मन्त्रिपरिषद् पुनर्गठन
राजावादी, मण्डले र दलका विद्रोही नेताहरु समावेश
२०६२ असार ३०, बिहीबार
अन्ततः बहुचर्चित मन्त्रिपरिषद् पुनर्गठन आज रातिको साइट पारेर घोषणा गरिएको छ। यसअघि चर्चामा आएसरह राजावादी, दलका विद्रोही नेताहरु र मण्डलेको रुपमा जनमानसमा छवि बनाएकाहरुलाई मन्त्रिपरिषद्मा समावेश गरिएको छ।
सबैभन्दा मोज भएको छ सद्भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डललाई। असोज १८ को शाही घोषणादेखि पटक-पटक बनेका सरकारहरुमा उनलाई मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ। मंगलबारमात्रै जनआस्था साप्ताहिकमा राजाले उनलाई राजनीतिमा नाटक गर्नुपर्छ भनेर भनेको समाचार छापिएको थियो र अन्ततः नाटकै जस्तो गरी फेरि उनलाई मन्त्री बनाइयो। वरियताक्रममा उनलाई उपाध्यक्षद्वयपछिको ठाउँ दिइएको छ। दिनु पनि पर्यो नि, उपप्रधानमन्त्री भइसकेको मान्छे। बाँकी
अर्का मन्त्री बन्नेको नाम पनि चीरपरिचित नै छ। उनी मन्त्री बन्छन् भन्ने त सबैलाई थाहै थियो। उनी अर्थात् बलिउड अभिनेत्री मनीषा कोइरालाका पिताश्री प्रकाश कोइराला। शाही घोषणाको समर्थन गरेका कारण उनलाई नेपाली काँग्रेसले कारबाही गरेको थियो। राजाको समर्थन गरेवापत् जिन्दगीमा पहिलो पटक मन्त्री बन्ने पुरस्कार पाएकाले शायद् छिट्टै नै मनीषाको केही वक्तव्य आउने आशा पनि हामी राखिछाडौं न।
दुःखको कुरा उनलाई त फाल्तु मन्त्रालय भनिने वातावरण, विज्ञान तथा प्रविधि मन्त्री पो बनाइएको रहेछ।
अरु मन्त्री बन्ने परिचित नामहरुमा सलिम मिया अन्सारी, रामनारायण सिंह, निरञ्जन थापा, रूपज्योति, गोल्चे सार्की, जगत गौचन आदि रहेका छन्। निरञ्जन थापा ०४६ सालको जनआन्दोलन दबाउने मरिचमान सरकारका गृहमन्त्री थिए। अब राजाको अध्यक्षतामा बनेको मन्त्रिपरिषद्को संख्या १६ फूल मन्त्री र ८ सहायक मन्त्री गरी २४ पुगेको छ। मरिचमान सिंह प्रधानमन्त्री बन्ने, कालो सूचीका उपाध्यक्ष टी गिरीलाई हटाइने, प्रकाशचन्द लोहनीलाई अर्थमन्त्री बनाइने हल्ला भने हल्लामा मात्रै सीमित भएको छ।
यी नयाँ मन्त्रीहरुले संभवतः नेपालको इतिहासमा कुख्यात बनेको बार अर्थात् भोलि शुक्रबारका दिन शपथ ग्रहण गर्नेछन् होला।
श्री ५ महाराजाधिराजको संवाद सचिवालय राजदरवारद्वारा बिहीबार राति प्रकाशित विज्ञप्तिको पूर्ण पाठ निम्नानुसारको रहेको छः
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२७ बमोजिम आदेश जारी गरिबक्सी २०६१ साल माघ २० र २०६१ साल फागुन ३ गते मौसुफको अध्यक्षतामा गठन गरिबक्सेको मौजूदा मन्त्रिपरिषद्मा हेरफेर, थप र कार्यविभाजनसमेत गरिबक्सेको छ ।
१. डा.श्री तुलसी गिरी उपाध्यक्ष भूमिसुधार तथा व्यवस्था र जलस्रोत
२. श्री कीर्तिनिधि विष्ट उपाध्यक्ष भौतिक योजना तथा निर्माण,
स्वास्थ्य तथा जनसङ्ख्या र उद्योग,
वाणिज्य तथा आपूर्ति ।
३. श्री बद्रीप्रसाद मण्डल मन्त्री कृषि तथा सहकारी ।
