राजाको अन्तर्वार्ताको पूर्ण विवरण
२०६२ भदौ १४ मंगलबार @ 1206 am NST
सरकारी सञ्चारमाध्यम राससबाट प्राप्त आज प्रसारित राजाको अन्तर्वार्ताको पूर्ण विवरण हेर्ने भए भित्र आउनु होला। [सावधानः यो अन्तर्वार्तामा चाहिने कुरा भन्दा नचाहिने कुरा बढी छन्। चाहिने कुरा खोजेर पढ्न सक्नु तपाईँको खुबी हो। पढ्दापढ्दै निद्रा लाग्न पनि सक्छ। अनि झन्डै साढे १७ हजार क्यारेक्टरको यो अन्तर्वार्तालाई युनिकोडमा परिणत गर्दा हुने गल्तीहरु सच्याउन थाल्यो भने त बिहान हुन्छ। त्यसैले जस्ताको तस्तै राखिदिएको छु। सच्याएर पढ्नु होला] बाँकी
प्रश्नः सरकार, मौसुफबाट सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण सम्पन्न गरिबक्सेको छ, जनताका भावना र चाहना के पाइबक्स्यो -
उत्तरः भावना चाहिँ मैले कस्तो पाएँ भन्देखि थरिथरिको थियो तर चाहना चाहिँ एकै, चाहना चाहिँ शान्ति नै थियो। भावनातिर चाहिँ मैले के पाएँ भन्देखिन कोहीले व्यक्तिगत कुरा गरे, कोहीले जिल्लाको कुरा गरे, कसैले चाहिँ यो पाऊँ, त्यो होस्, यस्तो हुनर्ुपर्छ, यस्तो पनि विचारहरू आ’थ्यो, तर मुख्य कुरा चाहिँ, चाहना चाहिँ सबैको जहाँ गए पनि एउटै थियो- शान्ति, त्यसपछि मात्र विकास।
प्रश्नः सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति पर्ूवाञ्चलको तुलनामा कस्तो फरक पाइबक्स्यो -
उत्तरः साँच्चि नै भन्ने हो भन्देखि देशभरि नै अप्ठयारो स्थिति छ तर हो यता सुदूर र मध्यपश्चिमाञ्चलमा चाहिँ विशेष खालको अप्ठयारोहरू मैले अनुभव गरेँ। त्यो चाहिँ विकटताको कारणले पनि हुन सक्छ, गरिबी पनि एउटा विशेष कारणजस्तो लाग्छ मलाई। राजधानीभन्दा पनि अलि टाढा भएर पनि हो कि ! पूर्वाञ्चलमा चाहिँ अलिअलि छिमेकी राष्ट्रबाट पनि अलिकति प्रभावित पनि छ कि, त्यस्तोजस्तो लाग्यो। यता चाहिँ आतङ्क पनि अलि बढी वा आतङ्कको त्रास अलि, त्यो एउटा अनुभव मैल गरेँ भन्देखि भौगोलिक बनावट यतापटिकोले पनि केही अप्ठयारोहरू अवश्य छ। यही सिलसिलामा कर्ण्ााली अञ्चलकै कुरा गरौँ, कर्ण्ाालीको भूबनावटले नि त्यसलाई हाम्ले हर्ेर्ने दृष्टिकोण नै अर्को हुनर्ुपर्छजस्तो लाग्छ। कर्ण्ाालीमा केही ठाउँ उच्च हिमालमा पनि पर्या’छ भन्देखि केही ठाउँ ‘ट्रान्ज हिमालयन’ मा पनि पर्या’छ। यसलाई हाम्ले केही गरौँ भनेर विचार गर्दाखेरि नि दृष्टिकोण नै फरक हुनर्ुपर्छ। उदार हुनर्ुपर्छ, त्यो सङ्कुचित दृष्टिले हेरेर त्यो हुँदै हुन्न। कतिपय ठाउँ जस्तो डोल्पाजस्तो ठाउँमा कोही पनि पुग्या पनि छैन होला। सरकार त त्यहाँ ‘प्रेजेन्सै’ पनि छ कि छैन, योभन्दा अगाडिको भ्रमणमा पनि म त्यहाँ जाँदाखेरि त्यहाँको मान्छेहरूले भन्थे- उपल्लो डोल्पाबाट आएको भनेर। उनीहरूलाई दुनै आउन सात दिन लाग्थ्यो, दुनै चाहिँ सदरमुकाम र उनीहरू बढ्ता छिमेकी देश चीनको स्वशासित क्षेत्र ‘टिबेट’सँग बढी लेनदेन, आवतजावत चरनको कुरा र कतिले त मलाई त्यस्ता हुम्लाजस्तो ठाउँ देख्दा मलाई के भन्थे भन्देखि हाम्रै देशबाट उनीहरूको जिल्लामा जानुभन्दा सजिलो चीनकै स्वशासित क्षेत्रबाट उनीहरूलाई जानु सजिलो हुन्थ्यो। यताबाट झन् अप्ठयारो छ। यस्ता कुरा पनि हामीलाई सुनाएको हो त्यो ‘टाइम’ मा। त्यसैले पनि मैले अहिले अलि जोडदिइ राखेको, यसपालि तपाईँहरूले पनि विचार गर्नुभयो होला - बाटोमा जोड गरिराख्या’छु मैले। जुम्लासम्म बाटो पुर्याउन सकियो भन्देखिन तर्राईदेखि नै धेरै कुराहरू खुल्दै जान्छन् भन्ने हाम्रो विचार हो। अब यताबाट जाजरकोट पनि पुर्याउने। छिन्चु-जाजरकोट बाटो अहिले चलि पनि राख्या’छ त्यसलाई अझ अर्को एक वर्षलाग्छ कि ! यो वर्षभत्र हुन्न होला भन्ने मलाई योजनाविद्हरूले भनिराख्या छन् तर त्यो बाटो पनि विकट ठाउँबाट र अप्ठयारो भूभागबाट लैजानु पर्या छ तर भइराख्या छ। फेरि जाजरकोट हामीले छिन्चुबाट जोड्न सक्यौँ भन्देखि त्यही बाटो हाम्ले कतै न कतैबाट दुनैसम्म पनि पुर्याउन सकिएला, अनि डोल्पा पनि राष्ट्रिय मूलधारमा जोडिन्छ। सदरमुकामहरूलाई हामीले जसरी भए पनि बाटोबाट जोड्नै पर्छ यसले गर्दाखेरि त्यो आर्थिक कारोबार, मान्छेको आवतजावत त्यो एकतालाई यसले बल दिन्छ। श्री ५ बडामहाराजाधिराजले त्यसै त्यो फूलबारी हुकुमभा’ होइन कति थरिका फूलहरू पनि हुकुम भा’छ। ती सबैलाई जोगाउनु, त्यसलाई सिञ्चित गरेर राख्नु त्यो चाहिँ राजसंस्थाकै काम हो र राजसंस्थाले जहिले पनि गरिराख्ने कुरा हो। फरक अवश्य छ तपाईँले अघि सोध्नुभा’ जस्तै। दर्ुइ ठाउँमा फरक छ तर एउटा कुरा चाहिँ हामीले बिर्सनु हुन्न- जेजस्ता अप्ठयारा भए पनि हामी सबै नेपाली हौँ, नेपालमै बस्नर्ुपर्छ नेपालमै काम गर्नुपर्छ र दैवले चाहेको बेला नेपालमै हामी नाश हुने हो। त्यसैले त्यस्तो विचारले हामी अघि बढयो भन्देखिन राष्ट्रियता, अखण्डता यी कुराहरूलाई बल हुन्छजस्तो लाग्छ र बल पनि दिन्छजस्तो लाग्छ।
प्रश्नः सरकारको भ्रमणकै बेलामा मौसुफबाट विकास र शान्तिका कुरा व्यक्त गरिबक्सेको थियो तर त्यसमा तुलनात्मक हिसाबले हर्ेदाखेरि हामीलाई विकासभन्दा पनि शान्ति चाहियो सरकार भनेर मौसुफसमक्ष निवेदन गरेका छन्। सरकार, यस्तो स्थितिमा यसलाई कसरी लिइबक्सेला -
