पशुपतिमा विस्फोटका कारण आतंक
२०६२ साउन ३० आइतबार
पशुपतिमा आज एकाएक विस्फोट हुँदा आतंक मच्चियो। सुरुमा त के भयो भनी धेरैले थाहा पनि पाएनन्। भागाभाग भयो, तनावग्रस्त भयो पूरै क्षेत्र। पछि थाहा भयो, कालिकोटमा माअोवादी आक्रमणमा मारिएका धनबहादुर नामका एक सैनिकको दाहसंस्कार हुँदै गर्दा चितामा नै शव पड्किएको रहेछ। यसरी विस्फोट भएपछि आफन्त, मलामी र त्यहाँ उपस्थित अरुहरुमा भागदौड मच्चिएको रहेछ।
मृतकको शवको पेटभित्र ग्रिनेड राखिएका कारण त्यसरी विस्फोट भएको रहेछ। त्यो ग्रिनेड माअोवादीले नै शव लाँदा पडकियोस् भन्ने उद्देश्यले राखेको हुनसक्ने अनुमान गरिएको छ।


maobadi le pani rakheko huna sakchha army le aafai pani rakheko huna sakchha hoina ra ?
Comment by police — August 14, 2005 @ 8:55 pm
Padkaune nai bhaye pashupati samma lagera army le padkairahana parthyo ra?
Comment by buddhu — August 15, 2005 @ 8:31 am