August 26, 2005

कान्तिपुरलाई कारबाही गर्ने सरकारको तयारी

२०६२ भदौ १० शुक्रबार

संवैधानिक राजतन्त्र लेखिएको सिनो कन्टेनरबाट बोकेर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले बोकेर लाँदै गरेको कार्टुन चित्र प्रकाशित गरेकोमा कान्तिपुर र दि काठमाण्डु पोस्ट दैनिकलाई कारबाही गर्न सरकारले गम्भीर गृहकार्य गरिरहेको जानकारी सरकारका माइक टंक ढकालले दिनुभएको छ।

सूचना विभागमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा मन्त्री ढकालले उक्त जानकारी दिनुभएको भनी सरकारी समाचार एजेन्सी राससले समाचार दिएको छ। उहाँले भन्नुभएको रहेछ- स्वतन्त्रताका नाममा छाडापन भित्र्याउनेप्रति सरकार मूकदर्शक भएर बस्न सक्दैन।

सो कार्य दण्डनीय हुनैपर्छ भन्दै मन्त्री ढकालले आवश्यक कानुनी प्रक्रिया पूरा गरी संविधानअनुरूप सो सञ्चारमाध्यमलाई कारबाही हुने जानकारी दिनुभयो।

संविधान अनुसार भनेपछि चाहिँ मलाई अलि हाँसो उठ्यो। अहिले नेपालमा संविधान छ र ? अहिले त धारा १२७ मात्र छ। धारा १२७ ले नै देश चलिरहेको छ। अब यो धारा १२७ फेरि जे गरे नि हुने खालको पर्‍यो। यही धारा लगाउने हो भने त फाँसीसम्म पनि दिन मिल्छ होला। अब हेरौं शाही सरकारले कस्तो सजाय दिने हो।

यसैबीच आफूहरुलाई पक्राउ गर्ने तयारी सरकारले गरिरहेको जानकारी विश्वस्त सूत्रबाट प्राप्त भएको जानकारी कान्तिपुरका सम्पादक नारायण वाग्ले र काठमाण्डु पोस्टका सम्पादक प्रतीक प्रधानले दिएको भन्दै भारतीय समाचार समिति पीटीआईले समाचार प्रकाशन गरेको छ। पीटीआईको समाचारलाई भारतका प्रमुख पत्रिकाका अनलाइन संस्करणहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन्। समाचारमा पत्रिकाका प्रकाशक हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई पनि कारबाही गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ।


कार्टुन सौजन्यः युडब्लुबी

यो कार्टुन चित्र कलाकार वात्स्यायनले तयार पार्नुभएको हो। गएको आइतबार यो प्रकाशित भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुवै सम्पादकलाई बयान लिएसकेको छ। बयानपछि कान्तिपुरले आफ्नो प्रथम पृष्ठमा स्पष्टिकरण छाप्दै आफ्नो प्रकाशन संवैधानिक राजतन्त्रप्रति प्रतिवध्द रहेको बताएको थियो।

खै कसको पो हो, टिप्पणी सुनेको थिएँ, हाम्रा माइक मन्त्री र सद्दाम हुसेनका सूचना मन्त्री उस्तै हुन् भनी। रमाइलो लागेको थियो। आज यसो खोजेर हेर्दा सद्दामका सूचना मन्त्रीका रमाइला उध्दरण भेटियो। त्यसअघि माइक मन्त्रीका आजका केही उध्दरण है त

- जनता राजालाई कति आस्था र विश्वास गर्छन् र सम्मानित राजसंस्थाप्रति कति आत्मीय छन् भन्ने कुरा श्री ५ को दर्शनभेटका लागि उपस्थित नेपाली नागरिकको अपार भीडले देखाउँछ,

-मुलुकको परिस्थिति हिजो र आज धेरै फरक भइसकेको छ, जनताको म्याण्डेट पाएका छौं भनेर पाँचवर्षपहिले भएको चुनावको आडमा कुरा गरेर बस्ने अवस्था अब छैन

- (न्युयोर्कमा) कोसँग भेट्ने या नभेट्ने भन्ने विषय त्यतिबेलाको समय र परिस्थितिको कुरा हो, अहिले नै टीकाटिप्पणी गर्न खोज्नु प्रायोजित मात्र हो ।

- अधिकांश विद्यार्थीहरूमा शान्तिपूर्ण रुपमा पढ्ने चाहना भए पनि लाखौं रुपैया खर्च गरेर शिक्षण संस्थाहरूमा पेशेवर मान्छे घुसाएर ढुङ्गामुढा गर्न लगाएका सूचना सरकारले पाएको

