July 26, 2005

सडकमा नबसेको ‘सडक संसद्’

२०६२ साउन ११ मंगलबार
विघटित तेस्रो प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक अर्थात् सर्वसाधारणले भन्ने गरेको सडक संसद् आज सडकमा नभई वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भव्य सभा हलमा बस्यो। बाँकी
Mangal Siddhi Manandhar
कस्तो हुँदो रहेछ यो सडक संसद् भन्ने उत्सुकता रहेकोले हिजै मैले त्यसमा सहभागी हुने मनस्थिति बनाइसकेको थिएँ। हिजै बीनेपालका ब्लगर केपीसित पनि भोलि त्यहीँ भेट्ने भनी कुरा भएको थियो। मैले उनलाई अहिलेसम्म प्रत्यक्ष भेटेको थिइनँ, खाली इमेल र फोनमा मात्र हाम्रो सम्पर्क हुँदै आएको हो। तर त्यहाँ आ-आफ्नै कुरामा व्यस्त भएकोले हाई हेलो बाहेक खासै कुरा भने हुन पाएन।

एक बजे बैठक बस्छ भनेकोले १० मिनेट अगाडि सहकर्मी मणी दाहालसित कार्यक्रम स्थल बीआईसीसी हल जान अफिसबाट निस्केका थियौँ। नेपाली टाइम अनुसार कार्यक्रम ढिला नै सुरु भयो। सहभागिता निकै नै थियो। सबै सिट टन्न भरिएका थिए, दुवै तलामा। ठाउँ नपुगेर कति उभिएका पनि थिए। हामी लगायत केही अरु पनि भूइँमा नै बसेका थियौँ।

बैठकको अध्यक्षता राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवानले गर्नुभएको थियो। यसअघि पाटनको मंगलबजारको खुला ठाउँ बसेको सडक संसदको अध्यक्षता भने प्रतिनिधि सभाका उपसभामुख चित्रलेखा यादवले गर्नुभएको थियो। अहिले भने यादव विदेश भ्रमणमा हुनुहुन्छ रे। संसद् नभए पनि त्यही नभएको संसद्का सभामुख उपसभामुख पद बेचेर उनीहरु टन्नै विदेश घुम्न पाउँछन्। मोज छ उनीहरुलाई।

सभाका अध्यक्ष पासवानले सबैभन्दा पहिला एमालेका सांसद मंगलसिध्दी मानन्धरलाई शाही सरकारले अध्यादेशबाट ल्याएको बजेटको विरोधमा नौ बूँदे प्रस्ताव राख्न समय दिनुभयो। मानन्धरले ३० वर्षको पञ्चायत कालमा भन्दा १२ वर्षको बहुदलीय शासनकालमा धेरै विकास भएका केही तथ्यांक प्रस्तुत गर्नुभयो र बजेटलाई संसदले अस्वीकार गर्ने बताउनु भयो।
उहाँको प्रस्तावमाथि टिप्पणी गर्न सबैभन्दा पहिला नेपाली काँग्रेसका रामशरण महतलाई समय दिइयो। उहाँले ज्यादै जोशिलो शैलीमा प्रस्तावको समर्थन गर्दै आफूहरुको पालाको पुरानो बजेट भाषणको नक्कल गरेर बजेट भाषण तयार पारिएको होला भन्दै प्रमाणस्वरुप अर्थमन्त्री मधुकरशमशेर राणाले वाचन गर्नुभएको भाषणको केही अंश सुनाउनु भयो। भाषणमा यो बजेट तयार पार्न सहयोग पुर्‍याउने प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष….लाई पनि धन्यवाद ज्ञापन गर्दछु भनिएको रहेछ। महत कुर्लिए, आन्दोलनमा लागिरहेकाहरुले बजेट तयार पार्न कसरी सहयोग गरे?

बजेटको उद्देश्य पूरा गर्न पशुपतिनाथ र भगवान बुध्दले प्रेरणा दिउन् भनी बजेट भाषणको अन्त्यमा लेखिएको वाक्यलाई पनि उहाँले राजा र उनको सरकार स्वयं यो बजेट कार्यान्वयन हुन्छ भन्नेमा निश्चित छैनन् र भगवान भरोसेमा छाडेका छन् भनेर व्यङ्ग्य गर्न उहाँ चुक्नुभएन।

महत कै भाषण थियो सबैभन्दा रोचक। त्यसपछि त सुरु भयो पट्यारलाग्दो क्षण। हामीलाई मात्र हैन, नेताहरुलाई पनि पट्यार लाग्न सुरु गरेछ। नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला उठेर जानुभयो। (मञ्चमा सात दलका शीर्ष नेताहरुका लागि कुर्सीको व्यवस्था गरिएको थियो) लामो समयसम्म उहाँ आउनुभएन। दर्शकदीर्घाबाट टिप्पणी सुनिए, उहाँ त सुत्न जानुभयो रे। जनताको कुरा सुन्ने धैर्य भएको भए देशको हालत यस्तो हुन्थ्यो र! सहकर्मी मणी पनि हैन “यो हाम्रो धैर्यताको परीक्षा लिएको हो कि क्या हो” भनी भन्दै थिए। पछि अरु नेताहरु पनि छिनछिनमा उठ्दै आउँदै गर्दै थिए। वृध्दावस्थाका गिरिजा बाजेको भने म त्यहाँ हुँदासम्म फेरि ‘दर्शन’ हुन सकेन।