उत्तरः त्यो जनताको भित्री भावबाट आएको कुरा हो। अहिले त्यसलाई राज्यले पनि प्राथमिकता दिएको कुरा हो। शान्ति भन्ने कुरा झन् कस्तो भन्देखि एउटा विचारको कुरा हो, माने त्यो वातावरणीय शान्तिमात्र भन्ने कुरा होइन मनको शान्ति हुनर्ुपर्छ। मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ। तर अहिले हामीलाई अप्ठयारो केही न केही तत्वहरू, दर्ुभाग्यवश हिंसा फैलाइराख्या’छन्, चन्दा उठाइराख्या’छ रे, आतङ्क भैराख्या’छ रे, त्रसित छन् जनता। त्यसैले यो मलाई त कस्तो लाग्छ भने यो त स्वाभाविकजस्तो भयो। सबैभन्दा पहिले उनीहरूले खोजेको त राति सजिलोसँग सुत्न पाओस्, दर्ुइ छाक खानु पाओस्, आनन्दसँग जसले काम गरिराख्या’छ उनीहरूले शान्तसँग काम गर्न पाओस्। अहिले पनि हामीले सुनिराख्या छ फेरि आतङ्क चाहिँ उद्योगतिर फेरि लक्षित छ रे, यो तुरुन्त रोक्नर्ुपर्छ। यो भाइभाइमा फुट हुँदाखेरि अरूले अवश्य फाइदा लिन्छ यो नेपाली जनताले विचार गर्नुपर्ने कुरा हो। अरूलाई ठाउँ पनि दिनु भएन र आफू पनि संवेदनशील भइकन विचार गरेर यस्ता कुरालाई प्रोत्साहन पनि दिनु हुन्न कुनै क्षेत्रबाट। जति हामी फुटयाजस्तो देखिन्छ उति नै अरूले फाइदा उठाउँछ उठाउँछ, त्यसैले म त के भन्छु भन्देखि जसले बाटो बिराएको छ राष्ट्रिय एकता र राष्ट्रलाई विन्दु बनाएर उनीहरूले सोच गर्न थाल्यो भन्देखि अवश्य कुनै न बाटो आउलाजस्तो लाग्दछ, तर त्यो भन्दैमा एउटा राजनीतिक दृष्टिकोणले उनीहरूले केही खोजेको पहिले थियो भने अहिले त्यो दर्ुभाग्यवश अन्त गयो। एक समय थियो मैले के सुन्थेँ भन्देखि जनताबाटै- आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या’छ, जनताले खोजेको काम गर्न खोज्या’छन् यो के भा छ त - जब त्यो विन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे। पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे। त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा’ होइन। त्यो समयको सरकारहरूले विचार पुर्याउन सकेन कि - नत्र भने केही न केही त्यो समयमा केही गर्दिया भएदेखि अहिले हामी यति खाल्टोमा पर्ने थिएन कि - अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो ‘अड्रेस’ गर्न खोज्या’छौँ। त्यसैले अहिले चाहिँ हाम्ले राष्ट्रलाई नै मिलनविन्दु वा केन्द्रविन्दु बनाएर दृष्टिकोण र विचार गर्न सक्यौँ भन्देखि बाटो अवश्य निस्कन्छ।
प्रश्नः सरकारको भ्रमणकै बेला जनताले यसै सिलसिलामा शान्तिसुरक्षाको कुरा उठाएर विकास निर्माणका निवेदनहरू गरेका छन्, प्रशासनिक ढिलासुस्तीका कुरा उठाएका छन् सरकार र सँगसँगै कतिले त आफ्ना व्यक्तिगत मागहरू पनि राखेका छन् र आशा पनि गरेका छन्, यस सर्न्दर्भमा मौसुफबाट केही निर्देशन बक्स हुन्छ कि -
उत्तरः यसमा सबैभन्दा पहिले त विभिन्न खालका मागहरू छन्, व्यक्तिगत माग पनि हुन्छ, अब त्यो सबै हामी राजधानी फर्केपछि राम्रोसँग केलाएर हर्ेर्नुपर्छ। कोही अवश्य ‘जेनुइन’ नै होला। त्यसलाई हाम्ले विशेष ध्यान पनि दिनर्ुपर्छ। कोही जिल्लासम्बन्धी होला, कोही शिक्षाको छ शान्तिको त हुने भैहाल्यो। अँ, यसमा मलाई लाग्छ कतिपय कुरा राज्यले हर्ेदाखेरि प्राथमिकता दिनर्ुपर्छ त्यो हाम्रो मूल नीतिभित्र वा मूल विचारभित्र पर्या’छ/छैन र कसरी त्यसलाई मूलधारमा ढाल्ने - त्यतातिर लगेर हाम्ले गर्न सक्यो भन्देखिन कतिपय कुरा ‘अड्रेस’ हुन्छ कि जस्तो लाग्छ मलाई। राज्यले अब सबै कुरा गर्न सक्तैन, त्यसैले मैले जहिले पनि जोड दिइराख्या- सहभागिता, जनतासँग सहभागिता हुनुमै मैले जोड दिइराखेको कारण नै यही हो। सरकारले मात्रै सबै कुरा गर्न सक्तैन। आजको युगमा झन् म त के भन्छु भन्देखि गर्नु पनि हुन्न, जनतालाई छोड्नर्ुपर्छ, जनताका प्रतिनिधिहरूलाई छोड्नर्ुपर्छ। उनीहरूले गर्न सक्नर्ुपर्छ तर प्रतिनिधित्वको वा प्रतिनिधिहरू जो प्रतिनिधि मै हुँ भन्नेवालाहरूले पनि जनताको साँच्चिकै प्रतिनिधित्व गर्नुपर्यो। उनीहरूको पीरमर्कालाई केन्द्र बनाउनर्ुपर्छ। उनीहरूले खोजेको, उनीहरूले रोजेको, उनर्को चाहना, उनर्को आकाङ्क्षालाई ठाउँ दिनुपर्यो कि त्यो राष्ट्रिय विचारधारामा कहीँ न कहीँ समावेश होस्। त्यसैले अब सबै कुरा न एक व्यक्तिले गर्न सक्छ न सरकारले मात्रै गर्न सक्छ त्यो, र हाम्ले सबै बिन्तीपत्रहरू लिएका छौँ। कति कुराहरू तपाईँहरू पनि मैसँग हिँडेर रिकर्ड पनि गर्नुभा’छ सुन्नु पनि भा’छ। कत्तिले आफ्नै व्यक्तिगत कुरा, कसैले जग्गा यो भयो कसैले यो पाएन ऊ पाएन भन्ने छँँदैछ। यो सबैलाई राम्रोसँग केलाउनर्ुपर्छ। जुन ‘अप्लिकेबल’ छ र राष्ट्रले गर्न सक्छ त्यो चाहिँ हामी विशेष ध्यान दिने नै छौँ।
प्रश्न ः सरकार, यो सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्र माओवादीबाट बढी प्रभावित क्षेत्र मानिन्छ, तर मौसुफको यो भ्रमण अत्यधिक जनताको सहभागिताका माझमा सम्पन्न भएको पाइयो, यसलाई कसरी लिइबक्स्या’छ -
