July 25, 2005

मन्त्रालयभित्रै रासलीला

बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाश कोइराला मन्त्री रहेको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयभित्र दिउँसै यौनकर्म हुनथालेको समाचार नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले आज प्रकाशित गरेको छ।
समाचारअनुसार सिंहदरबारभित्र रहेको उक्त मन्त्रालयको योजना शाखाको गोप्य कोठामा खडका थरकी एक पिउनले दिनहुँजसो रासलीला मच्चाउने रहिछिन्। उनीसित यौनसम्पर्क राख्न आउनेहरु चाहिँ मन्त्रालयभित्रका नभई बाहिरका मान्छे रे। मन्त्रालय कै कर्मचारीहरुलाई उद्धृत गर्दै दिइएको समाचार अनुसार उनीसित यौनलीला मच्चाउन आउनेहरुमा एक जना पाटनका जग्गा दलाल र अरु चाहिँ सिभिल ड्रेसमा आउने प्रहरीहरु रे।
सिंहदरबारभित्र पस्न त आजभोलि गार्‍हो छ, सुरक्षा कडा छ। कसरी उनीहरुभित्र पस्छन् त भन्ने तपाईँलाई लाग्न सक्ला। तर समाचारमा उल्लेख भएअनुसार त्यसका लागि मन्त्रालयका उपसचिव पुरुषोत्तम घिमिरेले पास बनाइदिने गर्छन् रे। त्यसका लागि त्यही पिउनकी चिटिक्क परेकी बहिनीले घिमिरेलाई फकाउने गर्छिन् रे।
मन्त्रालयभित्रको यस्तो कुरा सबै थाहा पाएर पनि कर्मचारीहरु भने चुप बस्न बाध्य भएको उल्लेख गर्दै उक्त समाचारमा यसअघि सिंहदरबारभित्र कै राष्ट्रिय सभाका अध्यक्ष बस्ने कोठामा यसअघि एक जोडीलाई संभोगरत अवस्थामा रंगेहात पक्राउ गरेको पनि बताइएको छ।

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/07/25/sex-inside-a-nepalese-ministry/trackback/

  1. नेपाल राजा ले चलाये पछि के के हुन थाल्‍यो थाल्‍यो । प्रगति छ नेपाल को राम्रो काम को
    को तारिफ त गर्नु पर्यो नि ।

    Comment by babu — July 25, 2005 @ 6:54 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.