July 11, 2005

माअ‍ोवादी वार्ताका लागि तयार

Filed under: Breaking News

माअ‍ोवादी अध्यक्ष प्रचण्डले सात राजनीतिक पार्टीलाई वार्ताका लागि आधिकारिक टोली गठन गरी आफूसित वार्ता गर्न आज जारी वक्तव्यमा आह्वान गर्नुभएको छ। वक्तव्यको पूर्ण पाठ भित्र छ। (more…)

नेपालमा छुट्टी मनाउँदै हुनुहुन्छ ? छापामारदेखि सावधान

२०६२ असार २७, सोमबार
यो शीर्षक छापेको छ आज प्रकाशित प्रतिष्ठित पत्रिका इन्टरनेसनल हेराल्ड ट्रिब्युनले। न्युयोर्क टाइम्सका सोमिनी सेन गुप्ताद्वारा लिखित उक्त समाचार फिचरको शीर्षकले नेपालमा पर्यटक आगमनमा असर पार्ने जस्तो देखिए पनि वास्तवमा फिचर भने त्यस्तो एकपक्षीय पनि छैन। सन्तुलित रुपमा यसले सकारात्मक नकारात्मक दुवै कुरा उजागर गरेको छ।
फिचरको सुरुवात २३ वर्षीया अस्ट्रेलियाली पर्यटक आम्बर म्यानर्सको नेपाल भ्रमणको अनुभवबाट गरिएको छ। काठमाडौं उपत्यका बाहिर जानुअघि उनलाई खुबसित तर्साइएछ, बाटोमा कतै माअ‍ोवादी छापामार भेटिए उनीहरुले जे भन्छन् त्यसै गर्नू। उनीहरुले बसबाट अ‍ोर्लन भने पनि अ‍ोर्लनू। किनकि उनीहरुले बस जलाए भने पनि तिमीलाई पहिला झर्न भन्नेछन्। यात्राका क्रममा उनले बाटोमा पाँचवटा बस जलेको अवस्थामा पनि देखिछिन्। ट्रेकिङको तेस्रो दिन उनले छापामारहरुलाई पनि भेट्छिन् तर उनले सोचेको जस्तै गरी हैन। बाँकी (more…)

असार ३० गते मतदान

२०६२ असार २७ सोमबार
मकरतन्त्रले यही वर्षभित्रमा नेपाल अधिराज्यका सबै नगरपालिकाहरुमा स्थानीय निकायको चुनाव गराउने घोषणा गरेको हुनाले कतै त्यही मतदान यही असार ३० गते बिहीबार हुन लागेको त हैन भनी तपाईँलाई भ्रम हुनसक्छ। तर हैन, मकरतन्त्रको मतदानको मिति तय भइसकेको छैन। यो मतदान त अलग किसिमको हो। मकरतन्त्रलाई चुनौति दिने किसिमको हो। समाचार प्रसारण गर्न पाउनुपर्ने मागका साथ आन्दोलनमा उत्रिएका एफएम रेडियोका पत्रकारहरुले आन्दोलनको एक शैलिका रुपमा असार ३० गते सरकारले एफएम रेडियोमाथि लगाएको रोक ठीक कि बेठीक भनेर मतदान गराउन लागेको हो। मतदानमा भाग लिइदिन स्वतन्त्र रेडियो बचाउ आन्दोलन केन्द्रीय संघर्ष समितिले सम्पूर्ण श्रोता, नागरिक समाज, वर्ग र क्षेत्रका नागरिकहरूमा अनुरोध गरेको छ। मेरो कुरा गर्नुहुन्छ भने म पक्कै जानेछु। किनभने माघ १९ यता मैले एफएम सुन्नै छाडेको छु। समाचार प्रसारण हुने बेलामा म समाचार कै लागि एफएम सुन्ने गर्थेँ। समितिको वक्तव्यको पूर्ण पाठका लागि भित्र आउनुहोला। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.