September 30, 2005

अडियो ब्लगः दानवरुपी मनुष्यलाई अ‍ोराल्नुपर्छ सिंहासनबाट

२०६२ असोज ६ शनिबार
पछिल्लो पटक कीर्तिपुरमा भएको नागरिक सभामा कवयित्री इन्दिरा दाहालले वाचन गर्नुभएको कविता सुन्नका लागि यहाँ क्लिक गर्नुहोला[MP3 Format, 492 KB, Length 4:06] कविताको लिखित स्वरुपका लागि भित्र आउनुहोला…… (more…)

साथीहरु, म बहुलाएछु !

२०६२ असोज १४ शुक्रबार
अहा…आज पहिलो पटक ब्लग गरेको स्वाद पाउँदैछु। आलोचना सुन्न पनि रमाइलो नै हुने रहेछ। आज कमेन्ट लेख्ने एक मित्रले मलाई बहुलाएको आरोपमात्र लगाएनन्, देश बिग्रनुको कारण नै म जस्तो व्यक्तिहरुले गर्दा हो रे। अनि अन्त्यमा अझै यस्तै कुरा लेख्न जारी राखे स्वर्गमा भेटौंला भनी धम्की पनि दिएका छन्। आईपी एड्रेस ट्र्याक गरी हेर्दा उनले कुबेतबाट यो पठाएका रहेछन्। मलाई यो बारेमा स्पष्टिकरण दिने रहर छैन। बरु विरोधी विचारकाहरुले पनि मेरो ब्लग पढ्न थालेकोमा उल्टै खुसि लागेको छ। (more…)

अडियो ब्लगः जंगबहादुरको कुकुर

२०६२ असोज १४ शुक्रबार
अर्जुन पराजुलीको नाम मेरो संसारका नियमित पाठकहरुका लागि नौलो हैन। उनका चोटिला कविताहरु तपाईँले यसअघि पनि अडियो ब्लगमा सुनिसक्नुभएको छ, पढिसक्नुभएको छ। आज म उनका दुई कविता अडियो ब्लग र टेक्स्टमा पनि प्रस्तुत गर्दैछु। यी कविता उनले गत सोमबार कीर्तिपुरमा भएको नागरिक सभामा सुनाएका हुन्। त्यहाँ उनले अधिकांश पुराना कविता सुनाएका थिए। यी चाहिँ नयाँ हुन्। एउटा अर्को जंगबहादुरसितको भेट शीर्षकको मलाई राम्रो लागेको कविता पछि प्रस्तुत गर्नेछु। आजलाई यी दुई कविता एउटै ब्लगमा। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [337 KB, MP3 Format] कविताको पूर्ण विवरणका लागि भित्र आउनुस्। (more…)

अडियो ब्लगः झासँ गोली झासँ

२०६२ असोज १४ शुक्रबार
कीर्तिपुरमा गत सोमबार आयोजित नागरिक सभामा रामकृष्ण दुवाल, वीरप्रसाद धन्सारी, दीलिप महर्जन र रानीशोभा महर्जनले झासँ गोली झासँ अर्थात् आइज गोली आइज भन्ने नेपालभाषाको गीत सुनाएका थिए। नेपालभाषा कै गीत भए पनि भाषा नबुझ्नेहरुले समेत झासँ झासँ भनी चिच्याए र ताली बजाएर साथ दिएका थिए। सोही गीतलाई यहाँ मैले अडियो ब्लगका रुपमा प्रस्तुत गरेको छु। गीतका रचयिता उनै कवि अर्जुन पराजुली हुन्। यसमा सुरुका केही अंश नेपालीमा पनि छन्। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [750 KB, MP3 format]

