August 31, 2005

अमेरिकामा राजावादीहरुबीच घम्साघम्सी

[ यो समाचार न्युयोर्कबाट मेरो संसारका लागि प्राप्त भएको हो]
राजाको न्युयोर्क आगमन जति जति नजिकै जाँदै छ त्यति त्यति नै न्युयोर्क तथा डीसीमा बस्ने राजावादीलाई मान्छेहरु कसरी स्वागतका लागि भेला गर्ने भनेर हम्मेहम्मे भएको छ। त्यतिमात्र हैन, राजाको स्वागतका लागि भनेर १ सय ५२ सदस्यीय टोली गठन गर्ने भनेर कस्सिएकाहरुले ५० को संख्यामा पनि नाम पुर्‍याउन सकेका छैनन्। बाँकी

न्युयोर्कका शेर्पाहरु लाक्पा रेन्जी, उर्गेन शेर्पा, छेवाङ शेर्पा लगायतका केही व्यक्तिहरु निक्कै हौसिएर लागेका छन्। त्यसो त न्युयोर्कका नेत्रलाल श्रेष्ठ, श्रीप्रसाद पराजुली, एमालेको अनुशासन कारवाहीमा परेर अमेरिका हानिएका युवराज गुरुङ छन् भने डीसीमा रहेका पञ्च दीलनाथ गिरीको नाम संयोजकमा राख्न खोजिएकोमा शेर्पाहरुले विरोध जनाएका छन्।

तिब्बतियनहरुलाई भेला गरेर राजाको स्वागतका लागि भीड जम्मा गर्न लागि पर्ने हामी संयोजक बन्ने बेलामा भने गिरीहरुको नाम त्यो हुनै सक्दैन भनेर न्युयोर्कका शेर्पाहरुले विरोध जनाएका छन्।

ज्ञानेन्द्रको नजिक हुने कुरामा पछि पो परिने हो कि भन्दै डीसीमा रहेका राजावादीहरु दिलनाथ गिरी तथा गोविन्द गिरीहरु अगस्ट २८ तारिख हानिएर न्युयोर्क पुगेर आफ्नो उपस्थिति जनाएका छन्।

अमेरिकामा राजालाई के आधारमा स्वागत गर्ने भनेर अलमलमा परेका राजावादीहरुले हिन्दू महासंघका तर्फबाट स्वागत गर्नका लागि भरत केशरीहरुले हाल अमेरिकामा आफ्नो छोरा भेट्न आइपुगेका विश्व हिन्दू परिषद्का सदस्य गोपालकृष्ण खरेललाई राजाको स्वागतार्थ लागि अर्‍हाएका भए पनि खरेल अमेरिकामा राजाका लागि आफूले राजालाई फकाएर प्रजातन्त्र फिर्ता देऊ मात्र भन्न सक्ने तर आफू अमेरिकामा घुम्न आएकाले अरु केही गर्न नसक्ने भन्दै पन्छिन खोजेका छन्। डीसी क्षेत्रका हिन्दू महासंघसँग आफूलाई सम्लग्न बताउने अध्यक्ष अच्युत श्रेष्ठलाई खोजी गरिएको भए पनि श्रेष्ठ विगत चार पाँच महिनादेखि नेपालमै भएकाले त्यसका लागि समेत उनीहरुले मान्छे पाउन सकेका छैनन्।

त्यसो त त्यही मौका पारेर केही भरतकेशरीका समुहहरु शान्तिको कलश बोकेर न्युयोर्क पनि उपस्थिति हुने भएका छन्।
त्यतिमात्र हैन न्युयोर्कमा राजाको लागि स्वस्ती शान्ति पाठका लागि डीसीस्थित पशुपति बुद्ध मन्दिरका पुजारीलाई आग्रह गरिएको भए पनि उनले आफू न्युयोर्क जान नपाउने जानकारी दिएका छन्।

उता स्वागतार्थ खटिएका शेर्पाहरुले भने यो राजाको विरोध गर्नेहरु भनेका सबै बाहुन क्षेत्री र पहाडेहरुमात्र हुन् त्यसैले हामी शेर्पाहरुले राजाको र्समर्थन गर्नुपर्छ भन्दै सोझा साझा तिब्वतीयनलाई मात्र हैन न्युयोर्कमा रहेका भूटानी शरणार्थीहरुलाई पनि राजाको स्वागतका लागि आमन्त्रण गर्न पुगेका छन्।

