काँग्रेसले विधानबाट राजतन्त्र हटायो
….तर गिरिजाले निर्णय उल्ट्याउन सक्ने
२०६२ भदौ १३ सोमबार
नेपाली काँग्रेसको हाल जारी केन्द्रीय कमिटीको बैठकले अहिले केही बेरअघि आफ्नो विधानबाट संवैधानिक राजतन्त्र शब्दलाई हटाउने अौपचारिक निर्णय गरेको छ। नेपालको राजनीतिमा काँग्रेसको यो निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ। काँग्रस स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रको पक्षपाती रहँदै आएको थियो। प्रथम जननिर्वाचित वीपी कोइरालाको सरकारलाई राजा महेन्द्रले कू गर्दा पनि काँग्रेस राजतन्त्रको विरुध्दमा खनिएको थिएन।
काँग्रेसले हिजोदेखि बसेको केन्द्रीय कमिटीको बैठकमा यससम्बन्धी छलफल गर्न थालेको हो। बैठकमा अधिकांशले रामचन्द्र पौडेलद्वारा प्रस्तुत विधानबाट राजतन्त्र शब्द हटाउने प्रस्तावको समर्थन गरेका भए पनि शैलजा आचार्य र गिरिजा निकटका नेताहरुले यसको विरोध गरेका थिए। हिजो कुनै सहमतिमा पुग्न नसकेको बैठक आज बिहान पनि सहमतिमा पुग्न नसकेपछि एक पटक स्थगित भएको थियो र पुनः बसेको बैठकले यस्तो निर्णय गरेको हो। शैलजा आचार्यले निर्णयको विरोधमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरेकी छन्।
बैठकले गरेको निर्णयलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उल्ट्याउन पाउने छन्। यसो गर्न पाउने गरी निर्णय गरिएको सूत्रहरुले बताएका छन्। यी पंक्ति लेख्दासम्म बैठक जारी छ। अहिले बैठकले राजतन्त्रको ठाउँमा उपयुक्त शब्द राख्नका लागि शब्दको खोजी भइरहेको बताइएको छ। सेरेमोनियल मोनार्कीलाई काँग्रेसले स्वीकार्ने संभावना बताइएको छ। महाधिवेशनबाट पारित भए पछि मात्र संवैधानिक राजतन्त्र हटाउने निर्णय कार्यान्वयन हुनेछ। (1230pm NST)


“राजा र काँग्रेसको घाँटी जोडिएको छ । ”
- स्व० वी०पी० कोइराला
वी० पी० को उक्त भनाइलाइ नजर अन्दाज गर्दै काँग्रेस भाडिन्छभने अब काँग्रेसको भविश्यलाइ राम राम भन्दिए भयो । सवैलाइ चेतना भया ।
के निहुं पाउं र काँग्रेसलाइ सिध्याउं भनेर वसेका राजाले निहुंका रुपमा उचालेका रामचन्द्रे, नरहरि र गगनको उछ्रिङ्खलतामा सवै लाग्ने हो भने अव नेपालमा पूर्ण गृहयुद्धको सुत्रपात भयो भनेर जान्दा भयो । किनकि तिनिहरुको यो उछ्रिङ्खलताले सवै कार्यकर्तालाइ माववादीसंग मिलेर हतियार उठाउन वाध्य पार्ने छ, अन्यथा विधान संशोधन गर्दैमा राजाले राजगद्दी लुरुक्क छोड्ने होइनन् जसका लागि माववादीको दौतरी वन्दै हतियार भिरेर लड्नु पर्ने पनि हुन्छ साथै यसो गर्न सवैलाइ आव्हान पनि गर्न सक्नु प-यो । के यसका लागि काँग्रेसका सवै कार्यकर्ता र वुद्घिजिवीहरु तैयार छन् त ? सवै काँग्रेसहरुले यसमा एकपटक ठण्डा दिमाग खियाउने हो कि। अहिलेलाइ जय नेपाल ।।।
Comment by किशोर — August 29, 2005 @ 1:46 pm
yo kishor bhanne manchhe girija nai po ho ki? na bhaya sailaja hola.
