August 31, 2005

अमेरिकामा राजावादीहरुबीच घम्साघम्सी

[ यो समाचार न्युयोर्कबाट मेरो संसारका लागि प्राप्त भएको हो]
राजाको न्युयोर्क आगमन जति जति नजिकै जाँदै छ त्यति त्यति नै न्युयोर्क तथा डीसीमा बस्ने राजावादीलाई मान्छेहरु कसरी स्वागतका लागि भेला गर्ने भनेर हम्मेहम्मे भएको छ। त्यतिमात्र हैन, राजाको स्वागतका लागि भनेर १ सय ५२ सदस्यीय टोली गठन गर्ने भनेर कस्सिएकाहरुले ५० को संख्यामा पनि नाम पुर्‍याउन सकेका छैनन्। बाँकी (more…)

August 29, 2005

राजाको अन्तर्वार्ताको पूर्ण विवरण

२०६२ भदौ १४ मंगलबार @ 1206 am NST
सरकारी सञ्चारमाध्यम राससबाट प्राप्त आज प्रसारित राजाको अन्तर्वार्ताको पूर्ण विवरण हेर्ने भए भित्र आउनु होला। [सावधानः यो अन्तर्वार्तामा चाहिने कुरा भन्दा नचाहिने कुरा बढी छन्। चाहिने कुरा खोजेर पढ्न सक्नु तपाईँको खुबी हो। पढ्दापढ्दै निद्रा लाग्न पनि सक्छ। अनि झन्डै साढे १७ हजार क्यारेक्टरको यो अन्तर्वार्तालाई युनिकोडमा परिणत गर्दा हुने गल्तीहरु सच्याउन थाल्यो भने त बिहान हुन्छ। त्यसैले जस्ताको तस्तै राखिदिएको छु। सच्याएर पढ्नु होला] बाँकी (more…)

आतंकवादीसँग सहकार्य नगर्न राजाको चेतावनी

चार कुरामा स्पष्ट भए राजा दलसित वार्ता गर्न तयार

* राजा-दल झगडा जोइपोइको ठाकठुक जस्तोः राजा
* वर्तमान मन्त्रीहरुलाई हटाउने संकेत
* केही सुधार गर्नुपरे राजसंस्था पछि नहट्ने
* माअ‍ोवादी समस्या उत्पन्न हुनुमा दलहरु नै जिम्मेवार
* प्रेसलाई अनुशासित बन्न सर्तक

२०६२ भदौ १३ सोमबार @ 2015 NST
आज दिनभर काठमाडौंमा चर्चाको विषय बनेको साँझ हुने भनिएको राजाको सम्बोधन अहिले भर्खरै सकिएको छ। चर्चा भए जस्तो यो सम्बोधन नभएर हालैको राजाको भ्रमण दलमा संलग्न सरकारी सञ्चारकर्मीहरुलाई दिइएको अन्तर्वार्ता रहेछ।
अन्तर्वार्तामा राजाको बोली, हात हल्लाइ-हल्लाइ कुरा गर्ने शैली हेर्दा राजा हैन, कुनै नेता जस्तो देखिन्थ्यो। हुन पनि पहिलेका राजाको यस्तो अन्तर्वार्ता हेर्ने मौका मैले पाएको थिइनँ।
राजाले अन्तर्वार्ताका क्रममा राजनीतिक दल र राजाबीचको हालको झगडा जोइपोइको ठाकठुक जस्तो भएको बताए। जोइपोइको झगडा हुँदा यस्तो दे भन्ने अनि नदिने, दिउँला पछि, हैन, मलाई आजै चाहियो भने जस्तो हो रे अहिलेको विवाद। जति नजिक भयो यस्ता कुरा भइहाल्छ रे। तीन- चार कुरामा स्पष्ट भए दलहरुसित वार्ता गर्न आफू सँधै तयार भएको राजाले बताए। (more…)