अब सद्दामका सूचना मन्त्री अल सहाफका चर्चित संवाद -

- बग्दादमा कोही पनि अमेरिकी आक्रमणकारी छैनन्। हामी उनीहरू सबैलाई काट्नेछौ।
- को नियन्त्रणमा छ, उनीहरू केहीको पनि नियन्त्रणमा छैनन्- उनीहरू आफ्नै नियन्त्रणमा छैनन्।
- हामी अमेरिकीहरूदेखि डराउँदेनौँ। उनीहरू मूर्ख हुन्। अमेरिकीहरू सँधै एउटा उपाय अपनाउँछन् जसलाई म मूर्ख गवाँर भन्न रूचाउँछु। म के भन्न चाहन्छु भने आफै परीक्षण गर्नुस्, उनीहरूको झूठलाई नदोहोर्‍याउनुस्।
- म भन्छु, र मेरो भनाइप्रति म आफै जिम्मेवार छु, उनीहरूले बग्दादका पर्खालमा आत्महत्या गर्न थालेका छन्। हामी उनीहरूलाई अझ छिटो आत्महत्या गर्न प्रोत्साहन दिन्छौँ।
- अमेरिकी प्रेस झूठो कुरा गरिरहेको छ १ उनीहरू खाली झूठ, झूठ र अझ झूठ बोल्दैछन्।
- अब त अमेरिकी कमान्ड पनि हाम्रो घेराबन्दीमा परेको छ। हामी उनीहरूलाई उत्तर, पूर्व, दक्षिण र पश्चिमबाट प्रहार गर्दैछौं। हामीले उनीहरूलाई यहाँबाट लखेट्यौँ र उनीहरूलाई घेरामा पार्दैछौँ। उनीहरूले हामीलाई घेरामा पारेका हैनन्।
- म तपाईंलाई तेहोरो ग्यारेन्टी दिन्छु , बग्दादमा कोही अमेरिकी सैनिक छैनन्।
- बेलायत त फाटेको थोत्रो जुत्ताभन्दा नि काम नलाग्ने देश हो।
- अमेरिकी सैनिकहरूलाई स्वागत छ, हामी उनीहरू सबैलाई काट्नेछौं। हामी उनीहरूलाई गोली र जुत्ताले स्वागत गर्नेछौ“।
- हामी नियन्त्रणमा छौँ। उनीहरू पागल भएका छन्। हरूवाहरू, उनीहरू ठानिरहेका छन् कि नागरिकलाई मारी, उनीहरूको भावनालाई भड्काउने प्रयास गरी उनीहरू जित्नेछन्। मेरो विचारमा उनीहरू जित्ने छैनन्, गधाहरू।
- वासिंगटन आफ्ना सैनिकहरूलाई आगोमा होमिरहेको छ।
- त्यो बदमाश बुसले भन्दा त म नै राम्रो अंग्रेजी बोल्न सक्छु।
- छिट्टो आत्मर्समर्पण नगरेसम्म उनीहरू जिउँदै निस्कन पाउने छैनन्।
- बुस जुनियर र उनका गधाहरूको अन्तराष्ट्रिय समूहको हामी हत्या गर्नेछौँ।
- जर्ज डब्लु बुस, यो मान्छे युद्ध अपराधी हो र हामी उसलाई कठघरामा उभ्याउने छौ“।
- संयुक्त राष्ट्रसंघ….. अमेरिकीहरूको पैतालामुनि वेश्यावृत्ति गर्ने थलो।
- अमेरिकीहरू पागल गधा हुन्।
- बुस र रम्सफेल्ड…. जुत्ताले हान्न लायक मान्छेहरू।
- बुस निकै मूर्ख मान्छे हो । अमेरिकी जनता मूर्ख छैनन्, बुद्धिमान छन्। मैले बुझ्न सकेको छैन ती बुद्धिमानीहरूले किन यस्ता मूर्ख राष्ट्रपति चुनेर पठाए।
- अर्को ग्रहमा बस्ने मान्छेले पनि यो कारबाहीको विरोध गर्नेछ।

अब तपाईँ माथिका भनाई र तलका भनाईसित तुलना गर्नुस् वा भन्छन् नि जोडा मिलाउनुस्।

अलिकति सद्दामका सूचनामन्त्रीको बारेमा पनि

‘सूचना शक्ति हो।’
यदि यो भनाईलाई मान्ने हो भने इराक-अमेरिका युद्धमा इराकस“ग एउटा ज्यादै ठूलो शक्ति थियो- सूचना मन्त्री मोहम्मद सइद अल सहाफ। इराकी सरकार हरेक मोर्चामा मात खाइरहेको थियो। अमेरिकी र बेलायती सेनाले बग्दादमा चारैतर्फाट घेरा कस्दै गइरहेको थियो। तर यस्तो नाजुक समयमा पनि उनी दिनहु“ टेलिभिजनमा हिम्मतिला वाक्य बोलिरहेका देखिन्थे, ‘हामीले उनीहरूका अधिकांश सैनिकलाई मारेका छौ“ र यदि उनीहरूले फेरि आक्रमण गरे भने उनीहरू सबैको चिहान यही“ इराकमा कतै खनिने छ। जीत छिट्टै नै हाम्रो पोल्टामा पर्दैछ।’
उनको कलाबाट स्वयं अमेरिका पनि छक्क पर्न बाध्य भएको थियो। झण्डै तीन साता लम्बिएको यो युद्धका क्रममा इराकका तर्फाट स्मरणलायक एउटै दरिलो प्रत्याक्रमणका घटना भएनन्। एउटै विनाशक इराकी क्षेप्यास्त्रको प्रयोग भएन। इराकी युद्धक विमान उड्दै उडेनन्। वास्तवमा यो युद्धलाई इराकी पक्षबाट हेर्ने हो भने सम्भिmन लायक कुरा भनेकै यही अल सहाफको हिम्मतिलो दाबी रह्यो चाहे त्यो गलतै किन नहोस्।
अल सहाफको यही शैलीका फ्यान बनेका अमेरिकीहरूले मिलेर www.welovetheiraqiinformationminister.com अर्थात् हामी इराकी सूचनामन्त्रीलाई माया गर्र्छौं वेबसाइट खोलेका छन्। वेबसाइटका बारेमा दैनिक पत्रिका, रोयर्टस, एपी, सीएनएन र बीबीसी जस्ता संस्थाहरूले समेत समाचार प्रसारण गरेका थिए। जसका कारण त्यसमा दर्शकको संख्या प्रति सेकेण्ड चार हजारसम्म पुग्न गई चारवटा र्सभर क्रायस भई बन्द गर्नुपरेको थियो।

1 Comment »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/08/26/kantipur/trackback/

  1. nirangkus shasakharu bahulauna thaleko ho. euta cartoon bata tarsine lachhiharu kati nai din tiklan bro ?

    Comment by Karna — August 26, 2005 @ 9:36 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.