August 17, 2005

गिरिजाले त्यसो भनेका हैनन् रे

अर्थात् उनले त्यसो भनेकै हुन्
२०६२ भदौ १ बुधबार
शहर बजारमा र विदेशका नेपालीबीच पनि गिरिजा बहुलाएको चर्चा छ। गगन थापा र नरहरि आचार्य रोयलिस्ट हुन् भनी गिरिजाले आरोप लगाएपछि यस्तो चर्चा चलेको हो। अझ त्यति मात्र हो र उनले त गणतन्त्रको कुरा राजासँग बार्गेनिङ गर्नका लागि मात्रै उठाइएको बताएछन्। ठूलो हल्लाखल्ला मच्चिएपछि खुस्केका गिरिजा कता लागेछन् कुन्नि तर अहिले केही बेर अगाडि हाम्रो कार्यालयमा आएको फ्याक्समा भने गिरिजाले त्यसो नभनेको लेखिएको रहेछ। अब तपाईँ सोच्नुस् वक्तव्य कसले पठाएको होला ? गिरिजाले ? हैन, पार्टी प्रवक्ताले ? त्यो पनि हैन। वक्तव्य त मोरङ जिल्ला सभापति अमृत अर्यालले जारी गरेका रहेछ्न्। उफ्…यत्रो संवेदनशील विषयमा वक्तव्य जारी गर्ने निकाय त्यही हो ? उक्त वक्तव्यमा पार्टी कार्यकर्ताहरुबीच निजी भेटघाट भएको र त्यसमा व्यक्ति विशेषमाथि कुनै आरोप लगाउने काम नभएको स्पष्ट पारिएको छ। गिरिजाको बारेमा अझै लामो कुरा लेख्नुछ तर त्यो केही समयपछि लेख्नेछु।

गगन थापाको हत्या गर्ने प्रयास

लौ हेर्नुस् कसले गरेको थियो दंगाको सुरुवात
२०६२ भदौ १ बुधबार

गगनलाई ढुंगाले हान्दै राजु अधिकारी। यो लागेको भए के हुन्थ्यो ?

भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।
अन्ततः नेपाल विद्यार्थी संगठनको महाधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ। आज प्रकाशित नेपाल समाचारपत्रका अनुसार हिजो महाधिवेशन स्थल पोखराको दीपेन्द्र सभागृह प्रांगणमा गगन थापाले बोलिरहँदा दिउंसो पौने १२ बजे दोस्रो तलाको बरन्डाबाट देशभक्त संघ कास्कीका सचिव राजु अधिकारीले २५-३० केजीभन्दा बढीको ढुंगाको छपनीले गगन थापामाथि प्रहार गरेका थिए। संयोगवश नजिकै रहेका रुरु संस्कृत विद्यापीठ गुल्मीका एकाइ अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले उनलाई ठूलो दुर्घटनाबाट बचाएका थिए। नेता थापालाई बचाउन पुग्दा विद्यार्थी ज्ञवालीको टाउकोमा चोट लागेको थियो। घाइते ज्ञवालीलाई रगताम्मे भएपछि उठाउन खोज्दा लमजुगंकी केन्द्रीय सदस्य इन्दिरा तिवारीमाथि पनि विद्यार्थीहरु जाइलागेका थिए। हाल उनीहरुको फेवासिटी अस्पताल पोखरामा उपचार भइरहेको छ। विद्यार्थी नेताहरु महेन्द्र शर्मा, बद्री पाण्डे र प्रदीप पौडेलले मन्तव्य व्यक्त गरिसकेपछि गगन बोलिरहेका थिए। महाधिवेशनका स्वयमसेवकका रुपमा पुगेका राजु अधिकारी र उनका अन्य चार-पांच जना सहयोगीहरु ढुंगा प्रहार गरिसकेपछि हलको पछाडिपटि्टबाट भागी नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेका थिए। विद्यार्थी नेता गगनमाथि सुनियोजित हत्या गर्ने उद्देश्यले आक्रमण गरिएको र यसमा संस्थापन पक्षसमेत जिम्मेवार भएको भन्दै विद्यार्थीहरुबीच एकआपसमा हानाहान हुन पुगेको थियो। देशभक्त संघका सचिव राजु यसअघि कांग्रेस नेता महादेव गुरुगंका पीएसमेत रहेका थिए।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.