काँग्रेसले विधानबाट राजतन्त्र हटायो

Filed under: Breaking News

….तर गिरिजाले निर्णय उल्ट्याउन सक्ने

२०६२ भदौ १३ सोमबार
नेपाली काँग्रेसको हाल जारी केन्द्रीय कमिटीको बैठकले अहिले केही बेरअघि आफ्नो विधानबाट संवैधानिक राजतन्त्र शब्दलाई हटाउने अ‍ौपचारिक निर्णय गरेको छ। नेपालको राजनीतिमा काँग्रेसको यो निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ। काँग्रस स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रको पक्षपाती रहँदै आएको थियो। प्रथम जननिर्वाचित वीपी कोइरालाको सरकारलाई राजा महेन्द्रले कू गर्दा पनि काँग्रेस राजतन्त्रको विरुध्दमा खनिएको थिएन।
काँग्रेसले हिजोदेखि बसेको केन्द्रीय कमिटीको बैठकमा यससम्बन्धी छलफल गर्न थालेको हो। बैठकमा अधिकांशले रामचन्द्र पौडेलद्वारा प्रस्तुत विधानबाट राजतन्त्र शब्द हटाउने प्रस्तावको समर्थन गरेका भए पनि शैलजा आचार्य र गिरिजा निकटका नेताहरुले यसको विरोध गरेका थिए। हिजो कुनै सहमतिमा पुग्न नसकेको बैठक आज बिहान पनि सहमतिमा पुग्न नसकेपछि एक पटक स्थगित भएको थियो र पुनः बसेको बैठकले यस्तो निर्णय गरेको हो। शैलजा आचार्यले निर्णयको विरोधमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरेकी छन्।
बैठकले गरेको निर्णयलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उल्ट्याउन पाउने छन्। यसो गर्न पाउने गरी निर्णय गरिएको सूत्रहरुले बताएका छन्। यी पंक्ति लेख्दासम्म बैठक जारी छ। अहिले बैठकले राजतन्त्रको ठाउँमा उपयुक्त शब्द राख्नका लागि शब्दको खोजी भइरहेको बताइएको छ। सेरेमोनियल मोनार्कीलाई काँग्रेसले स्वीकार्ने संभावना बताइएको छ। महाधिवेशनबाट पारित भए पछि मात्र संवैधानिक राजतन्त्र हटाउने निर्णय कार्यान्वयन हुनेछ। (1230pm NST)

August 27, 2005

नारायण, नारायण……


गिरिजाको बोली अकस्मात् फेरिन थाल्यो भन्ने चर्चा सहरमा चल्न थालेकोले होला आज आयोजित एक कार्यक्रममा उहाँले अलि फरक भाषा प्रयोग गर्नुभयो, प्रजातन्त्रका लागि म कसैसँग सम्झौता गर्दिनँ। उहाँले थप्नुभयो, विश्वास गर्नुस्, यो उमेरमा मसित कुनै लोभ लालच बाँकी छैन। पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको बोर्डरलाइन हो भन्दै उहाँले अहिलेको परिस्थिति निर्माण हुनुमा राजा नै जिम्मेवार भएको आरोप पनि लगाउनु भयो। प्रतिनिधिसभा पुनर्स्थापनाको संकेत आएकोले आन्दोलन शिथिल र बोली नरम बनाएको आरोप उहाँमाथि लाग्दै आएको थियो। यसअघिको कार्यक्रममा उहाँले लोकतन्त्र र गणतन्त्र मलाई थाहा छैन भन्नुभएको थियो। बाँकी (more…)

नेपालको वास्तविकता छर्लङ्ग्याउने फोटो


हतियार चलाउने प्रशिक्षण लिइरहेका माअ‍ोवादी लडाकूहरु।

जुमा प्रेसको जुमा रिपोर्टाजले नेपालको माअ‍ोवादी विद्रोहलाई केन्द्रित गरी एउटा फोटो फिचर प्रकाशित गरेको छ। जुमाका फोटोग्राफरहरु कास ग्याब्रियल टोर्सेलो र पिट प्याटिसनले माअ‍ोवादी प्रभावित ठाउँहरुमा गई यी तस्वीर खिचेका हुन्। बाँकी (more…)

