“शाही सेनाले साइबर संसारमा आक्रमण थाले”
रिपोर्टर्स विद्आउट बोर्डर्सको आरोप
२०६२ साउन ७ शुक्रबार
विश्वभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने संस्था रिपोर्टर्स विद्आउट बोर्डर्स (आरएसएफ) ले माघ १९ को शाही घोषणापछि शाही सेनाबाट इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रताको लगातार उल्लंघन भइरहेकोमा चासो व्यक्त गर्दै बिहीबार एक वक्तव्य सार्वजनिक गरेको छ। वेबसाइटहरु ब्लक गर्ने, ब्लगरहरुलाई धम्क्याउने, डिस्कसन फोरमहरु बन्द गर्ने र इमेलमा निगरानी गर्ने काम भइरहेको आरएसएफले बताएको छ। बाँकी
माघ १९ पछि प्रेसमा लागू गरिएको प्रत्यक्ष तथा अप्रत्यक्ष सेन्सरसीपका कारण इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण हुँदै आएकोमा सेना र सरकारले नेपालको साइबर संसारमा पनि आक्रमण सुरु गरेको छ, वक्तव्यमा भनिएको छ। आरएसएफले वेबसाइट ब्लक गर्ने कार्य रोक्न र इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमा दुर्व्यवहार रोक्न पनि आह्वान गरेको छ।
वक्तव्यमा नेपालभित्र र बाहिरबाट सञ्चालित २३ समाचारमूलक साइटलाई नेपालमा हेर्न नमिल्ने गरी ब्लक गरिएको बताइएको छ। ती मध्ये एक दर्जन साइट माअोवादीहरुसित सम्बन्धित रहेको र त्यसमा युध्द पत्रकारहरुले सशस्त्र हिंसाका लागि अपील गर्ने गरिएको त्यसमा बताइएको छ।
वक्तव्यमा भनिएको छ, “माघ १९ को कूपछि सरकारले नेपालन्युजको लोकप्रिय डिस्कसन फोरम बन्द गर्न आदेश दिए (त्यस्तो फोरम थियो र? खै मलाई त थाहा भएन। मैले थाहा नपाएको पनि हुनसक्छ) त्यसको केही हप्ताहरुपछि एक ब्लग साइट युनाइटेड वी ब्लगका प्रस्तुतकर्ताहरुलाई सेनाका एक अधिकारीहरुले बोलाएर ब्लगमा सामाग्री राख्दा उनीहरुले आफ्नो उत्तरदायित्त्व बिर्सन नहुने कुरामा सचेत गराए।” जनरल दीपक गुरुङको नेतृत्वमा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले इन्टरनेट गतिविधिहरुप्रति झन् झन् रुचि देखाउँदै गइरहेको र पत्रकारहरुलाई निर्देशनालयको वक्तव्य प्रसार गर्न दबाब दिने गरेको पनि वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा अगाडि भनिएको छ, नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी मर्कन्टाइलका एक प्राविधिकले ब्लक गर्ने आदेश पालना नगरिए अनुमति पत्र रद्द गर्ने चेतावनी दिइएको र शाही सेना र नेपाल दूरसञ्चार प्राधिकरणको समूहहरुले हालै कार्यालयमा आई सर्भरहरुको निरीक्षण गरेको कुरा आरएसएफलाई बताएका छन्।
अन्य स्थानीय स्रोतहरुलाई उद्धृत गर्दै आरएसएफले केही इन्टरनेट सेवा प्रदायकहरुकहाँ इमेल फिल्टर गर्न एउटा सफ्टवेयर जडान गर्न दबाब दिएको र यसैकारण गत मे महिनमा मर्कन्टायलले प्राविधिक कारण जनाउँदै ४८ घण्टासम्म ग्राहकहरुको इमेल रोकेको अनि यस्तो सफ्टवेयर जडान भइसकेपछि ग्राहकहरुले माअोवादीसित सम्बन्धित इमेलहरु आउन छाडेको अनुभव ग्राहकहरुले गरेको बताएको छ। मर्कन्टायलले त्यस्तो फिल्टर जडान गरिएको कुराको पुष्टि भने गरेन, वक्तव्यमा भनिएको छ।
