माअोवादी वार्ताका लागि तयार
माअोवादी अध्यक्ष प्रचण्डले सात राजनीतिक पार्टीलाई वार्ताका लागि आधिकारिक टोली गठन गरी आफूसित वार्ता गर्न आज जारी वक्तव्यमा आह्वान गर्नुभएको छ। वक्तव्यको पूर्ण पाठ भित्र छ।
युनिकोडमा परिवर्तन गर्दा हुने गल्ती पछि सच्याउने गरी अहिले जस्ताको तस्तै राखेको हुनाले सच्याएर पढ्नुहोला
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत सात राजनैतिक दलहरुका तर्फबाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनैतिक निकासका लागि हाम्रो पार्टीसँग वार्ता गर्न दिएको सार्वजनिक अभिव्यक्तिलाई हामीले अत्यन्त सकारात्मक रुपमा लिएका छौं । गत माघ १९ गतेको शाही ‘कू’ पछि हाम्रो पार्टी निरंकुश राजतन्त्र विरोधी सबै राजनैतिक दलहरुसँग सहकार्य गरी आन्दोलनलाई सशक्त र एकताबद्ध लुल्याउन तयार रहेको कुरा स्पष्ट गर्दै आएको छ । त्यस प्रकारको सहकार्यलाई सहज पार्न आन्दोलनरत राजनैतिक दलका कार्यकर्ताहरुमाथि कुनै पनि प्रकारको भौतिक दवाव नदिन हाम्रो केन्द्रीय कार्यलयद्वारा जारी निर्देशन एकाध दुर्घटनाका वावजुद क्रमशः र दृढतापूर्वक लागू गरिंदै गएको तथ्य पनि हामी यहाँ पुनः स्पष्ट गर्न चाहन्छौं । देशको आजको जटिल राजनैतिक स्थितिको प्रजातान्त्रिक निकासका लागि व्यापक जनदवाव सृष्टि गर्न हाम्रा पार्टी सात राजनैतिक दलसँग अविलम्ब एक आधिकारिक वार्ता टोली निर्माण गरी वार्तामा अगाडि आउन विशेष आग्रह गर्दछ । त्यस प्रकारको टोलीसँग समग्र राजनैतिक विषयमा गम्भीरतापूर्वक छलफल गरी विश्वासको अझ बलियो आधार तयार पार्न सकिने कुरामा हामी स्पष्ट छौं ।
अन्तमा नेपाली जनताको सामन्ती निरंकुशता विरोधी प्रजातान्त्रिक आकांक्षाका पक्षमा सहयोग पुर्याउन हाम्रो पार्टी संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायसंग हार्दिक अनुरोध गर्दछ । निरंकुश राजतन्त्र थोपर्न नेपाली जनतामाथि चलाइएको शाही सैनिक आतंकवाद नै नेपालको आजको प्रमुख समस्या भएको यथार्थमा हामी, सबैको ध्यान आकषिर्त गर्न चाहन्छौं । नेपाली जनताको प्रजातन्त्र, शान्ति र प्रगतिको आकंक्षाका पक्षमा संयुक्त राष्ट्र संघ लगायत विश्वका जो कसैसँग वार्तालाप गर्न हाम्रो पार्टी तयार छ ।
मिति २०६२ असार २७
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति


real or drama ???????????????
Comment by kp — July 11, 2005 @ 6:35 pm
This is a chocolate greeting to Mr. Brahimi to revolutionize UN attitude toward Maoists. As alliance of seven political parties had said they will shake hand with the Maoist while Maoists lay down the arms. So let see reaction of seven parties on this matter and from UN too.
Comment by Kaweeta — July 11, 2005 @ 7:25 pm
Oh god i hope it is real…
i just want this whole shit to stop…let the peace prevail on nepal soon……………
Comment by Samixya — July 12, 2005 @ 1:18 pm