उत्तरः यसलाई म के भन्छु भन्देखिन र्सवप्रथम म जनतालाई धन्यवाद दिन चाहन्छु। आएकोमा नि कस्तो लाग्यो भन्देखिन मैले पाठ सिकेँ। एउटा त यस्तो गर्मीमा उनीहरूले पनि त्यत्तिकै पसिना चुहाएर पनि मध्य घाममा उभिएर बसेका छन्। बरु हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि। अब अवश्य मैले के सुनेँ भन्देखिन केही तत्वहरूले यसलाई बिथोल्न खोज्या थियो रे। कहीँ न कहीँ उनीहरूले आफ्नो ‘प्रेजेन्स फेल्ट’ गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन्। उनीहरू आएकोमा। एउटा त्यो हो भन्देखि अर्को चाहिँ मैले जनताबाट सिकेको धर्ैय। धर्ैय गरेर उनीहरू आफ्ना राजालाई हर्ेन चाहन्थे। कष्टै गरेर पनि बोल्न पनि चाहेथे मसँग। त्यो पनि मलाई राम्रो लाग्यो। सबैको कुरा सुन्न सक्नर्ुपर्छ, त्यो मीठो होस् या तीतो होस्। तर सुन्नु चाहिँ पर्छ। कति कुरा हामी गर्न सक्छौँ, त्यो गर्नु पनि पर्छ, कति कुरा हामी गर्न सक्तैनौँ होला। यी सब कुरा हामीले जनतामा जाने भनेकै कुरा यो हो। गएपछि तीता पनि मीठा पनि दुइटै सुन्न सक्नर्ुपर्छ र धर्ैयसाथ। त्यो धर्ैय मैले यसपालि जनताबाट सिकेँ। उनीहरू त्यतिबेरसम्म पनि कुरेर बस्या छ, उनीहरूले पनि त्यत्तिकै पसिना काट्या छ यो मौसममा। कतिपय ठाउँमा त मैले उनीहरू, पानीले भिजेको सुन्याथेँ तर हामी पुग्दाखेरि पानी अडिसक्या थियो रे तर जनता त्यहीँ थिए। यस्ता कुराबाट हामीले पाठ सिक्नर्ुपर्छ।
प्रश्नः दर्ुइ घण्टा, साढे दर्ुइ घण्टासम्म पैदल सवारी होइबक्सँदा र सरकारको मुहारबाट पनि पसिना चुहेको जनताले देखेका छन् र जनता पनि आर्श्चर्यचकित भएका छन्। सरकार जुन विचार उनीहरूले प्रेससँग व्यक्त गरेका छन् यसलाई कसरी लिइबक्सेला -
उत्तरः यो त अनौठो प्रश्न भयो। सबभन्दा पहिले म पनि एउटा ‘हृयुमन बिइङ’ हो। ‘हृयुमन बिइङ’ ले ‘हिट’ मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई ‘प्रोडक्टिभ’ पार्ने कि न पार्ने - ‘कन्सट्रक्टिभ’ पार्नु पर्यो र ‘प्रोडक्टिभ’ तिर लाग्नुपर्यो। यो महत्वपर्ूण्ा छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धुलो पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानु परे पनि डाँडा एउटा काट्नै पर्छ, एउटा चढ्नै पर्छ। आफ्नो देश यस्तो भएपछि त्यस्तै लुगा लगाउनुपर्यो। त्यस्तै जुत्ता लगाउनुपर्यो, हिँड्न पनि सक्नुपर्यो। जनताले गर्न सक्छन् भने जनताको राजाले गर्न सक्दैन - म त के भन्छु भने जहाँ नेपाली हुन्छ त्यहाँ राजा हुन्छ र जहाँ राजा हुन्छ त्यहाँ नेपाली हुन्छ। नेपाली राजसंस्थाको विशेषपन यही हो। जनताले जे भन्छन् त्यहीअनुसारले नेपाली राजसंस्थाले आफूलाई ढालिकन चल्ने। त्यो त हाम्रो परम्परा नै हो। अब आजको यो युगमा बाटोघाटो भयो, पिच बाटो भयो रे हाम्रा पर्ुखाहरूको ‘टाइम’ मा त कहाँ पिच बाटो हुन्थ्यो होला - कहाँ मोटरबाट जान पाइन्थ्यो - कहाँ हेलिकोप्टरबाट जान पाइन्थ्यो - घोडा नै चढ्नुपथ्र्यो होला, कि दर्ुइ खुट्टा नै चलाएर हिँड्नुपथ्र्यो होला, तर राजाहरू पुग्या’छन् त जनताकहाँ। त्यसैले यो अप्ठयारो ठान्नु हुन्न। जस्तो जनता छन् त्यहीअनुसारले उनीहरूलाई मान, माया गरेर हिँड्नर्ुपर्छ। राजसंस्थाको विशेषता पनि त्यही हो।
प्रश्नः सरकार, मौसुफको भ्रमणका बेला जनताको जुन उत्साहजनक सहभागिता देखियो, केही तत्वहरूद्वारा दबाबका कारण जनतालाई भेला गराइएको भन्ने आरोपप्रति मौसुफबाट प्रतिक्रिया बक्सन्छ कि -
उत्तरः अब प्रतिक्रिया त के दिने - मलाई त कस्तो लाग्छ भन्देखिन यो प्रश्नको उत्तर त जनतालाई नै सोध्नर्ुपर्छ जो त्यहाँ उपस्थित थिए। उनीहरूलाई नै सोध्यो भन्देखि के त तिनलाई जबर्जस्ती ल्याएको हो कि - आफै स्वतस्फर्ूत आएको हो कि - त्यही जनतालाई सोध्नु नि, राम्रो हुन्छजस्तो लाग्छ, मैले के जवाफ दिने -
प्रश्नः सरकार, मौसुफको भ्रमणका बेला समाजका विभिन्न वर्गसँग प्रत्यक्ष रूपमा कुराकानी गरिबक्सेको छ, बुद्धिजीवीसँग कुराकानी गरिबक्सेको छ, बुढापाका, अपाङ्ग, वृद्धवृद्धासँग कुराकानी गरिबक्सेको छ। शाही घोषणाको समयअगाडि र पछि केही अन्तर पाइबक्स्यो कि -
उत्तरः एउटा कुरा त मैले के अनुभव गरेँ भन्देखिन नेपालीमा आत्मबल बढेको छ, आत्मविश्वास बढेको छ, राष्ट्रियता बढया छ, यो अनुभव यसपालि गरेँ मैले। १९ गतेपछि के पनि सुनेँ भन्देखि सेवाहरूमा केही न केही छरितोपन, केही न केही अवश्य पनि चाँडो भा’छ सुविधा भा’छ तर कोही कोहीले मलाई त्यो फेरि अलि घट्दै पनि जान्छ भनेर सुनाए मलाई। जसले जनता वा जनसेवा गर्ने वर्गहरू हो वा संयन्त्रहरू या राष्ट्रसेवकहरू हो, जस्ले जनसेवा पुर्याएको छैन तिनीहरूलाई म चेतावनी दिन्छु, यो बेला त्यो ढङ्गले हिँड्ने बेला होइन। जनतालाई सुविधा हुनर्ैपर्छ। जनताको काम नै अहिले उनीहरूले गर्नैपर्छ। यो अप्ठयारो त्यो अप्ठयारो भनेर अहिले बस्ने र हिँड्ने समय होइन। यस्ता कुराहरू चाहिँ अब जहाँसुकैबाट होस् र जो सुकैबाट होस् सुशासन भनेको हामीले अठोटै गरिसक्या छौँ केही कुरा त्यस्ता छन् जसमा हामी सम्झौता गर्दैनौँ। एउटा कुरा यो पनि हो। यस्तै कुरा हुनर्ुपर्छ।
प्रश्नः सरकारका भ्रमणका बेला सानासाना बालकदेखि अस्सी/नब्बे वर्षम्मका बुढापाकाहरूले पनि त्यस्तो भिड र घाममा मौसुफको दर्शन गरेको पाइयो। तर कति हामीले सुन्यौँ भने कति जिल्लावासीहरू सरकारको दर्शन गर्न अत्यन्त उत्साहित र लालायित छन्, अनि जसजसले सरकारको दर्शन गर्न पाए ती व्यक्तिहरूले पनि सरकारको यस्तै खालको भ्रमण बारम्बार होइराखोस् भन्ने आशय व्यक्त भएको पाइयो। भावी दिनमा मौसुफबाट अञ्चल र जिल्लाको भ्रमण यसै किसिमले हुँदै जान्छ कि सरकार -
उत्तरः एउटा कुरा त म नेपाल टेलिभिजन, रेडियो नेपाल र राससबाट के भन्न चाहन्छु भन्देखि यो राजालाई जनता भेट्न कहिल्यै पनि अप्ठयारो हुँदैन। जहाँ पनि जुन बखत पनि जनताले बोलाए भन्देखि हामी जान तयार जहिले पनि हुनेछौँ। अब जनताको पीरमर्कालाई कम पार्ने, जनताले भोगेका अप्ठयाराहरूलाई सुल्झयाउन केही सुधार गर्नु परे गर्ने। राजसंस्था कहिल्यै पनि पछि हट्ने छैन। त्यसैले यस्ता भ्रमणहरू मेरो विचारमा हुनु पनि पर्छ र हुने पनि छ।
