असफलताको अर्को नाम
२०६२ साउन २३ आइतबार
धेरै भयो खाली राजनीतिक कुरामा मात्रै ब्लग गर्न थालेको। उद्घाटन ब्लगमा नै मैले भनेको थिएँ, म राजनीतिक विषयमा मात्र ब्लग गर्दिनँ। तर देशै राजनीतिले खाएको हुनाले यसैमा बढी ब्लग गर्न पुगेँ। अब म केही दिन अरु विषयमा पनि ब्लग गर्ने प्रयास गर्नेछु। आज एउटा एकदमै हल्का विषय छान्दैछु, असफलताको अर्को नाम। असफलता अर्थात् failure आज इन्टरनेट डुल्ने क्रममा एउटा अनौठो संयोगको बारेमा पत्ता लाग्यो। तपाईँ पनि हेर्नसक्नुहुन्छ त्यसलाई। तपाईँले अरु केही गर्नुपर्दैन, गुगलमा जानुस् र failure टाइप गरेर सर्च गर्नुस्। सर्च रिजल्टको नम्बर वनमा अर्थात् सबैभन्दा माथिको लिंक हेर्नुस् त……..कस्तो अचम्म!


what a joke
Comment by Sujit — August 8, 2005 @ 5:02 am
त्यो कुनै अचम्म होइन। गूगलले जानाजान त्यसो गरेको हो। त्यो पेजमा failure भन्ने कुनै शब्द नै छैन। वाक स्वतन्त्रता अत्याधिक भएको अमेरिका जस्तो मुलुकमा ल्यारी पेज जस्ता प्रो-डेमोक्र्याटले आफ्नै नियन्त्रणमा रहेको ईन्टरनेट सर्च ईन्जिनमा जर्ज डब्ल्यु बुश जस्ता रिपब्लिकनलाई होच्याउन त्यसो गर्नु साधारण कुरा हो।
Comment by नरकट — August 8, 2005 @ 11:46 pm
FYI: केहि पहिला सम्म गूगलमै “Go to hell” शब्द राखेर सर्च गर्दा सबै भन्दा माथि माईक्रोसफ्टको होम पेजको लिंक आउंथ्यो। अहिले त्यो हटाईएको छ।
Comment by नरकट — August 8, 2005 @ 11:50 pm