“यस्तो सेवा निषेध गरिएको छ”
उफ ! अझै खुलेन मेरो मोबाइल
२०६२ भदौ ६ सोमबार
छ महिनाभन्दा बढी समयपछि मेरो प्रि-पेड मोबाइलले आंशिक रुपमा काम गर्न थालेको छ। अहिले साढे ११ बजेबाट मेरो मोबाइल सेटमा टावर देखिन थालेको छ। तर दुःखको कुरा, कुनै नम्बरमा डायल गर्दा भने एउटी महिलाको यस्तो कर्कश ध्वनि सुनिन्छ
“यस्तो सेवा निषेध गरिएको छ”
अनि अंग्रेजीमा पनि यसो भनिन्छ This type of call is restricted अनि सामान्य लायन्डलाइनबाट मोबाइलमा फोन गर्दा पनि सम्पर्क हुँदैन। हैन यो कस्तो खालको सेवा दिन थालेको हो नेपाल टेलिकमले ? फोन गर्न पनि नमिल्ने, आउँदा पनि नआउने ? बाँकी
आज प्रिपेड मोबाइल खुल्छ भन्ने व्यापक हल्ला थियो। त्यसैले दिउँसैदेखि आफ्नो नम्बर डायल गर्दै थिएँ। तर जति पटक डायल गर्दा पनि “यो सेवा अहिले उपलब्ध छैन” भनिन्थ्यो। सञ्चार माध्यमहरुले सरकारले सेवा सञ्चालन गर्न अनुमति दिएको समाचार आइसक्दा पनि यस्तै थियो हालत। टेलिकमले नेटिभीमा समाचार प्रसारण हुनु अगाडि सूचना प्रसारण गर्दै २० गतेभित्र प्रति दिन १०-१२ हजार गर्दै सबै लाइन खोलिने हुनाले धैर्यधारण गर्न बताएको थियो। तर यी हरफ लेख्दा रातिको पौने १२ बजेसम्म पनि कुनै पनि प्रि-पेड लाइन खुलेको छैन। प्रमाण- मैले र्यान्डमली डायल गरेका नम्बरहरु।
हेरौं, राजाको ज्वाईँको मोबाइल नखुलेसम्म टेलिकमको मोबाइल साँच्चिकै खुल्ने हो कि टावरमात्र देखाएर “यस्तो सेवा निषेध गरिएको छ” भन्दै गर्ने हो ?


security ko reason ma closed gareko mobile kina open hunthyo ra (kings ko daughter ko assets khola ma bagauni ho ra? Vishnua ko juduwa (raja) ko samman gara la? this country’s shareholder are the royal family. we are workers so don’t say any……… we are dash, hali, nokar etc. Birod garne aat kasko cha ra sab sixes haru hun. aaba dekhi raja ko barema samachar don’t write ok. hamilie mobile chahidaina …….. yadi valley bahira ko mobile nakhulne ho bhane, ke nepal baneko valley matra ho ra ? saab janata pani choor raja jastai. valley ma vayo ani andolan banda kasto gaijatra or joke dekako yar. laaz pani nahune kukur haru lie
Comment by paribarthan — August 23, 2005 @ 8:53 am
नेपाल टेलिकमद्वारा वितरण गरिएका मोबाइलहरु पूर्ण रुपमा खुलाइएको छैन । किन खोलिएन भनि जवाफ दिनु पर्ने निकायहरु निदाएका छन् । सञ्चार सचिव र शाही नेपाली सेनाका प्रवक्ताले मोबाइल बन्द नगरेको भनेता पनि सर्वसाधारणको पहुँच भित्र रहेको मोबाइल सेवा राजाका ज्वाँई (राजबहादुर सिंह ) को इसारामा र शाही सेनाको निर्देशनमा सञ्चार मन्त्री टंक ढकालको मौखिक आदेशमा बन्द गरेको स्पष्ट छ । राजाले आफ्ना ज्वाँइको कम्पनी स्पाइससेल नेपाललाई स्थापित गराउन नेपाल टेलिकमको मोबाईल बन्द गराएका छन् । नेपाल टेलिकमका निरीह प्रबन्ध निर्देशकलाई राजाका माईक टंक ढकालको दौराको फेरो समात्दै ठीक्क छ । मोबाइल खोल्ने निगाहकोलागि झ्यालबाट माथितिर हेर्दै छन् । यसै बीच मिति २०६२ साउन २५ गते गते स्पाईस नेपालले (राजाको ज्वाँइ सञ्चालक रहेको कम्पनी) मोबाईल सञ्चालन गर्यो र उदघाटन गर्न पुगे सञ्चार सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष लोकमान सिंह कार्की । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षलाई सोही प्रकृतिको प्रतिस्प्रधी कम्पनीले सञ्चालन गर्ने मोबाईलको उद्घाटन गर्न जान कुन नैतिकताले दियो ? श्री ५ को सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिकमका सेवाहरु बन्द गराएर निजी क्षेत्रलाई पोस्दै अगाडि लैजाने, सरकारी लगानीलाई डुबाएर व्यक्तिगत लाभका आधारमा निजी कम्पनी (त्यो पनि दरबारको ) उकास्न दिलो ज्यान दिने कार्कीहरुको नैतिकता, इमान्दारिता तथा राष्ट्रवादिता खोज्न कहाँ जाने होला ?
Comment by Prakash Sharma — August 23, 2005 @ 10:33 am
Dhakal sir,
Hamro pani mobile kholnu paro ni RAJA ko joye ko matrai kholera bhyena ta. Butwal ma tu mobile kholnu la …
Ok Bye.
Comment by Ganga Ram Bashyal — August 25, 2005 @ 12:59 pm