चर्कँदैछ विद्यार्थीको आन्दोलन
२०६२ साउन १३ बिहीबार
लाग्छ, गगन थापालाई गिरफ्तार गरेर सरकारले अरिङ्गालको गोलामा हात राखेको छ। आज बिहानैदेखि काठमाडौंका प्रमुख क्याम्पसहरु अगाडिको वातावरण तनावग्रस्त भएको थियो। ढुंगामुढा, टायर बाल्ने अनि राजतन्त्रविरोधी चर्का नाराबाजी। यो क्रम अब दिनहुँ जारी रहने जस्तो देखिएको छ।
आन्दोलनरत आठ विद्यार्थी संगठनले घोषणा गरेको अौपचारिक कार्यक्रम अनुसार शुक्रबार त्रिभुवन विश्वविद्यालयका भाइस चान्सलरकहाँ डेलिगेसन जाने, आइतबार देशभर कालो झन्डासहित विरोध र्याली गर्ने, सोमबार देशभरका शैक्षिक संस्थामा कालो झन्डा फहराउने र शुक्रबार पुत्ला जलाइनेछ। बाँकी (more…)