August 26, 2005

भिडियो ब्लगः राजाको भ्रमण र आन्दोलन

राजाको हालको भ्रमण र आन्दोलनको तुलना गरिएको भिडियो ब्लग। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गर्ने लिङ्कमा क्लिक गर्दा तपाईँले ४५ सेकेण्ड पर्खनु पर्ने हुन्छ। त्यसपछि मेगाअपलोडको लोगोनजिकैको दायाँ छेउको Click here to download मा क्लिक गरी फाइल डाउनलोड गर्नुपर्छ। कुनै समस्या परेमा वा सुझाव सल्लाह दिनका लागि प्रतिक्रियामा लेख्नुहोला।

कान्तिपुरलाई कारबाही गर्ने सरकारको तयारी

२०६२ भदौ १० शुक्रबार

संवैधानिक राजतन्त्र लेखिएको सिनो कन्टेनरबाट बोकेर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले बोकेर लाँदै गरेको कार्टुन चित्र प्रकाशित गरेकोमा कान्तिपुर र दि काठमाण्डु पोस्ट दैनिकलाई कारबाही गर्न सरकारले गम्भीर गृहकार्य गरिरहेको जानकारी सरकारका माइक टंक ढकालले दिनुभएको छ। (more…)

August 25, 2005

“आफू पनि नपढ्ने, अरुलाई पनि पढ्न नदिने ? “

राजाबाट आन्दोलनरत विद्यार्थीहरुलाई प्रश्न
२०६२ भदौ ९ बिहीबार
[राजाको बोली डाउनलोड गरेर सुन्न यहाँ क्लिक गर्नुस्। ]
राजधानीमा पेट्रोलियम पदार्थको मूल्यवृध्दि गरेपछि दिनहुँजसो भइरहेका विद्यार्थी प्रदर्शनहरुलाई लिएर राजाले मुख खोलेका छन्। राजाले यस्तो कामलाई अशोभनीयको संज्ञा दिँदै असामाजिक तत्त्वको घुसपैठ भएको हुनसक्ने बताएका छन्। राजाले विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रश्न सोधेका छन्, आफू पनि नपढ्ने, अरुलाई पनि पढ्न नदिने ? राजाको भाषामा “यस्तो अशोभनीय र समाजमा नसुहाउने काम “तुरुन्त रोक्न पनि राजाले आह्वान गरेका छन्। बाँकी (more…)

फोटो ब्लगः चर्कँदो विद्यार्थी आन्दोलन


स्कूल जान छाडेर आन्दोलनको आगो दन्काइरहेको एक बालक। तस्वीरः ध्रुव आले

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृध्दिपछि दिनहुँ राजधानीका विभिन्न क्याम्पस अगाडि प्रहरी र विद्यार्थीबीच भिडन्त हुने गरेको छ। दिनहुँ क्याम्पस अगाडिका सडक विद्यार्थीहरुले टायर जलाएर अवरुध्द पार्छन् र त्यसलाई खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्छ। प्रस्तुत छ फोटो ब्लग। यी फोटोहरु फोटो पत्रकार ध्रुव आलेको सौजन्यबाट प्राप्त भएको हो। बाँकी (more…)

अडियो ब्लगः शाही सरकारको सेन्सरसिपको नमूना

डाउनलोड गरी सुन्न यहाँ क्लिक गर्नुहोस्। अथवा यहाँ पनि क्लिक गर्न सक्नुहुन्छ। (mp3 format, 384kb)
पछिल्लो लिङ्कमा क्लिक गर्दा तपाईँले ४५ सेकेण्ड पर्खनु पर्ने हुन्छ। त्यसपछि मेगाअपलोडको लोगोनजिकैको दायाँ छेउको Click here to download मा क्लिक गरी फाइल डाउनलोड गर्नुपर्छ। कुनै समस्या परेमा वा सुझाव सल्लाह दिनका लागि प्रतिक्रियामा लेख्नुहोला।