४. श्री रमेशनाथ पाण्डे मन्त्री परराष्ट्र ।
५. श्री राधाकृष्ण मैनाली मन्त्री शिक्षा तथा खेलकुद ।
६. श्री सलिम मिया अन्सारी मन्त्री वन तथा भू-संरक्षण ।
७. श्री प्रकाश कोइराला मन्त्री वातावरण, विज्ञान तथा प्रविधि ।
८. श्री कृष्णलाल थकाली मन्त्री सामान्य प्रशासन ।
९. श्री बुद्धिराज वज्राचार्य मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ।
१०. श्रीमती दुर्गा श्रेष्ठ मन्त्री महिला, बालबालिका तथा समाजकल्याण ।
११. श्री टङ्क ढकाल मन्त्री सूचना तथा सञ्चार ।
१२. श्री दानबहादुर शाही मन्त्री गृह ।
१३. श्री खड्गबहादुर जी.सी. मन्त्री स्थानीय विकास ।
१४. श्री रामनारायण सिंह मन्त्री श्रम तथा यातायात व्यवस्था ।
१५. श्री मधुकर शम्शेर जंगबहादुर राणा मन्त्री अर्थ ।
१६. श्री निरञ्जन थापा मन्त्री कानुन, न्याय तथा संसदीय व्यवस्था ।सहायक मन्त्री
१७. डा.श्री रूपज्योति सहायक मन्त्री अर्थ ।
१८. श्रीमती याङ्ककिला शेर्पा सहायक मन्त्री पर्यटन तथा नागरिक उड्डयन ।
१९. श्री विनोदकुमार शाह सहायक मन्त्री जलस्रोत ।
२०. श्री छक्कबहादुर लामा सहायक मन्त्री स्थानीय विकास ।
२१. श्री गोल्चे सार्की सहायक मन्त्री श्रम तथा यातायात व्यवस्था ।
२२. श्री जगत गौचन सहायक मन्त्री भौतिक योजना तथा निर्माण ।
२३. श्री नीक्ष शम्शेर राणा सहायक मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या ।
२४. श्री सिनेट श्रेष्ठ सहायक मन्त्री शिक्षा तथा खेलकुद ।


In the next time cabinet reshuffle, you may find actor Shiva Shrestha in the cabinet. This is only my guess based on the events that happen in this country. How do you think ? If not, review your previous blog.
Comment by SP sharma — July 15, 2005 @ 12:05 pm
I want to know something about your blog.Like when did you start it? for why ? Do you think in nepal where only few people use net what is important of blog ? Only for personal interest or for what?Can we talk by mail?u can add me girianbika@hotmail.com we also can make chat I work for SAMAY
Comment by Anbika Giri — July 15, 2005 @ 12:33 pm
मैले सुनेको राजा ले अब नेपाल बिहार लाइ किस्ताबन्दि मा दिने बन्दोबस्त गर्दै छ रे ।
Comment by pakhe — July 15, 2005 @ 11:51 pm
jasta raja ustai praja, mandale mantriharulai majjai majja. Umeshji, rajnitigyaharu bhaneko deshlai pragati ra unnatiko pathma dohryaune manchhe hun. yee mantriharu ta khanaka kal matra hun. bholi kunai bideshi shaktile nepalko mukhya mantri banauchhu bhanyo bhane yiniharu tyaskai pakshyama lagchhan. Dalalharuko jat pani hundain, charma pani hundain.
Comment by Mahesh — July 27, 2005 @ 11:30 pm