नेपालमा छुट्टी मनाउँदै हुनुहुन्छ ? छापामारदेखि सावधान
२०६२ असार २७, सोमबार
यो शीर्षक छापेको छ आज प्रकाशित प्रतिष्ठित पत्रिका इन्टरनेसनल हेराल्ड ट्रिब्युनले। न्युयोर्क टाइम्सका सोमिनी सेन गुप्ताद्वारा लिखित उक्त समाचार फिचरको शीर्षकले नेपालमा पर्यटक आगमनमा असर पार्ने जस्तो देखिए पनि वास्तवमा फिचर भने त्यस्तो एकपक्षीय पनि छैन। सन्तुलित रुपमा यसले सकारात्मक नकारात्मक दुवै कुरा उजागर गरेको छ।
फिचरको सुरुवात २३ वर्षीया अस्ट्रेलियाली पर्यटक आम्बर म्यानर्सको नेपाल भ्रमणको अनुभवबाट गरिएको छ। काठमाडौं उपत्यका बाहिर जानुअघि उनलाई खुबसित तर्साइएछ, बाटोमा कतै माअोवादी छापामार भेटिए उनीहरुले जे भन्छन् त्यसै गर्नू। उनीहरुले बसबाट अोर्लन भने पनि अोर्लनू। किनकि उनीहरुले बस जलाए भने पनि तिमीलाई पहिला झर्न भन्नेछन्। यात्राका क्रममा उनले बाटोमा पाँचवटा बस जलेको अवस्थामा पनि देखिछिन्। ट्रेकिङको तेस्रो दिन उनले छापामारहरुलाई पनि भेट्छिन् तर उनले सोचेको जस्तै गरी हैन। बाँकी
एकजना मान्छे आफूपछाडि आएको देखेपछि उनले त्यसलाई स्थानीय व्यापारी ठानिछिन् र हैन हैन मलाई केही चाहिँदैन भन्न थालिन्। तर उसले म माअोवादी पार्टीको मान्छे भने। उनले माअोवादीलाई कर तिर्नुपर्ने बताए। त्यसपछि उनले ९७ रुपैया कर तिरिन् र रसिद प्राप्त गरिन्। रसिदमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माअोको तस्वीर थियो।
नेपाल भन्नेबित्तिकै आउने याक र यतिकफ छवि पहाडमा माअोवादी विद्रोह र काठमाडौंमा राजनीतिक प्रदर्शनमाथिको शाही दमनले धमिल्याउँदै गरेको छ, फिचरमा टिप्पणी गरिएको छ।
नेपालमा पर्यटनकफ स्थिति कतिसम्म खस्केको छ भन्ने कुराको उदाहरण दिँदै फिचरमा एक अमेरिकी पर्यटक टड कन्कलिनको भनाई राखिएको छ। भर्खरै पोखरा भ्रमण गरेका टड भन्छन्, म कहिले पनि आफूमात्र पाहुना भएको होटलमा बसेको थिइनँ। हामी एउटा होटलमा जाँदा उनीहरुले हामीलाई कोठा रोज्न भने। हरेक कोठा खाली थियो।
फिचरको लागि यहाँ क्लिक गर्नुहोला ।

