सलमान खान संकटमा
सलमान खान र ऐश्वर्या रायबीचको फोन संवादको पूर्ण विवरण
२०६२ साउन १, शनिबार

बलिउड अभिनेता सलमान खान फेरि एक पटक विवादमा मुछिएका छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सलमान खान र ऐश्वर्या रायबीचको टेलिफोन संवाद सार्वजनिक गरेपछि यो विवाद उठेको हो। उक्त टेपमा सलमानले माफिया वर्ल्डका अनेकौं मान्छेको नाम लिँदै उनीहरुसित आफ्नो सम्पर्क भएको दाबी गरेका छन्। भारतीय टेलिभिजन च्यानलहरुमा यससम्बन्धी समाचार प्रसारण हुन थालेपछि बलिउड फिल्मको प्रभाव रहेको नेपालमा पनि यसबारेमा चर्चा हुन थालेका छन्। त्यसो त सलमानका वकीलले त्यो टेपमा भएको आवाज सलमानको नभएको र सस्तो लोकप्रियता हासिल गर्न त्यस्तो टेप सार्वजनिक गरिएको दाबी गरेका छन्। यहाँ मैले टेपमा भएका मुख्य बुँदालाई उतार गरेको छु। टेपमा भएका आवाज सुन्न चाहनुहुन्छ भने पनि तपाइँ डाउनलोड गर्नसक्नुहुन्छ। यसका लागि भित्र आउनुहोला। बाँकी (more…)

