मसानघाटमा रातभर दरबारका मान्छेले के गरेछन्?
२०६२ साउन १४ शुक्रबार
काठमाडौंको शोभा भगवतिस्थित मसानघाटमा गएको हप्ता दरबारका शाह र राणा परिवारका धेरै मान्छे भेला भएर रातभर कुन्नि के पो गरेछन् रे। चारैतिर सेनाको कडा पहरा राखिएकाले के गरिएको हो भन्ने कुरा प्रष्टसित थाहा हुन गार्हो पर्ने नै भयो। बाँकी
नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले हिजोको अंकमा भने राणा र शाह परिवारका अधिकांश मान्छे भेला भएकोले राजाको नाममा वा दरबारले होम गराएको हुनुपर्ने अनुमान गरेको छ।
गएको बुधबार साँझ ७ बजे सुरु भएको उक्त होम भोलिपल्ट बिहान ५ बजेसम्म जारी भएको उल्लेख गर्दै पत्रिकाले त्यहाँ राजा स्वयं उपस्थित भएर होम गराएको हल्ला पनि सुनिएको उल्लेख गरेको छ।
होम गर्दा केकस्ता विधि अपनाइयो भन्ने थाहा हुन नसके पनि दुई बोराजति खुर्सानीसमेत यज्ञकुण्डमा जलाइएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।
नेपालमा ठूलठूला धार्मिक अनुष्ठान मसानमा गर्ने चलन छ। शोभा भगवती पनि मसान क्षेत्रमा नै पर्ने गर्छ।


ok really ! i didn’t know that… thanks for your info.
Comment by deepak — July 30, 2005 @ 5:33 am
स्वस्ति शान्ति गरेको होला नि जाँठाले। त्यसलाई खान त म आउँछु नि, जतिसुकै पुजा पाठ गरोस न।
Comment by काल — July 30, 2005 @ 6:03 am
taslai dia ko santan marako pap la sataudai chha . tasaila k -k gar chha ni santi la k basna pauchha . masan ma sthan surachhit garna gayako hola ? haina ta ?
Comment by sandeep — July 30, 2005 @ 7:49 am
The Murder KG killed innocent***family so, he is washing his repent and crime by this program (yegya) but he never get successful in his life.
Comment by Sanjip Kumar — July 30, 2005 @ 11:54 am
durbarle aja mulukma thulo bittanda machaudai chha. marne belama bag pani gaunma paschha bhanchhan, testai hola abo din gantiko parkhaima chha.santan bhutnele jantata tesai bhutchhani. ****
Comment by krishna thapa — July 31, 2005 @ 6:58 am