लौ आयो बजेट
सुरक्षामा ४ अर्ब, राजदरबारमा साढे २ करोड वृध्दि
२०६२ साउन १ गते, शनिबार
चार वर्ष भयो संसदमा बजेट भाषण नभएको। अध्यादेशबाट बजेट आउने त्यही परम्परालाई निरन्तरता दिँदै आज अर्थमन्त्री मधुकरशमशेर राणाले मकरतन्त्रको बजेट राष्ट्रिय योजना आयोगको सभाकक्षबाट सार्वजनिक गर्नुभयो। यसपालिको कूल बजेट १ खर्ब २६ अर्ब ८८ करोड ५१ लाखको रहेको छ। यसपटक सुरक्षा खर्चमा ४ अर्बको भारी वृध्दि गरिएको छ भने राजदरबारको खर्चमा साढे २ करोड वृध्दि गरिएको छ। राजदरबारको खर्चमा किन त्यस्तो रुचि भन्नुहोला। राजा नै अध्यक्ष भएको मन्त्रिपरिषद्ले बनाएको बजेटमा राजदरबारको खर्च के कति छुट्याइएको छ, चासो त हुने नै भयो। राजदरबारका लागि कूल ३५ करोड ५० लाख ७५ हजार बजेट छुट्याइएको छ जसमध्ये ३२ करोड २३ लाख ७५ हजार प्रशासन कार्य, मर्मत सुधार र सुरक्षाका लागि छुट्याइएको रहेछ भने राजा, रानी र राजपरिवारका सदस्यका लागि खर्च गर्नका लागि ३ करोड २७ लाख रकम बजेटले व्यवस्था गरेको छ। राजदरबारको कूल खर्च प्रति महिना झण्डै २ करोड ९६ लाखजति हुन आउने रहेछ भने प्रतिदिन राजदरबारका लागि झण्डै ९९ लाख खर्च हुने रहेछ। बजेट भाषणका क्रममा देखिएका, सुनिएका केही रमाइला कुराका लागि भित्र आउनुस्। बाँकी
आज भक्तपुर जाने काम परेको थियो। त्यसैले बजेट भाषण पूरा हेर्न पाइनँ। फर्कने बेलामा बाटो पर्ने भएकोले आज विदा भए पनि अफिस छिरेँ। त्यहाँको वातावरण पूरा बजेटमय थियो। त्यहीँ सुनेका र देखिएका केही कुरा।
- अशुध्द उच्चारणः अर्थमन्त्री मधुकरशमशेर राणाको नेपाली उच्चारण सार्है अशुध्द रहेछ। यसका कारण बजेट भाषण सुन्नेहरुलाई बुझ्नै अप्ठ्यारो परेछ। उहाँ संयन्त्रलाई षड्यन्त्र उच्चारण गर्नुहुने रहेछ। हस्तान्तरण, सहजीकरण, आधुनिकीकरण, तादात्म्यजस्ता नेपाली शब्दको उच्चारण गर्न उहाँलाई धौधौ परेको रहेछ। सहजताका साथ भनेर पढ्नु पर्नेमा उहाँले ताका साथ भनी पढ्नुभएछ। कोही साथीले त यो अर्थमन्त्रीले कति पढेको रहेछ भनेरसमेत खिसी उडाउँदै थिए।
- क्याराभानको गेडाः बजेट घोषणाको कार्यक्रममा सहभागी भएर आएका साथीहरुलाई के-केको भाउ बढेछ भनेर सोध्दा क्याराभानको गेडाको भाउ बढेछ भनेर हसाउँनु हसाए। कसैलाई थाहा रहेनछ यो क्याराभानको गेडा भनेको के रहेछ भनी। पछि बजेट भाषणको प्रतिमा हेर्दा २३४ नम्बरमा तयारी सुपहरु, क्यारावेको गेडा, केसर, रोचकपाचक, प्याराफिन वाक्स, फिनिशिङ्ग एजेन्ट, पोस्ट कार्ड र खामहरुको पैठारीमा महसुल दर केही बढाइएको छ भनी लेखिएको रहेछ। साँच्चि के रहेछ यो क्यारावेको गेडा भनेको ? तपाईँहरु कसैलाई थाहा छ भने भन्नुहोला है। शायद नबुझेरै होला टेलिभिजन, रेडियोको बजेटसम्बन्धी समाचारमा सुप, रोचकपाचक आदिको भाउ बढेको भनी समाचार दिए पनि यो गेडाको बारेमा केही उल्लेख गरिएको थिएन।
