July 28, 2005

वीर अस्पतालको मुर्दाघरमा जिउँदो मान्छे छट्पटाउँदै!

Alive Lady in Hospital Morgue
वीर अस्पतालको अस्तव्यस्ततालाई सबैले देखेकै हो, सुनेकै हो। तर त्यो अस्पतालको मुर्दाघरमा एक महिला चार दिनदेखि उपचार नपाएर छट्पटिँदै गरेको एक्सक्लुसिभ दृश्य हिजो सहकर्मी दीपक पान्डे र चन्द्र विष्टले खिचेर प्रसारण गरेपछि हंगामा नै मच्चिएको छ। रिपोर्टका केही अंश भिडियोमा हेर्न यहाँ क्लिक गर्नुस्। बाँकी

च्यानल नेपालले विगत केही दिनदेखि विशेष रिपोर्ट बनाउने क्रमलाई तीव्रता दिएको छ। यसै क्रममा दीपक र चन्द्रले यस्तो रिपोर्ट बनाएका हुन्। रिपोर्टमा उल्लेख भए अनुसार ती युवतीलाई प्रहरीले बेवारिसे अवस्थामा भेट्टाएर अस्पताल ल्याएको रहेछ। तर मानवीयताको अलिकति पनि ख्याल नराखी बेवारिसे भएकै कारण जिउँदै उनलाई मुर्दाघरमा राखिएछ।

क्यामेराम्यान चन्द्र विष्टले यो ह्रदयविदारक दृश्य खिच्ने क्रममा चिकित्सकहरुले नखिच्ने चेतावनी दिँदै क्यामेरासमेत खोस्न खोजेछन्। दृश्यमा स्पष्टै देखिएको र सुनिएको छ एक चिकित्सक ‘नखिच्नुस् नखिच्नुस्’ भन्दै क्यामेरा खोस्न खोज्दैछन् अनि दीपकजी ‘क्यामेरा नछुनुस् क्यामेरा नछुनुस् भन्दै कराउँदैछन्।

अवरोध पुर्‍याइए पनि जति दृश्य खिचियो, त्यो हंगामा मच्चाउन काफी थियो। दृश्यमा झन्डै २४-२५ वर्षकी अर्धनग्न युवती मुर्दाघरमा छटपटिरहेको देखिएको छ र उनको साथमा अ‍ौषधि हैन, एक पुरिया बिस्कुट प्लास्टिकमा बेरेर फ्याँकिएको देखिएको छ।
Dipak and Chandra

स्कूपः संवाददाता दीपक पान्डे(अगाडि) र क्यामेराम्यान चन्द्र विष्ट आज बिहान रिपोर्टिङका लागि जानुअघि ‘मेरो संसार’का लागि तस्वीर खिचाउँदै। तस्वीरः उमेश

दीपक र चन्द्रजीको यो दृश्य खिच्दाको अनुभव पनि यसमा राख्न खोजेको थिएँ। तर उहाँहरु त्यही स्टोरीको फलोअपका लागि रिपोर्टिङमा हिँडिहाल्नुभयो। हिँड्नुअघि दुवैको फोटो भने खिच्न भ्याएँ। त्यो फोटो चाँडै नै अपलोड गर्दैछु।

अपडेटः यो घटनाको बारेमा विशेष चासो देखाउँदै राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ। आज दीपक र चन्द्र वीर अस्पतालमा पुग्दा त्यहाँ यसै विषयमा व्यवस्थापनको छलफल भइरहेको रहेछ। हिजो बेवारिसे अवस्थामा फ्याँकिएकी युवतीलाई आज अब्जर्भेसन रुममा सारिसकिएको रहेछ। तर उहाँहरुलाई त्यो दृश्य खिच्न भने इमर्जेन्सीका प्रमुख चिकित्सकले रोकेछन्।
अस्ति भर्खरै पनि अर्का सहकर्मी गणेश बस्नेत र नारायण प्रसाइँले कोरिया पठाउँछु भनेर बिना सरकारी अनुमति नेपालीहरुसित अवैध रुपमा कोरियालीहरुले पैसा असुल्दै गरेको दृश्य रंगेहात खिचेर हंगामा मच्चाएका थिए। अहिले ती कोरियालीहरुलाई प्रहरीले कानुनी कारबाही अगाडि बढाइरहेको छ।

च्यानल नेपालमा यस्ता विशेष रिपोर्टहरुका कारण हामी सम्पूर्ण सहकर्मीहरुमा एक किसिमको नयाँ उत्साह छाएको छ।

दीपक पान्डेले लेख्नुभएको स्क्रिप्ट यसप्रकार रहेको छः

अस्पतालको परिसरमा एक सय सोह्रौ वाषिर्कोत्सव मनाइँदै गर्दा अस्पताल कै मुर्दाघरमा भने एउटी बिरामी युवती उपचार नपाएर छट्पटाइ रहेकी छिन्। चार दिन भयो, यी युवतीले मुर्दाघरमा बिताएको।

बिरामी यी युवतीलाई प्रहरीले बाटोमा बेवारिसे अवस्थामा भेटेपछि उपचारका लागी वीर अस्पताल ल्याएको हो। उपचारका लागी वीर अस्पतालमा त ल्याइयो, तर राखिएको छ मुर्दाघरमा। वीर अस्पताल इमर्जेन्सी वार्डको छेवैमा रहेको यो मुर्दाघरमा राखिएकी यी युवतीको उपचार गर्नेतर्फ कसैले ध्यान दिएको छैन।