प्रश्नः सरकार अब एउटा प्रेससम्बन्धी जिज्ञासा राखौँ। मुलुकको वर्तमान परिस्थितिअनुसार सञ्चारमाध्यमहरू कसरी सञ्चालन हुनर्ुपर्छ होला -
उत्तरः सबैभन्दा अप्ठयारो प्रश्न नै यहीजस्तो लाग्यो। त्यसैले मलाई खोकी पनि लाग्यो। म कसरी सञ्चालन हुनर्ुपर्छ, मैले भन्ने मेरो काम होइन यो, तर देशको संवेदनशील परिस्थितिमा जसले दायित्वबोध लिएका छन् तिनीहरू अनुशासित भएर काम गरोस् भन्ने हाम्रो चाहना हो। म फेरि दोहोर्याउन चाहन्छु, यो मैले पहिले पनि भनिसक्या’छु। आतङ्कवादलाई कुनै खालको प्रोत्साहन दिनु हुँदैन। नबिर्र्सौं यो देश अझै पनि कुनै न कुनै किसिमले सङ्कटमा अझ पनि छ। त्यो परिस्थिति निवारण भा’छैन, के त्यो सङ्कटकाल लागेको बेलामा मात्रै यो ‘फोर्थ स्टेट’ चुप लागेर बस्यो, मैले त त्यस्तो ठान्या थिएन, त्यो समय पनि मैले यही कुरा गर्या’थ्यो। आज पनि म यही कुरा गर्छर्ुु अँ, देश अप्ठयारो स्थितिमा छ, यसलाई हामी सबैले बोध गर्नुपर्छ र हाम्रो एउटा त्यही लक्ष्य हुनर्ुपर्छ- यो देशलाई कसरी सबल, शान्त, प्रजातान्त्रिक होस् भन्ने। तलदेखि संसदसम्म प्रजातन्त्र हुनर्ुपर्छ। प्रजातन्त्र हामीलाई चाहिन्छ तर जगमा चाहिँ प्रजातन्त्र बलियो नबनाइकन माथि टाउको मात्र हल्लाएर बस्नु हुँदैन। तलदेखि जगबाट हामीले बलियो बनाउनर्ुपर्छ। घर बनाउँदाखेरि पनि त्यही हो, जग बलियो नभइकन कसरी घर उठ्छ - कुन कुन स्तम्भहरू हो हामीले बलियो बनाउनुपर्ने - त्यसलाई बलियो बनाउनुपर्यो त। प्रजातान्त्रिक स्तम्भहरू कुन हुन् जस्लाई हाम्ले बलियो बनाएर लानुपर्ने - अनि माथि त्यो अडेर बस्छ। यस्तो विचार हाम्रो हुनर्ुपर्छ अनि प्रजातन्त्रको साँच्चिकै माने हुन्छ। साँच्चिकै यहाँ सबै जनताले पनि त्यसको फल लिन पाउँछन्। गीताको सार के - मैले बुझेको एउटै थियोर्-कर्म गर्दै जाने र त्यसको फल नखोज्ने। हामी यसरी जन्मेपछि कुनै न कुनै कर्म त गरिराख्नै पर्छ। त्यसको फाइदा, बेफाइदा यो बाधा आउँछ, यो हुन्छ, त्यो हुन्छ विचार गर्दै हिँडयो भने भन्देखिन लक्ष्यमा कहिले पुग्ने - आज राष्ट्रले एउटा लक्ष्य लिइसक्या’छ। आतङ्कवाद राष्ट्रलाई अमान्य, प्रजातन्त्र कसरी र्सार्थक र परिपक्व बनाउने यो लक्ष्य राष्ट्रले लिएको छ वा हामीले घोषणा गरेको माघ १९ को मूल लक्ष्य नै यही हो। अब बाटो हाम्ले बाटो थरिथरिका लिन सक्छौँ त्यो लक्ष्यमा पुग्नलाई, तर त्यो बाटो हिँड्दा हिँड्दै त्यो मोड आयो भनेर त्यसमै अलमलिकन त्यहीँ अड्क्यो भन्देखिन त्यो लक्ष्यमा कहिले पुग्ने - त्यसरी हामी मोडहरू आउँदैमा जहिले पनि अड्किने त्यो बानीबाट निस्किनु पर्छ। अप्ठयारोहरू त हुन्छ। मलाई त कस्तो लागिराख्या छ भन्देखिन त्यही जोइपोइको कुराजस्तो। दिनका दिन भेट भएपछि ठयाक्कठुक्क केही न केही जहिले पनि भइराख्छ। बिहानदेखि राति भेटेपछि ल न मलाई यो चाहियो एकजनाले भन्यो भन्देखि अर्कोले हैन मैले दिनु सक्तिन भोलि दिउँला, होइन मलाई आजै चाहियो। यस्तो हाम्रो ‘एक्सपेक्ट’ हो। यो चाहिँ जति नजिक भयो यस्तायस्ता कुराहरू हुन्छन्। अहिले मलाई कस्तो लागिराख्या छ भन्देखि राजनीतिक दल र राजाको बीच यस्तै भइराख्या छ। पक्कै पनि तर उहाँहरू तीन/चारवटा कुरामा चैँ स्पष्ट हुनर्ैपर्छ। हामीले पहिले पनि भनिसक्या’छौँ। आतङ्कको बारेमा उहाँहरू स्पष्ट हुनुपर्यो। कसैले सहकार्य गर्ने, कसैले कुरा गर्ने यस्तो चाहिँ कुरा भएन। राजालाई नभन्दिए यो जनतालाई जवाफ दिनुपर्यो यस्तो कुरामा। जनताले खोजिराख्या छ। यहाँ हामी हिँड्दाखेरि जनताले शान्ति शान्ति भनिराख्या छन्, आतङ्कसित त्रसित भइसके। राजनीतिक दलहरू चाहिँ सहकार्य गर्ने रे, कुरा गर्ने रे, यस्तोमा चाहिँ उहाँहरू स्पष्ट हुनुपर्यो। अर्को सुशासन र भ्रष्टाचारको कुरा, उहाँहरू स्पष्ट हुनुपर्यो त्यसपछि यो राजनीतिकरण धेरै कुरामा भएको छ। त्यसमा पनि उहाँहरूको दृष्टिकोण स्पष्ट हुनुपर्यो। कर्मचारीलाई ज्यादै नै राजनीतिकरण भयो भन्ने मैले सुनेँ। त्यसको पनि उहाँहरूले एउटा स्पष्ट धारणा लिएर आउनुपर्यो। अनि वित्तीय अनुशासन, यी चार कुरामा त मैले पहिलेदेखि भनिराख्या छु। एउटा र्सार्वजनिक दृष्टिकोण जनतालाई भन्नुभयो भन्देखि कुरा गर्ने ठाउँ हुन्छ। अगाडि हिँड्ने र पाइला लिने ठाउँ हुन्छ। मेरो तर्फाट म खुला छु। मैले उहाँहरूलाई कहिले पनि म भट्दैन भनेर भन्या छैन। तर केही न केही आधार त हुनुपर्यो। यी कुराहरूमा उहाँहरू स्पष्ट भइदियो भन्देखिन म पनि अहिले जनतालाई जवाफदेही छु। जनतालाई मैले पनि भन्न सक्नुपर्छ तपाईंहरूको नेताले यस्तो भन्या’छ, यो यो कुरामा। त्यो स्पष्ट भयो भन्देखि हामीलाई पनि कुरा गर्न सजिलो हुन्छ।
प्रश्नः अहिलेको परिस्थितिमा केही जनगुनासाहरू छन् सरकार। सरकारको सदिच्छा पूरा हुनलाई अलिक अप्ठयारो पर्छ कि भन्ने सोचाइ पनि राष्ट्रवादीहरूको तर्फाट पनि आइरहेको छ सरकार।
उत्तरः यो मैले पनि सुन्या हो नसुन्या होइन। अब सबैभन्दा पहिले यो राष्ट्रलाई शिरमा राखेर काम गर्न सिक्नर्ैपर्छ हामीले। राष्ट्रलाई नै मुटुमा राखेर अगाडि हिँड्न सिक्नर्ुपर्छ हामीले। अब यो पनि म एउटा परम्पराकै कुरा गरौँ, बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै पालामा पनि उहाँलाई मन परेको मान्छे मन्त्री बनाउन पाइबक्सेन, जनताले नै दिएनन्। हामी पनि त्यही परम्परा राख्नेवाला छौँ। त्यहाँबाट हामी हट्दैनौँ। जनताले भने भन्देखि हामीलाई केही अप्ठयारो छैन। हामीले पनि विचार गरेकै छौँ। यस्तै कुराहरू ती राष्ट्रवादीहरू भन्नेबित्तिकै ओहोदा, पद पाइएन भन्नेबित्तिकै निराश हुनु वा अरूको टीकाटिप्पणी गरेर हिँड्न सुहाउँदैन। धर्ैय भनेको मैले अघि त्यही भन्ने खोज्या हो जनतासँग सिकौँ।
