July 27, 2005

अडियो ब्लग

२०६२ साउन १२ बुधबार
नेपालबाहिरका पाठकहरुका लागि नेपालका अडियो समाचार पनि ब्लगमार्फत् दिन परीक्षणस्वरुप मैले आज यी केही अडियो क्लिपहरु राखेको छु। यसमा सुझावको अपेक्षा राखेको छु। यी क्लिप म आफैले स्थलगत रुपमा संकलन गरेको भने हैन। विभिन्न स्रोतहरु (च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, इमेज मेट्रो, नेपाल वन आदि) बाट यसलाई संकलन र सम्पादन गरेर मैले प्रस्तुत गरेको हुँ। बाँकी

गगन थापा के भन्छन्?
प्रहरीले सोमबार नागरिक समाजको विरोध प्रदर्शनमा राजाविरोधी नारा लगाएको भन्दै राज्यविरुध्दको अभियोग लगाउन विद्यार्थी नेता गगन थापालाई आज विशेष अदालतमा प्रस्तुत गरेको छ। अदालतले थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई सात दिनको म्याद दिएको छ। अदालतपरिसरमा सञ्चारकर्मीसित गगन थापा के भन्छन् त? यहाँ क्लिक गरेर सुन्नुस्।

शाही आयोग खारेजीको माग
अमेरिकी पूर्व सिनेटर टमस ड्यासलले भ्रष्टाचार नियन्त्रण शाही आयोग खारेजीको माग गर्दै देउवा र सिंह लगायत सम्पूर्ण राजनीतिक आस्थाका बन्दी रिहा गर्न आह्वान गरेका छन्। सुन्नुस् अरु के भनेछन् उनले।

शाही आयोगविरुध्द उठेका आवाज
रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा शाही आयोग र यसले गरेका फैसला अवैधानिक हुने कानुन व्यवसायी र बुध्दिजीवीहरुले ठहर गरे। सुन्नुस् केही विचार यहाँ क्लिक गरेर। आवाजहरु क्रमशः एमालेका प्रदीप ज्ञवाली, अधिवक्ता आईसी शर्मा र सुन्दरमणि दीक्षितका हुन्।

3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/07/27/audio-blog-july-27/trackback/

  1. Great Job!

    Comment by Sobnam — July 27, 2005 @ 9:25 pm

  2. Tassakan banla. Gathe yaanaa nyanegu ?

    Comment by Mahesh — July 27, 2005 @ 10:34 pm

  3. you have done very well for all the nepali who are living in foreign country thanks a lot for news

    Comment by yuba raj — July 28, 2005 @ 6:05 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.