अब तपाईँको पालो
२०६२ भदौ २ बिहीबार

देशमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालको पछिल्लो विचारलाई लिएर नयाँ बहस सुरु भएको छ। कोइरालानिकटका बाहेक कसैले पनि गगन थापा र नरहरि आचार्यलाई दरबारबाट सञ्चालित भनी लगाउनुभएको आरोपलाई राम्रो दृष्टिले हेरेका छैनन्। लोकतान्त्रिक गणतन्त्र काँग्रेसको एजेण्डा हैन भनेर उहाँले देशमा बगिरहेको हावाको विपरीत दिशामा बहने असफल प्रयास गर्नुभएको छ। यसले विगतमा पटक-पटक नेपाली जनतालाई धोका दिँदै आएको काँग्रेसको असली नियत उजागर गरेको छ। माअोवादीलाई वार्ताका लागि सार्वजनिक आह्वान गर्ने अनि हरेक भाषणमा गणतन्त्रका चर्का कुरा गर्ने गिरिजाले वास्तवमा किन त्यसो गरेका रहेछन् भनेर त उहाँकै मुखबाट सुनियो- राजासित बार्गेनिङ गरी आफ्नो लागि कुर्सी पाउन। नयाँ नेपाल निर्माणका लागि अब गिरिजाजस्ता नेतालाई “जा” भन्ने बेला भइसकेको छ। काँग्रेसी कार्यकर्ताहरु यदि जनताप्रति उत्तरदायी छन् र कोइराला र कोइरालाप्रवृत्तिका दास हुन चाहँदैनन् भने उनीहरुले गिरिजालाई जा भन्न सक्नुपर्छ। यसमा हामीजस्ता देशविदेशमा रहेका नेपालीहरुले कसरी दबाब दिन सक्छौं त? विदेशतिर ब्लगबाट पनि दबाब दिने चलन छ। तर हामीकहाँ ब्लगको खासै विकास भइसकेको छैन। त्यसैले ब्लगबाहेक हामीले हाम्रा आवाज नेपाली काँग्रेसको आधिकारिक साइट र उसको आधिकारिक ई-मेलबाट पठाई दबाब दिन सक्छौं। आउनुस्, देशविदेशबाट लाखौंको संख्यामा ई-मेल पठाई गिरिजालाई “जा” भनौं र नयाँ स्वच्छ नेतृत्वलाई ठाउँ दिन आवाज राखौं। पार्टीभित्र प्रजातन्त्र नभएसम्म देशमा लोकतन्त्रको उद्देश्य प्राप्त गर्न कठिन हुन्छ।
आफ्ना आवाज नेपाली काँग्रेसको आधिकारिक ई-मेल ncparty@wlink.com.np र ncparty@bajranet.com.np मा सयौंको संख्यामा पठाउनुस्। वा काँग्रेसको आधिकारिक साइटमा यहाँ गएर लेख्नुस्।
हाम्रो यो ई-विरोध वा दबाबले पक्कै पनि पार्टीलाई झक्झक्याउनेछ। गिरिजाले विगतमा गरेका केही गल्तीहरुको सूचिका लागि भित्र आउनुस्। (more…)