सञ्चारकर्मीः रासस, नेपाल टेलिभिजन र रेडियो नेपाललाई यो भ्रमणको सर्न्दर्भमा जुन जिज्ञासा हामीले राख्न पायौँ र मौसुफबाट केही विचार व्यक्त गरिबक्स्या छ त्यसका लागि हामी मौसुफप्रति कृतज्ञता जाहेर गर्र्छौं सरकार।
श्री ५ः म पनि धन्यवाद दिन चाहन्छु र तपाईंहरूको मेहनतको पनि म कदर गर्न चाहन्छु।


Umesh le 1 line chhutayechha laast maa,
patrakar: dhanyabad dine? Gorkha dakshin bahu nadine? hamile ta GODAWA paaune aasha le po interview liyeko
Comment by ZZ — August 30, 2005 @ 5:24 am
Raja ko neta hune rahar ho bhai yo.
Comment by ashdj,asd — August 30, 2005 @ 6:21 am
all fake think ,
Comment by das — August 30, 2005 @ 6:12 pm
सरकार, मौसुफबाट सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण सम्पन्न गरिबक्सेको छ, जनताका भावना र चाहना के पाइबक्स्यो ?
श्री ५ ः भावनाचाहिँ मैले कस्तो पाएँ भन्देखि थरिथरिको थियो तर चाहनाचाहिँ एकै, चाहनाचाहिँ शान्ति नै थियो । शान्ति भन्ने एउटा केटी हाराएको रहेछ । भावनातिर चाहिँ मैले के पाएँ भन्देखिन कोहीले व्यक्तिगत कुरा गरे, कोहीले जिल्लाको कुरा गरे, कसैले चाहिँ यो पाऊँ, त्यो होस्, यस्तो हुनुपर्छ, यस्तो पनि विचारहरू आ’थ्यो, तर मुख्य कुराचाहिँ, चाहनाचाहिँ सबैको जहाँ गए पनि एउटै थियो- शान्ति, सारै राम्री हुनुपर्छ शान्ति, त्यसपछि मात्र विकास । विकास पनि पक्कै खाइलाग्दो होला ।
सरकारको भ्रमणकै बेलामा मौसुफबाट विकास र शान्तिका कुरा व्यक्त गरिबक्सेको थियो तर त्यसमा तुलनात्मक हिसाबले हेर्दाखेरि हामीलाई विकासभन्दा पनि शान्ति चाहियो सरकार भनेर मौसुफसमक्ष निवेदन गरेका छन् । सरकार, यस्तो स्थितिमा यसलाई कसरी लिइबक्सेला ?
श्री ५ ः त्यो जनताको भित्री भावबाट आएको कुरा हो । अहिले त्यसलाई राज्यले पनि प्राथमिकता दिएको कुरा हो । शान्ति भन्ने कुरा झन् कस्तो भन्देखि एउटा विचारको कुरा हो, माने त्यो वातावरणीय शान्तिमात्र भन्ने कुरा होइन मनको शान्ति हुनुपर्छ । मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ । अब मैले दाइ नमारेको भए मैले पनि सायद यसरी शान्ति शान्ति भनेर खोज्दैनथिएं होला । तर अहिले हामीलाई अप्ठयारो केही न केही तत्त्वहरू, दुर्भाग्यवश हिंसा फैलाइराख्या’छन्, चन्दा उठाइराख्या’छ रे, आतङ्क भैराख्या’छ रे, त्रसित छन् जनता । हामीलाइ त खासै केही भएको छैन त्यसैले यो मलाई त कस्तो लाग्छ भने यो त स्वाभाविकजस्तो भयो । सबैभन्दा पहिले उनीहरूले खोजेको त राति सजिलोसँग सुत्न पाओस्, दुई छाक खानु पाओस्, आनन्दसँग जसले काम गरिराख्या’छ उनीहरूले शान्तसँग काम गर्न पाओस् ।
अहिले पनि हामीले सुनिराख्या छ फेरि आतङ्कचाहिँ उद्योगतिर फेरि लक्षित छ रे, यो तुरुन्त रोक्नुपर्छ । मेरो उद्योगमा पनि दुख दिराखेको छ, तर मेरो ज्वाईको उद्दोग ठिक पार्नको लागि मैले नेपाल टेलिकमलाई डुबाउने प्लान गरेको छु। तंपाइलाई थाहै होला, जनकपुर चुरोट कारखानालाई डुबाएर हामीले कसरी सुर्य टबाकोको उत्थान गरिबक्स्यौ। भाइभाइमा फुट हुँदाखेरि अरूले अवश्य फाइदा लिन्छ यो नेपाली जनताले विचार गर्नुपर्ने कुरा हो । त्यसैले धिरेन्द्र र मैले कहिले पनि कसले कति मूर्ति चोर्यो कसले कति चरेस फुटबलमा कोच्यो भन्ने कुरा कहिले गरेनौ । नेपाली जनताले पनि त्यही सिक्नु पर्यो ।
जति हामी फुटयाजस्तो देखिन्छ उति नै अरूले फाइदा उठाउँछ उठाउँछ, त्यसैले म त के भन्छु भन्देखि जसले बाटो बिराएको छ राष्ट्रिय एकता र राष्ट्रलाई विन्दु बनाएर उनीहरूले सोच गर्न थाल्यो भन्देखि अवश्य कुनै न बाटो आउलाजस्तो लाग्दछ, तर त्यो भन्दैमा एउटा राजनीतिक दृष्टिकोणले उनीहरूले केही खोजेको पहिले थियो भने अहिले त्यो दुर्भाग्यवश अन्त गयो । दाईले मेरो कुरा सुनेनन हामीले सिद्धाइदियो ।
एक समय थियो मैले के सुन्थें भन्देखि जनताबाटै- आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या’छ, जनताले खोजेको काम गर्न खोज्या’छन् यो के भा छ त ? जब त्यो विन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे । पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा’ होइन । हामीले पनि बाबुरामलाई बोलाएर निर्मल निवासमा राखेर स्कच पिलाएको हो नि । उनिहरुलाई सुराउने भित्रि तत्व हामी होइबक्सन्छौ । त्यो समयको सरकारहरूले विचार पुर्याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दिया भएदेखि अहिले हामी यति खाल्टोमा पर्ने थिएन कि ? अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो ‘अड्रेस’ गर्न खोज्या’ छौँ । त्यसैले अहिले चाहिँ हाम्ले राष्ट्रलाई नै मिलनविन्दु वा केन्द्रविन्दु बनाएर दृष्टिकोण र विचार गर्न सक्यौँ भन्देखि बाटो अवश्य निस्कन्छ ।
सरकारको भ्रमणकै बेला जनताले यसै सिलसिलामा शान्तिसुरक्षाको कुरा उठाएर विकास निर्माणका निवेदनहरू गरेका छन्, प्रशासनिक ढिलासुस्तीका कुरा उठाएका छन् सरकार र सँगसँगै कतिले त आफ्ना व्यक्तिगत मागहरू पनि राखेका छन् र आशा पनि गरेका छन्, यस सन्दर्भमा मौसुफबाट केही निर्देशन बक्स हुन्छ कि ?
