लौ आयो बजेट
सुरक्षामा ४ अर्ब, राजदरबारमा साढे २ करोड वृध्दि
२०६२ साउन १ गते, शनिबार
चार वर्ष भयो संसदमा बजेट भाषण नभएको। अध्यादेशबाट बजेट आउने त्यही परम्परालाई निरन्तरता दिँदै आज अर्थमन्त्री मधुकरशमशेर राणाले मकरतन्त्रको बजेट राष्ट्रिय योजना आयोगको सभाकक्षबाट सार्वजनिक गर्नुभयो। यसपालिको कूल बजेट १ खर्ब २६ अर्ब ८८ करोड ५१ लाखको रहेको छ। यसपटक सुरक्षा खर्चमा ४ अर्बको भारी वृध्दि गरिएको छ भने राजदरबारको खर्चमा साढे २ करोड वृध्दि गरिएको छ। राजदरबारको खर्चमा किन त्यस्तो रुचि भन्नुहोला। राजा नै अध्यक्ष भएको मन्त्रिपरिषद्ले बनाएको बजेटमा राजदरबारको खर्च के कति छुट्याइएको छ, चासो त हुने नै भयो। राजदरबारका लागि कूल ३५ करोड ५० लाख ७५ हजार बजेट छुट्याइएको छ जसमध्ये ३२ करोड २३ लाख ७५ हजार प्रशासन कार्य, मर्मत सुधार र सुरक्षाका लागि छुट्याइएको रहेछ भने राजा, रानी र राजपरिवारका सदस्यका लागि खर्च गर्नका लागि ३ करोड २७ लाख रकम बजेटले व्यवस्था गरेको छ। राजदरबारको कूल खर्च प्रति महिना झण्डै २ करोड ९६ लाखजति हुन आउने रहेछ भने प्रतिदिन राजदरबारका लागि झण्डै ९९ लाख खर्च हुने रहेछ। बजेट भाषणका क्रममा देखिएका, सुनिएका केही रमाइला कुराका लागि भित्र आउनुस्। बाँकी (more…)

