July 25, 2005

निरंकुशतामा यस्तै हुन्छ….


लोकतन्त्र र शान्तिया लागि नागरिक समाजको आह्वानमा सोमबार अपराह्न रत्नपार्कमा निषेधाज्ञा तोड्ने प्रयासलाई प्रहरीले असफल पार्‍यो। प्रहरीले पद्मरत्न तुलाधर, कृष्ण पहाडी, मल्ल के सुन्दरलगायत निषेधाज्ञा तोड्न खोज्ने दर्जनौं बुध्दिजीवीलाई गिरफ्तार गरेको छ। भिडियो क्लिप (919 kb) का लागि यहाँ क्लिक गर्नुस्। थप फोटोका लागि भित्र जानुहोला। (सबै फोटो र भिडियो मेरो आफ्नै)
अपडेटः गिरफ्तार सबै २६ जनालाई रातभर खोरमा राखी मंगलबार बिहान ९ बजे रिहा गरिएको छ।

null
लोकतन्त्र जिन्दावादको नारा लगाउँदै प्रदर्शनकारीहरु।
आजको विरोध प्रदर्शन अलि फरक खालको हुन्छ भनेर मलाई थाहा थियो। त्यसैले आज ४ बजे जसरी भए पनि रत्नपार्क पुग्ने मेरो विचार थियो। तर पौने ४ तिर बसमा बसेको भए पनि रत्नपार्क नपुग्दै ४ बजिसकेछ। रत्नपार्क पुग्दा म झण्डै ४ मिनेट ढिला भइसकेको रहेछु र त्यहाँ नाराबाजी सुरु भइसकेको रहेछ।

रत्नपार्क हाम्रो हो। नारा लगाउने एक जना आज हामी नागरिकलाई हाम्रै भूमिमा टेक्न दिइएन भन्दै थिए।
माघ १९ पछि आज सबैभन्दा बढी सहभागिता भएको विरोध प्रदर्शन थियो। डिजिटल क्यामेरा निकालेर केही फोटो फटाफट खिचेँ। राजाविरोधी चर्का नारा लाग्न थालेपछि अडियो पनि रेकर्ड गरेँ। प्रहरीले हस्तक्षेप नै गर्न थालेपछि भिडियो पनि खिच्न मनलाग्यो। तर मेरो ८ एमबी मात्र मेमोरी भएको क्यामेरामा धेरै के अट्थ्यो र। त्यसमा अलि पुराना कम्प्युटरमा सारिनसकेका फोटोहरु पनि थिए। अब ती फोटोहरु मेट्नुको विकल्प थिएन।

कालो चश्मा लगाएर निषेधाज्ञा तोड्न खोज्नेहरुलाई तह लगाउने निर्देशन दिँदै एक प्रहरी अधिकारी र छेउमा डिजिटल क्यामेराबाट मानवअधिकार उल्लंघनको पर्यवेक्षण गरिरहेका एक पर्यवेक्षक।
क्यामेरा चलाउन जान्दैमा फोटोग्राफर भइन्न। मलाई पनि त्यस्तै अनुभव भयो। यस्ता विरोध प्रदर्शनमा फोटो खिचेको यो पहिलो अवसर थियो मेरो लागि। यता नाराबाजी हुँदै थियो, उता प्रहरीले च्यापच्याप बुध्दिजीवीहरु समात्दै थिए। यता दौड्यो उता खिच्नुपर्ने जस्तो लाग्ने, उता दौड्यो, यतैको खिचे राम्रो हुने जस्तो लाग्ने। त्यसैले खासै राम्रा तस्वीर के खिच्न सकिन्थ्यो र। बरु भिडियो चाहिँ अलि फरक हुनेछ। राजतन्त्रविरोधी चर्का नारा लगाइएका हुनाले कुनै पनि टेलिभिजनबाट यस्तो भिडियो प्रसारण नहुने निश्चित छ। नारा त राजतन्त्रविरोधी नै बढी लागेका थिए। तर रत्नपार्क कसको, जनताको र लोकतन्त्र जिन्दाबाद जस्ता नारा पनि लागेका थिए।
प्रदर्शनमा सहभागी एक जना पछि भन्दै थिए, “मलाई त आज रत्नपार्क कसको, जनताको भन्ने नारा नै चित्त बुझ्यो।”
“कस्तो हगि! ०४६ सालमा त्यस्तो गरेर आन्दोलन गरियो, अहिले रत्नपार्क हाम्रो भन्ने शुध्द नारा लगाउनु पर्‍यो,” ती अपरिचित व्यक्ति अगाडि भन्दै थिए, “यस्तो होला भनेर हामीले सोचेका थियौं त!”

प्रहरी हस्तक्षेपपछि कानुनी शासन बहाल गरौं नारा लेखिएको प्लेकार्डको हविगत ! देशमा कानुनी शासनको हालत पनि यस्तै छ, हैन र!
प्रहरीले निषेधाज्ञा भने तोड्न दिएन। भोताहिटीबाट रत्नपार्क निस्कने बाटोमा प्रहरी घेरा हालेर बसेका थिए। प्रहरीले उनीहरुलाई रत्नपार्कतर्फ जान दिएन। जान खोज्ने मानवाधिकारवादी र बुध्दिजीवीहरुलाई धरपकड गर्दै भ्यानमा हाल्न थालियो। निषेधाज्ञा तोड्न नसकेपछि प्रहरीले गिरफ्तार गर्न बाँकी जमात असन हुँदै इन्द्रचोकतिर लाग्यो। त्यहाँ पनि विशालबजारतिर जाने बाटो निषेधित क्षेत्र भएकोले प्रहरी बाटो छेकेर बसेको थियो। पछि नेतृत्वकर्ताहरु इन्द्रचोकको एउटा मन्दिरमा चढे र त्यहीँ कोणसभा गरे। नागरिकहरुको भद्र अवज्ञा आन्दोलन सफल भएको दाबी गरियो। शान्तिपूर्ण र अहिंसात्मक विरोध प्रदर्शन जारी रहने बताइयो। यत्तिकैमा पानी पर्न थाल्यो। त्यसपछि म त्यहाँबाट घरतर्फ लागेँ।

2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/07/25/human-right-activist-detained/trackback/

  1. नेपाल राजा ले चलाये पछि के के हुन थाल्‍यो थाल्‍यो । प्रगति छ नेपाल को राम्रो काम को
    को तारिफ त गर्नु पर्यो नि ।

    Comment by deshbhakta nepali — July 25, 2005 @ 6:55 pm

  2. Never thought that king rule would bring this much of consequences in Nepal. when king took over government 6 month ago I’ve had thought that some thing good is going to happen with in three years. but now i think all of my hope are getting brink.
    dear blogger,
    i am very much pleased to see your reporting on this issue. please keep continue to feed us with your news from Nepal.

    Comment by deepak — July 26, 2005 @ 9:57 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.