श्री ५ ः यसमा सबैभन्दा पहिले त विभिन्न खालका मागहरू छन्, व्यक्तिगत माग पनि हुन्छ, अब त्यो सबै हामी राजधानी फर्केपछि राम्रोसँग केलाएर हाम्रो राजपरिवारलाई कति फाइदा हुन्छ हेर्नुपर्छ । कोही अवश्य ‘जेनुइन’ नै होला । त्यसलाई हाम्ले विशेष ध्यान पनि दिनुपर्छ । कोही जिल्लासम्बन्धी होला, कोही शिक्षाको छ शान्तिको त हुने भइहाल्यो । अँ, यसमा मलाई लाग्छ कतिपय कुरा राज्यले हेर्दाखेरि प्राथमिकता दिनुपर्छ त्यो हाम्रो मूल नीतिभित्र वा मूल विचारभित्र पर्या’छ/छैन र कसरी त्यसलाई मूलधारमा ढाल्ने ? रोल्स रोयश हामीले किन्यो भने त्यतातिर लगेर हाम्ले गर्न सक्यो भन्देखिन कतिपय कुरा ‘अड्रेस’ हुन्छ कि जस्तो लाग्छ मलाई । राज्यले अब सबै कुरा गर्न सक्तैन, त्यसैले मैले जहिले पनि जोड दिइराख्या- सहभागिता, जनतासँग सहभागिता हुनुमै मैले जोड दिइराखेको कारण नै यही हो ।
सरकारले मात्रै सबै कुरा गर्न सक्तैन । आजको युगमा झन् म त के भन्छु भन्देखि गर्नु पनि हुन्न, जनतालाई छोड्नुपर्छ, जनताका प्रतिनिधिहरूलाई छोड्नुपर्छ र सबै जनता हाम्रो दास हुनुपर्छ । उनीहरूले गर्न सक्नुपर्छ तर प्रतिनिधित्वको वा प्रतिनिधिहरू जो प्रतिनिधि मै हुँ भन्नेवालाहरूले पनि जनताको साँच्चिकै प्रतिनिधित्व गर्नुपर्यो, जस्तै हामी र हाम्रा सुपुत्र पारस शाहले गर्छौ । उनीहरूको पीरमर्कालाई केन्द्र बनाउनुपर्छ । उनीहरूले खोजेको, उनीहरूले रोजेको, उनर्को चाहना, उनर्को आकाङ्क्षालाई ठाउँ दिनुपर्यो कि त्यो राष्ट्रिय विचारधारामा कहीँ न कहीँ समावेश होस् । उनीहरुले खोजेको हामी सधै गद्दीमा बिराजमान होऔं । त्यसैले अब सबै कुरा न एक व्यक्तिले गर्न सक्छ न सरकारले मात्रै गर्न सक्छ त्यो, र हाम्ले सबै बिन्तीपत्रहरू लिएका छौँ ।
सरकार, यो सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्र माओवादीबाट बढी प्रभावित क्षेत्र मानिन्छ, तर मौसुफको यो भ्रमण अत्यधिक जनताको सहभागिताका माझमा सम्पन्न भएको पाइयो, यसलाई कसरी लिइबक्स्या’छ ?
श्री ५ ः यसलाई म के भन्छु भन्देखिन सर्वप्रथम म जनतालाई धन्यवाद दिन चाहन्छु । आएकोमा नि कस्तो लाग्यो भन्देखिन मैले पाठ सिकेँ । एउटा त यस्तो गर्मीमा उनीहरूले पनि त्यत्तिकै पसिना चुहाएर पनि मध्य घाममा उभिएर बसेका छन् । जनताले हाम्रो लागि पसिना बगाएर नै पारास सरकार हार्ले चडिबक्सन्छ । बरु हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि । सेनाको बन्दुकलेमात्र आएको मान्छे होइन नि उनीहरु । अब अवश्य मैले के सुनेँ भन्देखिन केही तत्त्वहरूले यसलाई बिथोल्न खोज्या थियो रे । कहीँ न कहीँ उनीहरूले आफ्नो ‘प्रेजेन्स फेल्ट’ गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन् । उनीहरू आएकोमा । एउटा त्यो हो भन्देखि अर्को चाहिँ मैले जनताबाट सिकेको धैर्य । धैर्य गरेर उनीहरू आफ्ना राजालाई हेर्न चाहन्थे । कष्टै गरेर पनि बोल्न पनि चाहेथे मसँग । त्यो पनि मलाई राम्रो लाग्यो । सबैको कुरा सुन्न सक्नुपर्छ, त्यो मीठो होस् या तीतो होस् । तर सुन्नु चाहिँ पर्छ । कति कुरा हामी गर्न सक्छौँ, त्यो गर्नु पनि पर्छ, कति कुरा हामी गर्न सक्तैनौँ होला । यी सब कुरा हामीले जनतामा जाने भनेकै कुरा यो हो । गएपछि तीता पनि मीठा पनि दुइटै सुन्न सक्नुपर्छ र धैर्यसाथ । त्यो धैर्य मैले यसपालि जनताबाट सिकेँ । उनीहरू त्यतिबेरसम्म पनि कुरेर बस्या छ, उनीहरूले पनि त्यत्तिकै पसिना काट्या छ यो मौसममा । कतिपय ठाउँमा त मैले उनीहरू, पानीले भिजेको सुन्याथेँ तर हामी पुग्दाखेरि पानी अडिसक्या थियो रे तर जनता त्यहीँ थिए । यस्ता कुराबाट हामीले पाठ सिक्नुपर्छ ।
दुई घन्टा, साढे दुई घन्टासम्म पैदल सवारी होइबक्सँदा र सरकारको मुहारबाट पनि पसिना चुहेको जनताले देखेका छन् र जनता पनि आश्चर्यचकित भएका छन् । सरकार जुन विचार उनीहरूले प्रेससँग व्यक्त गरेका छन् यसलाई कसरी लिइबक्सेला ?
