August 16, 2005

नागरिक देखेर राजा डराए

२०६२ साउन ३२ मंगलबार

बसन्तपुरमा आयोजित नागरिक धर्नामा सहभागी विशाल जनसमुदाय। तस्वीरः उमेश

(आजको कार्यक्रमका बारेमा थप जानकारी र तस्वीर अपडेट भइसक्यो। भिडियोको लागि यहाँ क्लिक गर्नुहोला। अडियो छिट्टै नै अपडेट हुनेछ) बाँकी
आखिर नागरिक शक्ति देखेर राजा डराउनु नै पर्‍यो। त्यसैले आज आयोजित नागरिक समाजको धर्ना कार्यक्रम बीचमै बिथोल्न सरकारले प्रहरी पठायो र एकछिन तनाव पनि उत्पन्न गरायो। तर अहँ, नागरिकहरुको विशाल समूहले बिथोलिन दिएन कार्यक्रमलाई। कार्यक्रम हुँदाहुँदै राजा र राजतन्त्रविरोधी नारा लेखिएका प्लेकार्ड खोस्न आक्रामक मुद्रामा प्रहरी सभास्थल प्रवेश गरेको थियो। उनीहरु नागरिक समाजका श्याम श्रेष्ठ, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, मथुराप्रसाद श्रेष्ठ भएका ठाउँतिर लाग्दा होहल्ला भयो र प्रतिकार गरियो। एकछिन तनाव भए पनि शान्तिका लागि आयोजकहरुले गरेको आह्वान सबैले सुने। प्रहरीलाई सभास्थल परै प्रवेश निषेध गरियो र कार्यक्रम सुचारु भयो। साँच्चै नागरिक समाजले गरेको तेस्रो कार्यक्रममा नै यसको शक्ति र प्रभावकारिता देखी राजा र राजाको सरकार डराएको यस प्रहरी हस्तक्षेपले प्रमाणित हुन्छ। (more…)

तस्वीर आफै बोल्छ


आज (साउन ३२) आयोजित नागरिक धर्नामा देखिएको दृश्य। तस्वीरः उमेश

महाधिवेशन स्थलमा ढुंगामुढा, निर्वाचन बहिस्कार

२०६२ साउन ३२ मंगलबार
अपडेटः महाधिवेशन स्थगित भएको अ‍ौपचारिक घोषणा भएको छ। आज बिहान २४२ वटा फर्जी नामावली नसच्याइएसम्म अधिवेशनमा भाग नलिने भनेपछि झडप सुरु भएको थियो। संस्थापन पक्षका स्वयंसेवक राजु अधिकारीले गगन थापालाई ढुंगा हिर्काएपछि दुवै पक्षबीच भिडन्त सुरु भएको थियो। भिडन्तका क्रममा तीन नौ जना विद्यार्थी घाइते भएका छन्। दीपेन्द्र सभागृह ध्वस्त भएको छ। (245pm NST)
प्रजातन्त्रको लागि संघर्ष गरिरहेको भनेर दाबी गर्ने नेपाली काँग्रेसको आफ्नै पार्टी र संगठनमा कतिको प्रजातन्त्र रहेछ भनेर अब दुनियाले देख्नेभयो। बेइज्जत! धाँधली त बेस्कन भएछ रे। अनि त्यसलाई सहन नसकेर गगन थापा पक्षधरहरुले निर्वाचन बहिस्कार गरेछन्। निर्वाचन बहिस्कार गर्नेहरुमा अध्यक्ष पदका अन्य उम्मेदवार प्रदीप पौडेल, महेन्द्र शर्मा आदि पनि रहेका छन्। अरु त अरु महाधिवेशन स्थलमा ढुंगामुढा पनि भएछ। मुखले गणतन्त्रका चर्का कुरा गर्ने अनि गणतन्त्र पक्षधरहरुलाई नेतृत्वमा आउलान् भनेर धाँधली गर्ने, छ्या ! कस्तो फोहोरी राजनीति। अब गगनहरुलाई अनुशासनको कारबाही गरी निश्कासित गरिए पनि अचम्म मान्नु पर्दैन। गगनहरुले पनि अब पहिला आफ्नै पार्टीको निरंकुशतालाई अन्त्य गर्नुपर्छ अनिमात्र देशको निरंकुशता। (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.