इन्द्रचोक र नयाँ बानेश्वरमा बम आतंक
२०६२ भदौ ८ बुधबार
माघ १९ पछि बम आतंकको कुरा दुर्लभ भएको भए पनि अब फेरि बढ्न थालेको छ। आज मात्रै काठमाडौंका दुई ठाउँमा बम आतंक मच्चियो। नयाँ बानेश्वरको बेकरी क्याफेबाहिर र इन्द्रचोकको राखी बजारबाहिर बम राखिएको आशंकामा दुई घण्टासम्म जनजीवन आतंकित भएको थियो। तर दुवै ठाउँमा सेनाको डिस्पोजल टोलीले बम भएको आशंका गरिएको ब्यागमा बकवास कुरामात्र भेट्टाएको थियो। नयाँ बानेश्वरमा ट्राउजर भेटिएको थियो भने इन्द्रचोकमा पुराना लुगा। उता माअोवादीहरु राजाको जुन जिल्लामा भ्रमण हुन्छ त्यही ठाउँ बन्द गर्ने भन्दै कुर्लँदै छन्। तर नेटिभीको समाचार हेर्दा भने मान्छेहरु …..प्राणभन्दा प्यारो छ भन्दै नारा लगाइरहेकै देखिन्छन्।


Arjun Nar shing le aafaile banayeko inspector le giraftar gareko bhayara haseka hun dubaijana.
Comment by Ramesh — September 6, 2005 @ 3:29 am