Comment by xyz — August 29, 2005 @ 2:53 pm
ए राता मकै यो किशोर को घर मा त ज्ञानेन्द्र नै पसोस पारस ले
प्रविन गुरुङ मात्र मारेको थियो । म त आफै माओवादी परे मेरो घर
मा माओवादी पसेर केहि फरक पर्दैन । तेरो घरमा त ज्ञाने पस्दै छ ।
होस गर ।।।।।।
Comment by desbhkta — August 29, 2005 @ 3:47 pm
लहै साथीहो कागले आफ्नो नाम आफै भन्छ भने झैं नरहरि लगायतले उठाएका एजेण्डामा पहलगर्नुभन्दा पहिले काँग्रेसीहरुले एकपटक ठण्डा दिमागले सोच्न आवश्यक छ कि भनेर एउटा मुद्दा यो मंच मार्फत के उठाएको थिएं यसमा समेत माववादी उग्रवादीको घुसपैठ हुनपुग्छ भने यसलाइ तपाइहरुले कसरि लिनुहुन्छ ? त्यसैले कांग्रेसको विधान संशोधनको सवालमा पनि कस्ता कस्ताहरुको स्वार्थहरुले काम गरिरहेको रहेछ भनेर प्रमाणित गर्न यहा धेरै लेखिरहनु आवश्यक मैले देखेको छैन माथि एउटा माववादी उग्रवादीको कमेण्ट पढ्नुनै तपाइहरुको लागि काफी छ । त्यसैले माथि मैले उठाएको सवाल भनेको कांग्रेसी प्रवुद्द्धहरुकोलागि श्रीखण्ड हो भने यस्ता धुसपैठी उग्रवादी हरुका लागि खुर्पाको वींड मात्र भएको हुंदा यस सम्वन्धमा मेरो ज्यादा भन्नु अवलाइ छैन । ल त अहिलेलाइ जय नेपाल ।।।
Comment by किशोर — August 29, 2005 @ 5:04 pm
Kishor jee, ….राजाले निहुंका रुपमा उचालेका रामचन्द्रे, नरहरि र गगन…. R U sure ? how do u know that? Ki Girija sangai tapai pani baulayeko ho? since there are ppl like you in Congress then nothing good can be expected from Nepali Congress. Girija is a BHRASTHA Neta ( SHAME I dont call him neta). ke garyo Girija le bigat ma Nepal lootnu bahek ? Raja le kangress lai 17 saal dekhi Dhoka didai aauda pani kangress ko buddi palayena ajhai ?
Comment by Geman — August 29, 2005 @ 5:31 pm
OH! Nice Comment War! Dear Friends! Why don’t we make the Merosansar is a desk of all Nepalese who can talk freely about our’s VRASTA NETAHARU and MANDALAYA GOV??? So I would like to request to UmeshJe! Could you provide us (To All Nepalese) some space Talk about Country and Situation. Like a Desk..???
HOPE!
Comment by Sajan — August 29, 2005 @ 5:51 pm
Mera pyara Nepali Bhasa janne haru ho ! kripa gare ra yas ‘comment’ blog ma ” AAFNU GYAN RA BUDDI KO AADAN PRADAN GARNU PARY” na ki aaka aarka lai gali galauch gardi ma ramro hunna.
Dhanya Baad, Namaste !!
Comment by Kailash — August 29, 2005 @ 8:13 pm
kati kuro chhaadaa boldaa artha ramrori khulchha, tesaile chhadaa bolne anumati paau.
Kishor le bhane jasto (bastab maa pramaanit gare jasto) ugrabadi ghuspaith le kangres lai ahile satayeko huna sakchha, tara tehan 50 barsha dekhi rajabadi ghuspaith bhayeko kuro Kishor le kina birseko? natra rajale jati laat mare ni kangres kina sadhai rajako GULAA molna matrai khojchha, chhyaa Shailajaa kukurnee, jatisukai naatak gare ni yo manchhe kangres bhitra rajabadi ghuspaithiyaa hoina bhanna sakchha ???? janata bhanda ni chandrashekhar ra durbar maa bharosa garera rajniti gardai jindagi barbaad garin, thuikkka….. Bichara ramchandra, narahari ra gagan le ta raaja le haneko laat ko birudhdhha maa AIYAAA matrai po bhaneko chha, ajhai ganatantra ko kuro kahan gareko chha ra?
Comment by ZZ — August 30, 2005 @ 5:08 am
Kishore, you are really a coward. Today you are afraid of the king Gyanendra because he is stronger than NC for you. Will you polish apples of Man Mohan Singh because India is far more stronger than king Gyanendra ? This is a servile attitude. You cowards are the ones determined finish NC with goodies from the palace.
Comment by karna — August 31, 2005 @ 12:41 am