श्री ५ ः यो त अनौठो प्रश्न भयो । सबभन्दा पहिले म पनि एउटा ‘ह्युमन बिइङ’ हो । ‘ह्युमन बिइङ’ ले ‘हिट’ मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई ‘प्रोडक्टिभ’ पार्ने कि न पार्ने ? ‘कन्सट्रक्टिभ’ पार्नुपर्यो र ‘प्रोडक्टिभ’ तिर लाग्नुपर्यो । यो महत्त्वपूर्ण छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धूलो पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानुपरे पनि डाँडा एउटा काट्नै पर्छ, एउटा चढ्नै पर्छ । आफ्नो देश यस्तो भएपछि त्यस्तै लुगा लगाउनुपर्यो । त्यस्तै जुत्ता लगाउनुपर्यो, हिँड्न पनि सक्नुपर्यो । जनताले गर्न सक्छन् भने जनताको राजाले गर्न सक्दैन ? म त के भन्छु भने जहाँ नेपाली हुन्छ त्यहाँ राजा हुन्छ र जहाँ राजा हुन्छ त्यहाँ नेपाली हुन्छ । नेपाली राजसंस्थाको विशेषपन यही हो । जनताले जे भन्छन् त्यहीअनुसारले नेपाली राजसंस्थाले आफूलाई ढालिकन चल्ने । त्यो त हाम्रो परम्परा नै हो । अब आजको यो युगमा बाटोघाटो भयो, पिच बाटो भयो रे हाम्रा पुर्खाहरूको ‘टाइम’ मा त कहाँ पिच बाटो हुन्थ्यो होला ? कहाँ
मोटरबाट जान पाइन्थ्यो ? कहाँ हेलिकप्टरबाट जान पाइन्थ्यो ? घोडा नै चढ्नुपथ्र्यो होला, कि दुई खुट्टा नै चलाएर हिँड्नुपथ्र्यो होला, तर राजाहरू पुग्या’छन् त जनताकहाँ । त्यसैले यो अप्ठयारो ठान्नुहुन्न । जस्तो जनता छन् त्यहीअनुसारले उनीहरूलाई मान, माया गरेर हिँड्नुपर्छ । राजसंस्थाको विशेषता पनि त्यही हो ।
सरकार, मौसुफको भ्रमणका बेला जनताको जुन उत्साहजनक सहभागिता देखियो, केही तत्त्वहरूद्वारा दबाबका कारण जनतालाई भेला गराइएको भन्ने आरोपप्रति मौसुफबाट प्रतिक्रिया बक्सन्छ कि ?
श्री ५ ः अब प्रतिक्रिया त के दिने ? मलाई त कस्तो लाग्छ भन्देखिन यो प्रश्नको उत्तर त जनतालाई नै सोध्नुपर्छ जो त्यहाँ उपस्थित थिए । उनीहरूलाई नै सोध्यो भन्देखि के त तिनलाई जबर्जस्ती ल्याएको हो कि ? आफै स्वतस्फूर्त आएको हो कि ? त्यही जनतालाई सोध्नु नि, राम्रो हुन्छजस्तो लाग्छ, मैले के जवाफ दिने ?
सरकार, मौसुफको भ्रमणका बेला समाजका विभिन्न वर्गसँग प्रत्यक्ष रूपमा कुराकानी गरिबक्सेको छ, बुद्धिजीवीसँग कुराकानी गरिबक्सेको छ, बूढापाका, अपाङ्ग, वृद्धवृद्धासँग कुराकानी गरिबक्सेको छ । शाही घोषणाको समयअगाडि र पछि केही अन्तर पाइबक्स्यो कि ?
श्री ५ ः एउटा कुरा त मैले के अनुभव गरेँ भन्देखिन नेपालीमा आत्मबल बढेको छ, आत्मविश्वास बढेको छ, राष्ट्रियता बढया छ, यो अनुभव यसपालि गरेँ मैले । १९ गतेपछि के पनि सुनेँ भन्देखि सेवाहरूमा केही न केही छरितोपन, केही न केही अवश्य पनि चाँडो भा’छ सुविधा भा’छ तर कोही कोहीले मलाई त्यो फेरि अलि घट्दै पनि जान्छ भनेर सुनाए मलाई । जसले जनता वा जनसेवा गर्ने वर्गहरू हो वा संयन्त्रहरू या राष्ट्रसेवकहरू हो, जसले जनसेवा पुर्याएको छैन तिनीहरूलाई म चेतावनी दिन्छु, यो बेला त्यो ढङ्गले हिँड्ने बेला होइन । जनतालाई सुविधा हुनैपर्छ । जनताको काम नै अहिले उनीहरूले गर्नैपर्छ । यो अप्ठयारो त्यो अप्ठयारो भनेर अहिले बस्ने र हिँड्ने समय होइन । यस्ता कुराहरू चाहिँ अब जहाँसुकैबाट होस् र जो सुकैबाट होस् सुशासन भनेको हामीले अठोटै गरिसक्या छौँ केही कुरा त्यस्ता छन् जसमा हामी सम्झौता गर्दैनौँ । एउटा कुरा यो पनि हो । यस्तै कुरा हुनुपर्छ ।
सरकार अब एउटा प्रेससम्बन्धी जिज्ञासा राखौँ । मुलुकको वर्तमान परिस्थितिअनुसार सञ्चारमाध्यमहरू कसरी सञ्चालन हुनुपर्छ होला ?