- तेल दिने र पेल्दिने कुराः हाम्रा अर्थ संवाददाता मणी लोहनीजीले बजेट भाषणमा एक ठाउँमा गाउँका छात्रालाई खाने तेल दिने व्यवस्थाका कारण विपन्न परिवारका बालिकालाई विद्यालयमा आकर्षित गराउन सकिएकोले त्यसलाई निरन्तरता दिने भनी उल्लेख भएको विषयलाई लिएर “गाउँतिरका विद्यार्थीलाई तेल दिने अनि सहरतिरकालाई पेल्दिने” भनी टिप्पणी गरेर सभाकक्ष मै सबैलाई हसाँएछन्। त्यो कुरा सुनेपछि हामीमात्र किन हाँसो रोक्न सक्थ्यौं र।
- शून्य सहिष्णुताः बजेट भाषणको प्रति इन्टरनेटमा राखिएपछि अशुध्द उच्चारण भएको भाषण कसले सुनिरहन्छ र। म पनि अर्थ मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरिएको बजेट भाषणको प्रति सर्सर्ती हेर्न थालेँ। १४० अौं बूँदामा यस्तो लेखिएको देखियो, कार्यस्थलमा हुने महिला विरुद्धको हिंसाप्रति सरकार संवेदनशील छ र महिला विरुद्धको
हिंसाप्रति सरकारले “शून्य सहिष्णुता” को नीति अपनाउने छ । हैन के रहेछ यो शून्य सहिष्णुताको नीति भनेको? मैले बोसहरुलाई सोधेँ तर अहँ जवाफ पाउन सकिनँ। तपाईँलाई थाहा छ के रहेछ यो शून्य सहिष्णुताको नीति भनेको ?
- प्राकृतिक मान्छेः २०६ नम्बरको बूँदामा यस्तो लेखेको देखियो “प्राकृतिक व्यक्तिको लागि दिई आएको कर छुटको सीमामा २५ प्रतिशतले वृद्धि गरी व्यक्तिको लागि रु. १ लाख र दम्पति (विधवा वा विधुर समेत) को लागि रु. १ लाख २५ हजार पुर्याइएको छ ।” प्राकृतिक व्यक्ति रे ??? मान्छे त सबै प्राकृतिक नै हुन्छन् हैन र ? अप्राकृतिक मान्छे पनि हुँदा रहेछन् ? ए…..एलियन भनेका होलान्। लौ मंगलग्रह वा अन्य ग्रहमा बस्ने प्राणीहरु, तपाईँका लागि नेपालमा कर छुट छैन है। खुरुक्क आएर कर तिर्नुस्।
बजेट जस्तो हार्डन्युजको सफ्ट पक्ष केलाउने यो मेरो सानो प्रयासमात्र हो। बजेटका बारेमा विस्तृत समीक्षा, रिपोर्ट तपाईँ भोलि बिहान प्रकाशित हुने पत्रपत्रिकाहरुमा पढ्नसक्नु हुन्छ।


साथी आजकाल साझामा केहि पनि पोस्टिग देख्दिन , यस्तो रोम्रो बल्गको लिन्क ससना बिबादले गर्दा बन्द गर्नु भएन , सुचना दिनु र पचाउनु , नपचाउनु खोइ राम्ररी बुझेको ???
Comment by नेपालियन — July 18, 2005 @ 10:15 am
shunya sahisnuta is most probably the translation of english pharse ‘zero tolerance’ which is to say that such actions will not be tolerated at all (zero tolerance)
Comment by rajesh bhakta — July 18, 2005 @ 12:16 pm
सबै कुरा ठीक छ साथीको, तर साथी आंफूकै फोटो चांहि अल्लि गे गे लाग्यो, साथी गे नै हो भने त केही छैन, नत्र भने चेन्ज गरे बेस हुन्छ ।
Comment by Sobnam — July 18, 2005 @ 7:52 pm
who is mani Lohani ? Is he leader ? usle ta netale vanne kura po garechha
Comment by ramita — July 18, 2005 @ 9:47 pm
दाई नमस्कार
तपाई को नियमित ब्लग पाठक को तर्फ बाट
तपाई को ब्लग तुरून्त पढन सकिदैन । जस्तो तपाई ले आज ब्लग अपलोड गर्नु भयो
भने भोलि मात्र पढन सकिन्छ । किन त्यस्तो भएको होला।
बाबु
जर्मनी बाट
Comment by Babu — July 18, 2005 @ 10:47 pm