ती भूटानीहरुले राजाको स्वागत गर्ने कुरा हामीसित नगर हामी त्रि्रा राजालाई कालो झण्डाले भने स्वागत गर्न तयार छौं भनेर फर्काइदिएका छन्।

त्यसो त अहिले आएर शेर्पाभित्रै पनि राजाको स्वागत गर्ने कुरालाई लिएर आपसमा बैमन्यश्यता कायम हुन पुगेको छ र सोझा शेर्पा जातिलाई केही राजाका चम्चाहरुले उचालेर अगाडि सारेकोमा उर्गेन शेर्पाले भने विरोध जनाउँदै सो आयोजक समितिलाई नै बहिस्कार गरिदिएको समाचार छ।

उता राजाको विरोध गर्नका लागि कसिएर लागेका लोकतन्त्रप्रेमी नेपालीहरुले भने सेप्टेम्बर १६ तारिख शुक्रबारका दिन राष्ट्रसंघीय भवन अगाडि भेला हुन र लोकतन्त्रप्रति आफ्नो समथर्न देखाउनका लागि भनेर न्युयोर्कका आनन्द विष्ट, संजय पराजुली, शैलेस श्रेष्ठ, मृदुला कोइराला, वेद खरेल, मोहन ज्ञवाली, प्रमोद सिटौला, मिङ्मा शेर्पा, काजी शेर्पा, रिङझिङ शेर्पा लगायतका अधिकांश जनजाति समुदायसमेत लोकतन्त्रको पक्षमा दरो उपस्थिति जनाउनु पर्छ भन्दै लागिपरेका छन्। उनीहरुले विगत दुई सातादेखि ज्ञानेन्द्रको विरोधमा उपस्थिति होऔं भन्दै पर्चा वितरण गर्दै आइरहेका छन्।

त्यसो त राजावादीहरुमा धेरै शेर्पाहरु छन् भन्ने हौवा हाल राज्यमन्त्री रहेकी यांकिला शेर्पाका भाइभतिजहरुमात्र परिचालन भएको थाहा भएको छ। राजाको स्वागतार्थका लागि भनी न्युयोर्कस्थित मिसनले २० हजार डलर दिइसकेको छ भने अन्य रकम भने आफूआफूले १५ सय डलरसम्म दिने र ज्ञानेन्द्रसँग बसेर रात्रिभोज खाने, तस्वीर खिच्ने भन्दै राजावादीहरुले केही शेर्पाहरु र सोझा साझा अन्य नेपालीहरुलाई ठग्न थालेका छन्।

राजावादीहरुले बल्लतल्ल न्युयोर्कस्थित पेन्सिलभेनिया होटलमा सेप्टेम्बर १६ तारिखका दिन दिवाभोजका लागि होटल बुक गर्न पुगेका छन्।

राजावादीहरुको ईमेल प्रचार
From: Felicitation Committee felicitationcommittee@yahoo.com
>Subject: Invitation!!!
>Date: Mon, 29 Aug 2005 20:11:31 -0700 (PDT)
>
>Dear friends,
>
>US-Nepalese Felicitation Committee invites all Nepalese and friends of
>Nepal to honor Their Majesties King Gyanendra and Queen Komal at a public
>felicitation program to be held on September 17, 2005 (Saturday), 11: 30
>am, at Pennsylvania Hotel, 401, 33rd Street, 7th Ave., Floor-18, in front
>of Penn Station and Madison Square Garden.
>The Committee wishes you to invite your friends as well.
>
>Thank you.

4 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/08/31/news-from-new-york/trackback/

  1. Gynendra ko k kam ra usalai well come garnu paryo,baru bahiskaar garnu parchha hai sathi ho.kalo jhanda dekhaunu parchhha gyne lai.

    Comment by kp — August 31, 2005 @ 9:46 am

  2. Hami chhnai gyane lai kalo ghandha dekhauna aafai self generated bhayera newyourk jadaichhnu. d.c. bata.
    terima tokne****

    Comment by ABC — September 1, 2005 @ 8:42 pm

  3. sale hatyaro ***** ratna park ko chour ma nangai banayera karodou janta ko agadi nango jhar banaunu pachhi hatnu hudaina sathihousko daju ta mari diyo bhane janta k thulo bhayo ra uslai.

    Comment by prem pun — September 1, 2005 @ 9:56 pm

  4. Panchayat le manange harulai prayog gare. rajabadi harule sherpa haru lai prayog gardaichha.

    Comment by sherpa — September 3, 2005 @ 5:05 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.