श्री ५ ः सबैभन्दा अप्ठयारो प्रश्न नै यहीजस्तो लाग्यो । त्यसैले मलाई खोकी पनि लाग्यो । म कसरी सञ्चालन हुनुपर्छ, मैले भन्ने मेरो काम होइन यो, तर देशको संवेदनशील परिस्थितिमा जसले दायित्वबोध लिएका छन् तिनीहरू अनुशासित भएर काम गरून् भन्ने हाम्रो चाहना हो । म फेरि दोहोर्याउन चाहन्छु, यो मैले पहिले पनि भनिसक्या’छु । आतङ्कवादलाई कुनै खालको प्रोत्साहन दिनु हुँदैन । नबिर्सौं यो देश अझै पनि कुनै न कुनै किसिमले सङ्कटमा अझ पनि छ । त्यो परिस्थिति निवारण भा’छैन, के त्यो सङ्कटकाल लागेको बेलामा मात्रै यो ‘फोर्थ स्टेट’ चुप लागेर बस्यो, मैले त त्यस्तो ठान्या थिएन, त्यो समय पनि मैले यही कुरा गर्या’थ्यो । आज पनि म यही कुरा गर्छु । अँ, देश अप्ठयारो स्थितिमा छ, यसलाई हामी सबैले बोध गर्नुपर्छ र हाम्रो एउटा त्यही लक्ष्य हुनुपर्छ- यो देशलाई कसरी सबल, शान्त, प्रजातान्त्रिक होस् भन्ने । तलदेखि संसद्सम्म प्रजातन्त्र हुनुपर्छ । प्रजातन्त्र हामीलाई चाहिन्छ तर जगमा चाहिँ प्रजातन्त्र बलियो नबनाइकन माथि टाउको मात्र हल्लाएर बस्नु हुँदैन । तलदेखि जगबाट हामीले बलियो बनाउनुपर्छ । घर बनाउँदाखेरि पनि त्यही हो, जग बलियो नभइकन कसरी घर उठ्छ ? कुन कुन स्तम्भहरू हो हामीले बलियो बनाउनुपर्ने ? त्यसलाई बलियो बनाउनुपर्यो त ।
प्रजातान्त्रिक स्तम्भहरू कुन हुन् जसलाई हाम्ले बलियो बनाएर लानुपर्ने ? अनि माथि त्यो अडेर बस्छ । यस्तो विचार हाम्रो हुनुपर्छ अनि प्रजातन्त्रको साँच्चिकै माने हुन्छ । साँच्चिकै यहाँ सबै जनताले पनि त्यसको फल लिन पाउँछन् । गीताको सार के ? मैले बुझेको एउटै थियो- कर्म गर्दै जाने र त्यसको फल नखोज्ने । हामी यसरी जन्मेपछि कुनै न कुनै कर्म त गरिराख्नै पर्छ । त्यसको फाइदा, बेफाइदा यो बाधा आउँछ, यो हुन्छ, त्यो हुन्छ विचार गर्दै हिँडयो भने भन्देखिन लक्ष्यमा कहिले पुग्ने ? आज राष्ट्रले एउटा लक्ष्य लिइसक्या’छ । आतङ्कवाद राष्ट्रलाई अमान्य, प्रजातन्त्र कसरी सार्थक र परिपक्व बनाउने यो लक्ष्य राष्ट्रले लिएको छ वा हामीले घोषणा गरेको माघ १९ को मूल लक्ष्य नै यही हो । अब बाटो हाम्ले बाटो थरिथरिका लिन सक्छौँ त्यो लक्ष्यमा पुग्नलाई, तर त्यो बाटो हिँड्दा हिँड्दै त्यो मोड आयो भनेर त्यसमै अलमलिकन त्यहीँ अड्क्यो भन्देखिन त्यो लक्ष्यमा कहिले पुग्ने ? त्यसरी हामी मोडहरू आउँदैमा जहिले पनि अड्किने त्यो बानीबाट निस्किनुपर्छ । अप्ठयारोहरू त हुन्छ । मलाई त कस्तो लागिराख्या छ भन्देखिन त्यही जोइपोइको कुराजस्तो । दिनका दिन भेट भएपछि ठयाक्कठुक्क केही न केही जहिले पनि भइराख्छ । बिहानदेखि राति भेटेपछि ल न मलाई यो चाहियो एकजनाले भन्यो भन्देखि अर्कोले होइन मैले दिनु सक्तिन भोलि दिउँला, होइन मलाई आजै चाहियो । यस्तो हाम्रो ‘एक्सपेक्ट’ हो । यो चाहिँ जति नजिक भयो यस्तायस्ता कुराहरू हुन्छन् । अहिले मलाई कस्तो लागिराख्या छ भन्देखि राजनीतिक दल र राजाको बीच यस्तै भइराख्या छ । पक्कै पनि तर उहाँहरू तीन/चारवटा कुरामा चैँ स्पष्ट हुनैपर्छ ।
हामीले पहिले पनि भनिसक्या’छौँ । आतङ्कको बारेमा उहाँहरू स्पष्ट हुनुपर्यो । कसैले सहकार्य गर्ने, कसैले कुरा गर्ने यस्तो चाहिँ कुरा भएन । राजालाई नभन्दिए यो जनतालाई जवाफ दिनुपर्यो यस्तो कुरामा । जनताले खोजिराख्या छ । यहाँ हामी हिँड्दाखेरि जनताले शान्ति शान्ति भनिराख्या छन्, आतङ्कसित त्रसित भइसके । राजनीतिक दलहरू चाहिँ सहकार्य गर्ने रे, कुरा गर्ने रे, यस्तोमा चाहिँ उहाँहरू स्पष्ट हुनुपर्यो ।
अर्को सुशासन र भ्रष्टाचारको कुरा, उहाँहरू स्पष्ट हुनुपर्यो त्यसपछि यो राजनीतिकरण धेरै कुरामा भएको छ । त्यसमा पनि उहाँहरूको दृष्टिकोण स्पष्ट हुनुपर्यो । कर्मचारीलाई ज्यादै नै राजनीतिकरण भयो भन्ने मैले सुनेँ । त्यसको पनि उहाँहरूले एउटा स्पष्ट धारणा लिएर आउनुपर्यो । अनि वित्तीय अनुशासन, यी चार कुरामा त मैले पहिलेदेखि भनिराख्या छु । एउटा सार्वजनिक दृष्टिकोण जनतालाई भन्नुभयो भन्देखि कुरा गर्ने ठाउँ हुन्छ । अगाडि हिँड्ने र पाइला लिने ठाउँ हुन्छ । मेरो तर्फबाट म खुला छु । मैले उहाँहरूलाई कहिले पनि म भेट्दैन भनेर भन्या छैन । तर केही न केही आधार त हुनुपर्यो । यी कुराहरूमा उहाँहरू स्पष्ट भइदियो भन्देखिन म पनि अहिले जनतालाई जवाफदेही छु । जनतालाई मैले पनि भन्न सक्नुपर्छ तपाईंहरूको नेताले यस्तो भन्या’छ, यो यो कुरामा । त्यो स्पष्ट भयो भन्देखि हामीलाई पनि कुरा गर्न सजिलो हुन्छ ।
अहिलेको परिस्थितिमा केही जनगुनासाहरू छन् सरकार । सरकारको सदिच्छा पूरा हुनलाई अलिक अप्ठयारो पर्छ कि भन्ने सोचाइ पनि राष्ट्रवादीहरूको तर्फबाट पनि आइरहेको छ सरकार ।
श्री ५ ः यो मैले पनि सुन्या हो नसुन्या होइन । अब सबैभन्दा पहिले यो राष्ट्रलाई शिरमा राखेर काम गर्न सिक्नैपर्छ हामीले । राष्ट्रलाई नै मुटुमा राखेर अगाडि हिँड्न सिक्नुपर्छ हामीले । अब यो पनि म एउटा परम्पराकै कुरा गरौँ, बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै पालामा पनि उहाँलाई मन परेको मान्छे मन्त्री बनाउन पाइबक्सेन, जनताले नै दिएनन् । हामी पनि त्यही परम्परा राख्नेवाला छौँ । त्यहाँबाट हामी हट्दैनौँ । जनताले भने भन्देखि हामीलाई केही अप्ठयारो छैन । हामीले पनि विचार गरेकै छौँ ।
यस्तै कुराहरू ती राष्ट्रवादीहरू भन्नेबित्तिकै ओहोदा, पद पाइएन भन्नेबित्तिकै निराश हुनु वा अरूको टीकाटिप्पणी गरेर हिँड्न सुहाउँदैन ।
धैर्य भनेको मैले अघि त्यही भन्ने खोज्या हो जनतासँग सिकौँ ।
Comment by No Man — August 30, 2005 @ 9:37 pm
Raja le vaneko kura thik chha. Ahile desh ma chahiyekai tei ho. Indian le Maoist lai sanchalan gareko aba clear vaisakeko chha. Pahila red corner notice ma pareko lai kina nasamayeko vanda India le India ma chhaina vanthe tara kehi samaye agadi india ko khufia agent le nai Maoist ra Nepali leader ko meeting arrange gare bata aba kura bujhna garo hundaina hola. Tesmathi pani Baburam lai gareko karwahi firta garna India le pressure gareko vanne Prachanda ko tape bata aaunu ani tesko lagatai Baburam ko karwahi fukuwa hunu bata yo bisaya ajhai prasta vayeko chha. Teti sabai thaha hunda hundai pani bideshi ko interest ko lagi afno daju vai lai marne haru sangai ghati jodna jane lai karwahi garnai parchha. Afu corruption bata bachna bideshi ko gulami garne lai chhodnu hundaina.
Democracy chahinchha tara Desh ko Swaviman ra swatantrata vanda thulo rajniti huna sakdaina. Paila Desh surachhit hunu paryo ani ballla democracy establish huna sakchha.
Comment by Kurako Kura — August 30, 2005 @ 9:54 pm