सत्र साल भाग दुई
अर्जुन पराजुलीका चोटिला कविता
२०६२ साउन २१ शुक्रबार
आज आयोजित नागरिक भेलामा नागरिकबाट सबैभन्दा बढी वाहवाही पाएको कवि अर्जुन पराजुलीका केही चोटिला व्यङ्ग्य कविता…….अडियो सुन्न यहाँ क्लिक गर्नुस् (517 kb, wma format)
कुनै घरको भित्तो फोरिएन
कुनै मन्दिरको मूर्ति चोरिएन
कुनै बैंक लुटिएन
कुनै कालो सूचिमा परिएन
कुनै पुरुषलाई गोली ठोकिएन
कुनै महिलालाई बलात्कार गरिएन
अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ?
परिएन !
(वन्स मोर आएर दोहोर्याएर पढ्नु परेको कविता) बाँकी
————————————-
एउटा रोगी गोली खान नपाएर मर्यो
एउटा रोगी गोली खान नपाएर मर्यो
एउटा निरोगी गोली खाएर मर्यो
मैले आफूलाई
न रोग लगाउन सकेँ
न निरोगी बनाउन सकेँ
त्यसैले अहिलेसम्म जिउँदै छु
————————————
म किसान हुँ
पाल्ने मेरो पेशा हो
राँगो पालेँ
सुन्दरी प्रतियोगिता आयोजना गर्न गयो
भैंसी पालेँ
सुन्दरी प्रतियोगितामा भाग लिन गयो
नेता पालेँ
आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो
पुलिस पालेँ
भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
सरकार पालेँ
गर्नुपर्ने काम एउटै गरेन
नगर्नु पर्ने काम सबै गर्यो
सुरक्षाकर्मी पालेँ
सुरक्षा नगरुञ्जेल जिउँदै थियो मान्छे
उसले सुरक्षा गर्न थाल्ने बित्तिकै मर्यो
पाल्ने कुनै जन्तु नपाएपछि
एउटा नयाँ कदम चालेँ
अनि मैले दाह्री पालेँ !
——————————-
सकारात्मक संकेतले
“…” कहिले गर्ने हो ?
बिन्तिपत्र चढाउने साइत
कहिले पर्ने हो ?
प्रतिगमन सच्चिन सुरु फेरि
कहिले गर्ने हो ?
प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि
चौथाइ सच्चिने बित्तिकै
दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ?
हेलिकप्टरमा सवार साँढेबाट
तपाईँको मुखमा नरिवल कहिले झर्ने हो ?
नेताज्यु दौरा सुरुवाल सिलाउनका लागि
अर्डर अहिले गर्ने कि
अलि पछि गर्ने हो ?
यी सबै कुरा थाहा पाउनका लागि
तपाईँहरुका हातहरु शाही ज्योतिषीका घरमा गएर हेराउनु पर्ने हो
शाही ज्योतिषीलाई हात नहेराइ तपाईँलाई कसरी थाहा हुन्छ
आन्दोलन गर्दा कत्रो साइजको गर्नुपर्ने हो ?
दौराको साइजको
सुरुवालको साइजको
कोटको साइजको
कि गर्ने हो आन्दोलन
तक्माको साइजको ?
—————————–
बगलिमाराले बगली चोर्न पाउँछ
बगलीले मुख फोर्न पाउँदैन
स्यालले कुखुरा चोर्न पाउँछ
कुखुराले चोरिएँ भनेर छिमेकी जोर्न पाउँदैन
यो मेरो कविता हैन
हामी सबैको राष्ट्रिय गान हो
————————-
सत्र साल भाग दुई
पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई
घण्टाघरले घण्टी लाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
शहीदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो
सत्र साल भाग दुई
स्वागत गीत गाउनु भन्दा पहिले
तिम्रो नाउँमा एक मिनेट
मौन धारण गर्न पाए हुन्थ्यो
सत्र साल भाग दुई
तिमीले हामीलाई प्रजातन्त्र दिनुपर्दैन
तिम्रा प्रजामा को को पर्छन्
हामीलाई थाहा छ
तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन
तिम्रा शान्तिले के के गर्छन्
हामीलाई थाहा छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
हामीलाई त पढ्नका लागि तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
हामीलाई त पढ्नका लागि
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस्
यी कवितालाई अडियोमा केही छिनपछि अपडेट गर्नेछु।


Ramro chha . Thanks
Comment by Rita — August 6, 2005 @ 8:08 am
Thanks Umesh Je!
Also thanks to poem writer! This poem is so great for Nepal.
Thx.
Comment by Nilan — August 6, 2005 @ 10:04 am
अडियो ब्लग असाध्यै राम्रो लाग्यो ।मैले दोहोर्याई तेहोर्याई सुने । हामि बिदेशमा रहने पाठकहरूका लागि यस्मा उपलब्ध गराईदिनुभएकोमा धेरै धेरै धन्यबाद । मलाइ त मन्च नजिकै बसेर सुने जस्तो लाग्यो । अर्जुन पराजुली त धन्यबादका पात्र हुदैहुनुहुन्छ । कविता एकदमै चोटिलो र मर्मस्पशि छ । यो सुनेर देशलाई कँगाल बनाउनेहरुको मुटु पक्कै हल्लिएको होला नहल्लिए पनि पक्कै एक्दिन हल्लिनेछ ।
धन्यबाद
Comment by Geman — August 8, 2005 @ 3:01 am
web site dari ramro cha. thanks for email. i will sent some news from mumbai/
birendra poudel
Comment by birendrapoudel — August 8, 2005 @ 10:26 am
Interesting and satirical poem.
Thanks very much for posting.
Comment by JB — August 9, 2005 @ 12:34 pm
My Comment is just to say this kavita is very nice to read because this is meaninguful then good for those people who can understand. I hope same story and kavita will came in this page again so that people will enjoy in Nepalimail site. Whoever had wrote it thank you very much for spending the time and velueable mind. Thanks again to taking time to read and put my comment in this site. bye bye Um Bahadur Rakaskoti
Comment by Um Bahadur Rakaskoti — January 12, 2006 @ 2:12 pm