मन्त्रिपरिषद् पुनर्गठन
राजावादी, मण्डले र दलका विद्रोही नेताहरु समावेश
२०६२ असार ३०, बिहीबार
अन्ततः बहुचर्चित मन्त्रिपरिषद् पुनर्गठन आज रातिको साइट पारेर घोषणा गरिएको छ। यसअघि चर्चामा आएसरह राजावादी, दलका विद्रोही नेताहरु र मण्डलेको रुपमा जनमानसमा छवि बनाएकाहरुलाई मन्त्रिपरिषद्मा समावेश गरिएको छ।
सबैभन्दा मोज भएको छ सद्भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डललाई। असोज १८ को शाही घोषणादेखि पटक-पटक बनेका सरकारहरुमा उनलाई मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ। मंगलबारमात्रै जनआस्था साप्ताहिकमा राजाले उनलाई राजनीतिमा नाटक गर्नुपर्छ भनेर भनेको समाचार छापिएको थियो र अन्ततः नाटकै जस्तो गरी फेरि उनलाई मन्त्री बनाइयो। वरियताक्रममा उनलाई उपाध्यक्षद्वयपछिको ठाउँ दिइएको छ। दिनु पनि पर्यो नि, उपप्रधानमन्त्री भइसकेको मान्छे। बाँकी (more…)

