गिरिजाद्वारा सशस्त्र संघर्षको घोषणा
२०६२ भदौ ४ शनिबार
राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने सुँइको पाउनेबित्तिकै नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला गृहनगर विराटनगरस्थित आफ्नो निवासबाटै बेपत्ता हुनुभएको छ। आज बिहान ६ बजे नै कोइरालानिवास घेर्न गएका सेनाहरुद्वारा अहिले उनको व्यापक खोजी भइरहेको छ र आत्मसमर्पण गर्न विराटनगरवासीको कानै टट्टिने गरी माइकिङ भइरहेको छ। बाँकी
आज हाम्रो कार्यालयमा ठाउँको फ्याक्स नम्बर नै लुकाएर पठाएको वक्तव्यमा नेपाली काँग्रेसले तेस्रो पटक पनि क्रान्ति गरेर प्रजातन्त्र बहाली गरी छाड्ने र आफ्नो सशस्त्र अभियान वीरगंजबाटै शुरु हुने कुरा गिरिजाद्वारा हस्ताक्षरित वक्तव्यमा जनाइएको छ।
कृष्णप्रसाद भट्टराईलाई खुमलटारमा बिहानै आएका सेनाले नख्खु जेलभित्र लगेर राजनीति त्यागेर सन्यास लिएमा सुरा र सुन्दरीसहित राज्यको कुनै हस्तक्षेप नहुने नेपालको धर्माधिकारी बनाइने आश्वासन दिइएको र उक्त प्रस्ताव भट्टराईले मान्ला कि जस्तो भएको कुरा त्यहाँबाट छुटेर आएका माअोवादी कार्यकर्ताहरुले बताएका छन्।
शेरबहादुर देउवा भने शाही आयोगको थुनाबाट निस्केर राजाको विशेष सल्लाहकार नियुक्त हुने चर्चा छ भने रामचन्द्र पौडेलको अत्तोपत्तो छैन। गिरिजाले केही दिनअघि दरबारियाको संज्ञा दिएका नरहरि आचार्य कानुनमन्त्री र विद्यार्थी नेता गगन थापा शिक्षा मन्त्री नियुक्त हुने हल्ला छ। आधा जसो काँग्रेसीहरु राजाको दलविहीन नयाँ मोडेलको व्यवस्थामा नै समाहित भई जीएमदेखि हेडमास्टरसम्म बन्ने दाउमा लागेको बताइएको छ।
गिरिजाको वक्तव्यमा भने राजाको कदमको समर्थन गरे भविष्यमा क्रान्ति सफल भई आफ्नो सरकार आउँदा त्यस्ताले खुट्टैमा ढोगे पनि कुनै पद नपाउने चेतावनी दिइएको छ। गिरिजाको वक्तव्यको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोला।

