दल र विद्यार्थीको कार्यक्रममा प्रहरी हस्तक्षेप
दर्जनौं घाइते, आक्रोशित जमातद्वारा गाडी तोडफोड
२०६२ साउन ४, मंगलबार
आज राजधानीमा दल र विद्यार्थीहरुको कार्यक्रममा सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दा दर्जनौं घाइते भएका छन्। हस्तक्षेपको शुरुवात आज बिहान आठ बजे नयाँ बानेश्वरबाट भएको थियो। गत साता राष्ट्रवादी शिक्षाको विरोधमा राजपरिवारको तस्वीर छापिएका पाठ्यपुस्तक जलाउने क्रममा गिरफ्तार भएका विद्यार्थीहरुलाई रिहा गर्नुपर्ने माग गर्दै आज आठ विद्यार्थी संगठनले नयाँ बानेश्वरमा चक्काजाम गर्ने प्रयास गरेका थिए। तर प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्दा दर्जनौं घाइते भएका थिए। घाइते हुनेमा नेविसंघका वासु कोइराला, अखिलका रामकुमारी झाँक्री आदि रहेका छन्। सुरक्षाकर्मीले दोस्रो पटक दलहरुको विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक बस्ने कार्यक्रममा हस्तक्षेप गरेका थिए। बाँकी (more…)


