August 2, 2005

बल्ल खुल्ने भो मेरो पनि मोबाइल

२०६२ साउन १९ मंगलबार
पोस्टपेड मोबाइलधारीहरुको हैकम अब बल्ल टुट्ला जस्तो छ। छ महिनादेखि बन्द रहेको प्रिपेड मोबाइलको पुनः दर्ता अब शनिबारदेखि थाल्ने नेपाल टेलिकमले बताएको छ। झन्डै पाँच घण्टा लाइन बसेर लिएको मेरो प्रिपेड मोबाइल पाँच महिना पनि चलाउन नपाउँदै माघ १९ मा “शहीद” भएको थियो। बिचराको केही दोष थिएन। तर पनि बित्थैमा शहीद भएको थियो त्यो। सुरुमा त दुई तीन दिन वा हप्तामा नै ब्युँतिएला कि भन्ने लागेको थियो तर अहँ……। दिक्क लागेर मैले त्यसलाई दराजभित्र अन्त्येष्टि गरिदिएको थिएँ। बाँकी (more…)

गणतन्त्र नजिएको हो त ?

२०६२ साउन १८ मंगलबार
आजभोलि टेलिभिजनका विभिन्न च्यानलमा समाचार हेर्दा नेताहरुको बोली सुन्दा नेपाल गणतन्त्रतर्फ उन्मुख भएको आभाष पाउन सकिन्छ। आजैमात्र पनि तीन चार वटा यस्ता समाचार प्रसारण भए। बाँकी (more…)

मातृभाषामा गाउन नदिएपछि नौलो विरोध अभियान

२०६२ साउन १८ मंगलबार
पशुपति क्षेत्र विकास कोषले पनि के-के गरेको हो के-के कुन्नि। अस्ति भर्खर मात्र उसले शताब्दियौंदेखि पशुपति मन्दिर परिसरमा मातृभाषामा वाचन भइरहेको भजन गाउन रोक लगाइदियो। केही दिनअघि त उसले गौदान र सिदादान गर्न बसेका ब्राम्हणहरुलाई पनि लखेटेर पठायो। गौदान र सिदादान हिन्दूहरुको महत्त्वपूर्ण कर्मकान्ड अन्तर्गत पर्ने गर्छ। हिन्दूहरुलाई आफ्नो कर्मकान्ड गर्नबाट वञ्चित गराएर उसले गर्न खोजेको चाहिँ के होला? शायद मारवाडीकरण ! बाँकी (more…)

“पत्रकार र टिभीले सारा संसार बिगारे”

२०६२ साउन १८, सोमबार
Minister Ram Narayan Singh
“पत्रकार र टेलिभिजनले सारा संसार बिगारेका छन्”
यो महावाणी कसको हो ? माथि देखिएका महानुभावको। उनी मन्त्री हुन्। मकरतन्त्रका मन्त्री रामनारायण सिंह। पद पाएका छन् श्रम तथा यातायात व्यवस्थाको तर “व्यवस्था” भने पत्रकार र पत्रकारिताको गर्लान् जस्तो देखिन्छ। आइतबार मन्त्री ज्यु श्रम तथा रोजगार प्रवर्ध्दन विभागको निरीक्षणका लागि पुग्नुभएको रहेछ। त्यहीँ च्यानल नेपालका सहकर्मी गणेश बस्नेत र चन्द्र विष्ट रिपोर्टिङका लागि पुगेका थिए। कुन्नि किन, उहाँसित केही सोध्दासोध्दै उहाँ झन्न रिसाउनु भएछ। क्यामेरालाई हातले धकेल्दै एकापट्टी पारेर अर्कोतर्फ लाग्नुभएपछि उहाँले भन्नुभयो, पत्रकार र टेलिभिजनले सारा संसार बिगारेका छन्। हेर्नुस् यो दृश्य भिडियोमा (हिजो राखिएको भिडियो अस्पष्ट भएकोले आज स्पष्ट देखिने अर्को भिडियो राखेको छु) बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.