अहिले नै गणतन्त्रको नारा लगाइहाल्नु उचित हुँदैनः काँग्रेस

२०६२ भदौ ९ बिहीबार
नेपाली काँग्रेसको ११ अ‍ौं महाधिवेशन सुरु हुन अब ६ दिनमात्र बाँकी छ। यसक्रममा पार्टीबीच नयाँ नीति र कार्यक्रमका बारेमा बहस सुरु भएको छ। विधान संशोधनका लागि विधान संशोधन समितिका बैठकहरु पनि भइरहेका छन्। यसै सन्दर्भमा काँग्रेसभित्रका कुरा बुझ्न सजिलो होस् भन्ने अभिप्रायका साथ विधान संशोधन समितिमा महासमिति सदस्य लोकेश ढकालले प्रस्तुत गरेको सुझावका केही अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। यसमा उल्लेख विचारसँग मेरो संसारको सहमति-असहमतिको अर्थ छैन। न यसले मेरो संसार कुनै पार्टी विशेषसित नजिकिएको अर्थ नै निकाल्न मिल्छ। बाँकी (more…)

August 24, 2005

इन्द्रचोक र नयाँ बानेश्वरमा बम आतंक

२०६२ भदौ ८ बुधबार
माघ १९ पछि बम आतंकको कुरा दुर्लभ भएको भए पनि अब फेरि बढ्न थालेको छ। आज मात्रै काठमाडौंका दुई ठाउँमा बम आतंक मच्चियो। नयाँ बानेश्वरको बेकरी क्याफेबाहिर र इन्द्रचोकको राखी बजारबाहिर बम राखिएको आशंकामा दुई घण्टासम्म जनजीवन आतंकित भएको थियो। तर दुवै ठाउँमा सेनाको डिस्पोजल टोलीले बम भएको आशंका गरिएको ब्यागमा बकवास कुरामात्र भेट्टाएको थियो। नयाँ बानेश्वरमा ट्राउजर भेटिएको थियो भने इन्द्रचोकमा पुराना लुगा। उता माअ‍ोवादीहरु राजाको जुन जिल्लामा भ्रमण हुन्छ त्यही ठाउँ बन्द गर्ने भन्दै कुर्लँदै छन्। तर नेटिभीको समाचार हेर्दा भने मान्छेहरु …..प्राणभन्दा प्यारो छ भन्दै नारा लगाइरहेकै देखिन्छन्।

अब गुगलबाट च्याट गर्ने हैन त ?

२०६२ भदौ ८ बुधबार

हिजै एकजना “टेक क्रेजी” मित्रले मेल गरेको थियो, भोलिबाट गुगलले च्याट सफ्टवेयर पनि लञ्च गर्ने संभावना छ भनेर। तर हिजो सार्‍है अल्छी र निद्रा पनि लागिसकेको हुनाले ब्लगमा हालिनँ। आज बिहान अफिसमा आएर हेर्दा त हो रहेछ सारा टेक न्युजहरु गुगलको यही च्याट सफ्टवेयरको बारेमा भरिएको रहेछ। लौ न त, अब हामी पनि गुगलबाट च्याट गर्न थाल्ने हैन ?
यसका लागि तपाईँले आफ्नो कम्प्युटरमा गुगल टक इन्स्टल गर्नुपर्ने हुन्छ। तपाईँ यसलाई यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ। यसको आकार पनि सार्‍है हलुका छ 900 kb मात्र। तर विन्डोज एक्सपी र 2000 मा मात्र यो प्रयोग हुन्छ। अनि यसमा भ्वाइस च्याट पनि हुने रहेछ। रिभ्युहरुमा भ्वाइस च्याटको गुणस्तर राम्रो भएको उल्लेख गरिएको छ। बाँकी (more…)

August 23, 2005

भिडियो ब्लगः विद्यार्थी-प्रहरी भिडन्त

यो ब्लग विशेष गरी विदेशमा बस्ने नेपालीको लागि हो। यहाँकाहरुले टेलिभिजनमा यी दृश्य हेर्नुभएकै होला। विदेशमा बस्नेहरुले काठमाडौँमा भइरहेको घटनालाई हेर्न सक्षम होउन् भन्ने मेरो उद्देश्य हो। विद्यार्थी र प्रहरीबीच भएको भिडन्तको दृश्य डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। यो लिङ्कमा माउस राखेर राइट क्लिक गरी Save Target As गर्नुस् र फाइल खोली हेर्नुस्। समस्या भए लेख्नुहोला।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.