर्वार्ताकारहरु आफै आएर मलाई आफ्नो विचार पोख्न थाले। सुन्ने हैन त उनीहरुको विचार, आउनुस् भित्र। बाँकी
“ह्या…यो माइल्ब्रोले त सार्हो बोर गर्यो नि हो। आफ्नो त भर्खर लभ परेको। अब त कसरी उसलाई पछाडि राखेर नगरकोट घुमाउन लैजाने ? मोबाइल बन्द भएको बेला सुमिनासित ब्रेकअप भो। अब बल्लबल्ल परेको लभ पनि टुट्ने भो। त्यही भएर मलाई यो कन्ट्री मै बस्न मन लाग्दैन……”
प्लस टुमा अध्ययनरत एक स्टुडेन्ट
“हतार हुँदा यसो जोसित भए पनि लिफ्ट माग्नुहुन्थ्यो। त्यो मोराले सँधै मलाई लिफ्ट दिनखोज्थ्यो। अब त मम ट्याक्सी चढ्न पैसा दिनुपर्छ है।”
प्लस टुमै अध्ययनरत अर्की स्टुडेन्ट
“बिहान बच्चालाई स्कूल र श्रीमतिलाई अफिस छाडेर आफू पनि अफिस जाने गर्थेँ। अब त हाम्रो रुटिन नै चेञ्ज हुने भो। ट्याक्सी, ट्याम्पोको खर्चले त्यसै पनि घाटा बजेट कसरी मिलाउने हो कुन्नि।”
इमान्दार खालका सरकारी जागिरे कर्मचारी
“निरंकुशतामा यस्तै हुन्छ। त्यसैले हामीले पूर्ण प्रजातन्त्रका लागि आन्दोलनमा सहभागी हुनुपर्छ”
जनसहभागिता बिनाको काइते आन्दोलन हाँकिरहेका नेता
“हो, बल्ल ठीक गर्यो सरकारले। मान्छेहरु मोटरसाइकलमा बसेर सामान अोसारेर….. हामी सँधै बेरोजगारको बेरोजगार। अब हामी नभई सुख ? बरु हामी अब भाडा बढाउन छिट्टै भेला गर्दैछौँ”
प्रसन्न मुद्रामा देखिएका भरिया
“एकजनाले एउटा मोटरसाइकल चढ्नु पर्ने यो नीतिका कारण मोटरसाइकलको बिक्री बढ्ने हामीले आशा राखेका छौं।”
नेपालमा उत्पादित कस्मिक यिङयाङ बाइकका बजार प्रबन्धक
“सर्वसाधारणको हितलाई ध्यानमा राखी सहुलियत ब्याजदरमा किस्ताबन्दीमा मोटरसाइकल बिक्रीको नयाँ योजना ल्याएका छौं।”
गुडविल फाइनान्सका म्यानेजर
“उपत्यकामा फेरि मोटरसाइकलको संख्या बढ्ने भो, अब झन् ट्राफिक नियन्त्रण गर्न गार्हो हुन्छ”
ट्राफिक प्रहरी


नमस्ते
I am a Hindi blogger from Bharat. Can you direct me to a links-list of Nepali blogs and other webpages written in Nepali(Devanagari)?
धन्यवाद
आनुनद सिंह
मेरो ब्लग : प्रतिभास (www.pratibhaas.blogspot.com)
Comment by Anunad Singh — July 10, 2005 @ 5:17 pm