वक्तव्यको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुस्।


नेपाली वेभसाइटहरु माघ १९ गतेपछि लगातार बन्द गर्ने सिलसिला जारी छ । त्यसको पछिल्लो रुप समुदाय र आइएनएसएन हो । इन्टरनेटमा पनि पत्रिका हुन्छ र त्यसको ठुलो महत्व छ भन्ने कुरा सरकारले अहिले आएर बुझेको देखिन्छ । तर, सरकारले त्यसको उपयोग गर्नुको सट्टा बन्द गर्ने मूर्खता गरिरहेको छ । त्यसैले इन्टरनेट साइटहरुले पनि आफ्नोतर्फबाट संगठित प्रतिकार गर्नु आवश्यक भइसकेको छ । यसका लागि केही महिनाअघि साइबर जर्नलिस्ट एसोसिएसन नेपाल पनि अनौपचारिक रुपमा गठन भएको हो । तर, त्यसले गति लिन सकेको छैन । नेपाल पत्रकार महासंघले पनि साइबर जर्नलिस्टहरुको मर्का बुझ्न नसकेको वर्तमान सन्दर्भमा साइबर जर्नलिस्टहरुले आफ्नो सशक्त आवाज उठाउनका लागि संगठन निर्माणतिर पनि लाग्ने हो कि ?
Comment by Dinesh Basnet — July 22, 2005 @ 12:34 pm
म दिनेश जीको टिप्पणीप्रति सहमती ब्यक्त गर्दछु।
अबको संस्ार सुचना प्रविधिको हो भन्नेमा कसैको दुईमत छैन । हुन त नेपालमा कम्युटर सुविधा उपभोग गर्नेहरुको संख्या निकै कम रहेको छ । तैपनि यसको विस्तारै विकास हुँदै गएको छ ।
यसको विकाससँगै अब सरकारको ध्यान पनि त्यतातिर तानीन थालेको हामीले पहिला नै अनुभव गरेका नै हौं ।
हुन त मलाई थाहा छैन नेपालमा कहिलेदेखि ब्लगिङ्ग शुरु भयो । तर पनि छोटो समयमा नै यसमा तीब्रता आएको छ । ब्लगप्रति विस्तारै जनसाधारणको मात्र हैन सरकारको पनि ध्यान तानिएकोछ । यसैवाट पनि ब्लगको विकास भएको ठोकुवा गर्न सकिन्छ ।
त्यसैले सरकारले कुनैपनि बेला इ जर्नालिजम्माथि धावा बोल्ने नै छ । अनी अन्य देशमा जस्तै नेपालका साइवर जर्नालिष्टहरु पनि जेलमा पर्ने छन् ।
हालसम्म इ जर्नालिष्ट तथा ब्लगरहरुको पक्षमा बोल्ने एउटा पनि संस्था नभएको समयमा हामीले हाम्रो संरक्षणको लागि र साइवर जर्नालिजम् तथा ब्गलको विकास गर्नको लागि पनि संस्थाको आवश्यकता मलाई पनि महसुस भएको छ । त्यसैले अनौपचारिक रुपमा भएपनि एउटा सञ्जाल तयार गर्न म सहमति ब्यक्त गर्दै अन्य साथीहरुलाई पनि अनुरोध गर्दछु ।
Comment by blogger nepal — July 22, 2005 @ 9:49 pm
Maathi ko sathiharu ko B4 maa ma pani sahamat chu!
Suva Karyaa Maa Dhiloo Naagarauu!
Comment by Thechomi — July 23, 2005 @ 8:57 am
nepalnews ko forum discussion hoina chat discussion chai banda gareko ho
Comment by Shamita thapa — July 27, 2005 @ 10:01 am