बधाई छ डा. रोशनजी !
२०६२ साउन ६ बिहीबार
डा. रोशनकुमार श्रेष्ठ जापानको सोसाइटी अफ हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेजबाट वर्षेनी प्रदान गरिने यङ्ग अथर एक्सिलेन्ट पेपर अवार्ड २००५ बाट सम्मानित हुनुभएको जानकारी नेसोकाको इमेलबाट पाएँ। पहिलो पटक यो अवार्ड गैर जापानीलाई प्रदान गरिएको रहेछ। आउँदो अगस्त ४ तारिखका दिन एक समारोहबीच उहाँलाई यो अवार्ड प्रदान गरिँदै रहेछ। बधाई छ डा. रोशन जी तपाईँलाई। हामी सम्पूर्ण नेपाली तपाईँको यो उपलब्धिबाट गौरवान्वित भएका छौँ। उचित अवसर पाए हामी नेपाली पनि विश्वका कोही भन्दा कम छैनौं भनी तपाईँले देखाइदिनुभएको छ। डा. रोशन जीसित मेरो परिचय साइबर संसारमार्फत् उहाँ डा. हुनुभन्दा अगाडि नै भएको हो। उहाँले जापानको क्योटो विश्वविद्यालयबाट यसै वर्षमात्र सहरी तथा वातावरणीय इञ्जिनीयरिङमा पीएचडी गर्नुभएको हो। बाँकी
नेपालभाषाको अनलाइन समाचार साइट नेवाः पोस्टको प्रकाशनका क्रममा उहाँसित इमेलमार्फत् परिचय भएको हो। र, गएको महिना उहाँ नेपाल आउनु हुँदा उहाँसित प्रत्यक्ष भेट गर्ने मौका पनि पाइएको थियो। इमेलबाट परिचय भएको व्यक्तित्त्वसित प्रत्यक्ष भेटेको यो पहिलो अनुभव थियो मेरो लागि।
भेट्न हामीले बोलाएका थियौँ तर कारणवश हामी नै ढिला पुगी उहाँलाई प्रतीक्षा गराउनु पर्दा पनि उहाँले खासै गुनासो गर्नुभएको थिएन। करिब दुई घण्टाको त्यो भेटमा मैले उहाँलाई एकदमै सह्रृदयी, मिलनसार र भविष्यको गहिरो सोच भएको व्यक्तित्त्वका रुपमा पाएको थिएँ। पहिलो भेटमा नै उहाँ आफ्नै नजिकको साथी वा नातेदारजस्तो भान भएको थियो मलाई। घमण्डको सानो अंशमात्र पनि उहाँमा देखिएन। भेटमा विविध विषयमा छलफल भएका थिए। उहाँको “भिजन” साँच्चिकै प्रेरणादायी थियो।
नेवार समुदायपछाडि पर्नु, आफ्नो जातीय पहिचान गुमाउँदै जानु र मातृभाषाप्रतिको बढ्दो वितृष्णाका लागि लैंगिक असमानता जिम्मेवार रहेको उहाँको ठहर र त्यसलाई पुष्ट्याइँ गर्ने उहाँका तर्कबाट म प्रभावित भएँ। त्यसैगरी काठमाडौं २०२० का आयोजकहरुले एक पटक उहाँलाई २० वर्षपछिको काठमाडौं कस्तो देख्न चाहनुहुन्छ भनी प्रश्न गर्दा उहाँले सय वर्ष पछाडिको जस्तो काठमाडौं हेर्न चाहन्छु भनेर सबैभन्दा फरक उत्तर दिनुभएको रहेछ। त्यसलाई पुष्ट्याइँ गर्ने तर्कहरु पनि गजब कै थिए। उहाँ भन्नुहुन्थ्यो, सय वर्ष अगाडिको काठमाडौं आर्थिक रुपमा आत्मनिर्भर थियो, केही आयात गर्नुपर्दैन थियो। शान्तिसुरक्षा त लोभलाग्दो नै थियो। घरमा कसैले ताल्चा लगाएर हिँड्नु पर्दैन थियो। धनी र गरिबबीचको दूरी पनि कम थियो। ज्यादै धनीहरु धन सार्वजनिक सत्तल र मन्दिरहरु बनाउनमा खर्च गर्थे। विलासितका केही सामान त त्यतिबेला थिएन नै। ज्यादै गरिबहरुका लागि टाउको लुकाउने बास त्यही सत्तल हुन्थ्यो………..
मध्यपुर, थिमि नगरपालिका निवासी ३३ वर्षीय डा. रोशन श्रेष्ठ हाल अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्थिक सहयोगमा सञ्चालित ग्लोबल पर्सिपिटेसन मेजरमेन्ट बाइ स्याटेलाइट अब्जर्भेसन प्रोजेक्टमा अमेरिकाको युनिभर्सिटी अफ मिन्नेसोटाका रिसर्च एसोसिएटका रुपमा कार्यरत हुनुहुन्छ।


mero pani ek moori badhai uhalaai, tara yesto kuro patrika (nepalnews, kantipuronline, newsofnepal) maa kina aaudaina? khali manchhe maarne news ra netaharuko naatak matrai bayaan gareko hunchha tehan, aba ta ramro news herna pani blog khoji khoji padhnu parne jamaanaa aaye jaso chha, umesh ji lai pani thank you
Raja
Comment by Raja — July 22, 2005 @ 5:40 am
Congratulation to Dr Shrestha? Just curious if he is living in Minneapolis-St Paul twin cities area as I am also living here.
Comment by Nam ma ke chha? — July 24, 2005 @ 12:56 am
I am not finding proper words to express my happiness on Dr. Roshan Shrestha’s outstanding achievement. I can only say. “Congratulations ! May your expertise contribute to escalating well-being of mankind.”
Comment by Maheswor Shrestha — July 24, 2005 @ 9:00 pm
Roshan dai muri muri badahi. So u r in UofM these days?…I visit UofM regularly…hope to c u around.
Comment by nepalean — July 29, 2005 @ 1:31 am