प्रस्ताव प्रस्तुत गरिसकेपछि संसदको नियम अनुसार टिप्पणी गर्न विभिन्न दलका सांसदहरुलाई समय दिइएको थियो। निर्धारित समयभन्दा बढी अनि मूल विषयवस्तुभन्दा बाहिर गएर बोल्ने नेताहरुको बानी नै यो पट्यार लाग्नुको कारण थियो। ‘सिम्बोलिक संसद्’ भएकोले छोटो मिठो बोलेर कार्यक्रम टुंग्याउनु पर्थ्यो।

शीर्ष नेताहरुले बोलेको सुनौंला भन्ने इच्छा थियो। तर कार्यक्रम लम्बिने संकेत देखापर्‍यो। बजेटसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएपछि माअ‍ोवादीसम्बन्धी अर्को प्रस्ताव पेश गरियो। एमालेका सांसद प्रकाश ज्वाला पहिलेको संसद्‍मा श्रीपेच हुन्थ्यो अहिलेकोमा छैन भन्दै श्रीपेच बिनाको संसदको लागि यो संसद्‍को बैठक गन्तव्य स्थल हो भनेर भन्नुभयो। त्यतिबेला मेरो आँखा सभाभवनको बायाँ छेउको भित्तामा राखिएको श्री ५ ज्ञानेन्द्रको विशाल माला लगाइएको तस्वीरमा परेको थियो। यता दायाँपट्टी श्री ५ वडामहारानीको तस्वीर पनि थियो। अर्थात् श्रीपेच नभए पनि श्रीपेचको प्रतिकात्मक उपस्थिति भने थियो नै।

त्यसबाहेक सडक संसद्‍लाई ७५ हजार भाडा तिरेर यस्तो हलमा गर्नुको सट्टा सडकमा नै गरेको भए राम्रो हुन्थ्यो। त्यसले सांकेतिक विरोध पनि जनाउँथ्यो। तर नेताहरुलाई सुविधा नै चाहिने। यी नेताहरु जनताबीच बदनाम भएकैले त आन्दोलनमा जनसहभागिता नभएको ! जनता चुप बसेकैले त मकरतन्त्र संगठित हुने मौका पाएको !

त्यसैले पनि हिजो नागरिक समाजको विरोध प्रदर्शनपछिको इन्द्रचोकमा भएको कोणसभामा नेताहरु तल भन्दै बुध्दिजीवी र नागरिक समाजका प्रतिनिधिहरुलाई मात्र मन्दिरको ‘मञ्च’बाट बोल्न दिइएको। यी दलहरु त यति डराएका छन् कि अवैधानिक सरकारले लगाएको निषेधाज्ञा तोड्नसमेत हिम्मत गर्न सक्दैनन्। पत्रकार, वकिल र अब नागरिक समाजले पनि निषेधाज्ञाको अवज्ञा गरिसकेपछि उनीहरुलाई लाज लाग्नुपर्ने हो।भाषण सुन्न दिक्क लागेर बाहिर निस्कियौं। साथी दीपकले देउवालाई दुई वर्षको कैद र चार करोड जरिवाना भएको भनेर सुनाएपछि म त्यो ब्रेकिङ न्युज अपडेट गर्न अफिसतर्फ दौडिहालेँ। हामी भित्रै बस्दा पनि देउवाको मुद्दाको के भएछ भनी सोधखोज गर्दैथियौं। २ बजे फैसला सुनाउने भनिए पनि साढे दुई बजेसम्म इजलास नै बसेको रहेनछ। माथिको आदेश नआएर आज पनि अस्ति झैँ फैसला सुनाउने कुरा स्थगित हुने त हैन जस्तो पनि लागेको थियो। तर त्यसो भएनछ।
अपराह्न ३ ४३ मा मैले त्यो न्युज ब्लगमा राख्दा नेपाली सञ्चारमाध्यम कुनैले पनि त्यसलाई प्रकाशन, प्रसारण गर्न भ्याएको थिएन। पछि नेपाल वनमा फ्ल्यास न्युज भनी स्क्रिनमा देखाउन थालियो। नेपालन्युजले त ४ बजेमात्रै यो समाचार राख्यो।
ब्रेकिङ न्युज हाल्न दौडिएका कारण शीर्ष नेताहरुले गरेको भाषण भने सुन्न पाइएन। सार्‍है भोक लागिसकेकोले फेरि त्यता जाने कुरा पनि आएन, सीधै घरतिर लागेँ।
(फोटो म आफैले खिचेको)

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/07/26/sadak-sansad/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.