हामीले जिउँदो मान्छे मुर्दाघरमा उपचारका लागि छट्पटाइरहेको दर्दनाक दृश्यहरु क्यामेरामा कैद गर्न खोज्दा वीर अस्पतालका डाक्टरहरुले हाम्रो क्यामरासमेत खोस्ने प्रयास गरे।

डाक्टरहरुले यसरी समस्या लुकाउने प्रयास गरेपनि मुलुकै जेठो बीर अस्पताल अहिले समस्याहरुको भूमरीमा फँसेको छ। उपचारका लागि एक पटक वीर अस्पताल पुगेको बिरामी दोस्रो पटक त्यहाँ उपचारका लागि जानु नपरोस् भन्ने कामना गर्छ। त्यसो त वीर अस्पतालमा उपचारका लागि राम्रा सुविधाहरु पनि छन्। तर ती सुविधा, पहुँचवालाहरुका लागि मात्र भएको छ।

वर्षेनी करिब ३ लाख ५० हजार बिरामीलाई उपचार सेवा पुर्‍याउँदै आएको वीर अस्पतालको गौरवशाली इतिहास छ। अहिले पनि यो अस्पतालमा मुलुकमै नाम चलेका डाक्टरदेखि स्तरीय ल्याबसमेत छ। तर, राजनीतिक अस्थिरता सँगसँगै व्यवस्थापनमा हुने हस्तक्षेप, डाक्टरहरुको गुटबन्दी लगायतका कारणले अस्पताल दिनानुदिन संकटमा फँस्दै गएको छ। वीर अस्पतालका पूर्व प्रमुख डा. इन्द्रबहादुर खत्री अस्पतालको भविष्य संकटमा पर्दै गएको बताउनु हुन्छ।

मुलुकमै जेठो यो अस्पतालको भविष्य कति संकटमा पर्दै गएको छ भन्ने कुरा फुटेको झ्याल र भत्किएको छतले नै प्रष्ट पार्दछ। वीर अस्पतालमा भएका कमिकमजोरीको बारेमा स्वास्थ्य मन्त्रालयमा समेत उजुरी परेको वार्षिकोत्सव समारोहमै स्वस्थ्य तथा जनसंख्या सहायक मन्त्री नीक्ष शम्शेर राणाले बताउनु भयो।

वीर अस्पतालका समस्या नयाँ होइनन्। हरेक बर्षबाषिर्कोत्सवमा अस्पतालले भोग्नु परेको समस्याहरु यसरी नै र्सार्वजनिक हुन्छन। अनि अर्को वार्षिकोत्सवमा नआउन्जेल थाँती रहन्छन्। यहाँको समस्यालाई हरेक वार्षिकोत्सवमा अस्पताल परिसरको ढलको फोहरलाई चुना छरेर छोपे झै छोपिन्छ।

यसअघि नेपालीमा नभेटिँदा अंग्रेजीमा अनुवाद गरिएको यो स्क्रिप्ट यहाँ राखेको थिएँ

Bir Hospital celebrated its 116th anniversary Wednesday.
But, only a few in the oldest hospital in the country were having a great time.
This is not something new though. The hospital has made the headlines time and again for its poor service to the patients.
But, when our reporting crew comprising correspondent Dipak Pandey and cameraman Chadra Bista entered the hospital–
they uncovered something which was beyond many wildest imaginations: A sick woman languishing at the hospital’s morgue for the last four days without any treatment.
Police had brought her to the hospital after they found with any attendent by a roadside.
When our crew tried to capture the heart-rendering scene in the camera lens, doctors at the hospital even tried to manhandle them and snatch the camera.
This kind of attitude to cover up their flaws is responsible for much of the current mess the hospital is in.
It’s not that the hospital does not have good facilities but much of that are limited to the influential people, complain commoners visiting the hospital.
Political interference, groupism of the doctors and mismanagement are also equally responsible for the pathetic condition of the hospital with a proud history.
“Going by its present condition, the future of the hospital may be at risk,” admits former chief of the hospital, Dr Indra Bahadur Khatri.
Broken windown panes, cracked roof and dirty-looks speak in volumes of the hospital’s condition.
Addressing the anniversary function, assistant minister for health, Nichha Shumshere Rana said that even the ministry was getting complaints about the hospital.
Meanwhile, The government has decided to provide heart volves to one hundred heart poor patients a year free of cost.
Cabinet Vice-chairperson Kriti Nidhi Bista informed this addressing a function to mark 116th anniversary of Bir Hospital in the capital Wednesday.
He said the government took the decision to this effect as not many people could afford the costly treatment.
Bista also pledged government’s assistance to upgrade the facilities at the hospital

3 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/07/28/woman-found-alive-in-hospital-morgue/trackback/

  1. Yoo taa Birhospital hoina! Manchey lie juidi marney thauu hoo!

    Manchey ko life!

    Comment by Sajan — July 30, 2005 @ 10:12 am

  2. Malai ta kahali nai lagu Bhana ko .

    Comment by haku bhai — July 30, 2005 @ 3:49 pm

  3. yo drisya ta danabko bhanda pani tala orlera garne bebahar ho.tyahaka dr. bhaneko pasu ho.

    Comment by krishna thapa — July 31, 2005 @ 6:50 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.