September 28, 2005

भारतीय नेताहरुमाथि ढुंगामुढा

Filed under: Breaking News

२०६२ असोज १२ बुधबार
राजा र राजाका मन्त्रीहरुले देशमा विदेशी चलखेल बढेको आरोप लगाइरहेका बेला नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐक्यवध्दता जनाउन आज काठमाडौं आएका भारतीय नेताहरुलाई सहायक मन्त्री निक्षशमशेर राणाको देशभक्त संघ नेपाल नामको मण्डलेहरुको जमातले ढुंगामुढा र कालो झण्डा देखाएको खबर छ। ढुंगामुढाबाट खासै क्षति भने भएन। भारतीय नेताहरु आएपछि देशमा वैदेशिक हस्तक्षेपको विषयमा लामै र चर्काचर्की बहस हुने निश्चित देखिएको छ। अझ ती नेताहरुले सात दलको विरोध प्रदर्शनमा सहभागी भई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। विदेशी हस्तक्षेप र राष्ट्रियताको कुरा उठेपछि कुनै पनि पार्टीले भारतीय नेताहरु आफूहरुको निमन्त्रणामा नआएको, उनीहरु स्वेच्छिक रुपमा आएको बताउन थालेका छन्। तर प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका नेताहरुको पहलमा उनीहरु नेपाल आएका हुन्। यसैबीच भारतीय नेताहरुले आज साँझ साढे पाँच बजे ठमेलको होटल मनास्लुमा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित भेट गर्दैछन्। आज आएका भारतीय नेताहरुमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरी ,काँग्रेस आईका सांसद रविशंकर साहु , भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डी राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व सांसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डी पी त्रिपाठी रहेका छन्। भारतीय सरकार र राजनीतिलाई प्रभावमा पार्न सक्ने यी नेताहरु सत्तासीन दल र विपक्षी दलसँग सम्बद्ध छन्।

अडियो ब्लगः श्रीपेच फुकालेर आउनु पर्छ

२०६२ असोज १२ बुधबार
श्रीपेचको कुरा गर्दा नागरिक सभामा कृष्ण पहाडीले भनेको कुरा याद आउँछ। उनले भनेका थिए, श्रीपेचको श्री हराइसक्यो, “अब खिया लागेको पेच मात्र बाँकी छ।” यो अडियो ब्लग कवि स्नेह सायमिको कविताको हो। यसलाई सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। [371 KB, MP3 Format ] अडियो सुन्न नसक्नेहरुका लागि र टेक्स्ट हेर्दै सुन्नका लागि मैले यो कवितालाई पनि डिजिटल रुपमा उतारेको छु। कविताको पूर्ण विवरणका लागि भित्र आउनुहोला। (more…)

September 27, 2005

अडियो ब्लगः त्यो गन्हाउने बोको

२०६२ असोज ११ मंगलबार
सोमबार कीर्तिपुरमा आयोजित नागरिक सभामा मलाई सबैभन्दा रमाइलो लागेको नयाँ कवि दामोदर रेग्मीको कविता। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [429 KB, MP3 Format] यसलाई रेकर्ड गर्ने क्रममा प्राविधिक कारणले बीचका केही अंश छुटेका छन्। अडियो ब्लग सुन्न नसक्नेहरुलाई कविता पढ्न सजिलो होस् भनी भित्र राखेको छु। कृपया प्रतिक्रिया लेख्न नभुल्नुहोला। (more…)

September 26, 2005

यसरी पराजित गरियो प्रतिगमन र प्रतिगमनका मतियारहरुलाई

२०६२ असोज १० सोमबार

आज कीर्तिपुरमा भएको नागरिक सभामा सबैभन्दा पहिले प्रस्तुत गरिएको थियो, सर्वनामको पर्खाल शीर्षकको यो प्रतीकात्मक नाटक। नाटकको फोटो फिचरका लागि भित्र आउनुहोला। (more…)

ऐतिहासिक कीर्तिपुर नगरीमा विशाल नागरिक सभा

२०६२ असोज १० सोमबार
Image Hosted by The Image Hosting
काठमाडौंका रत्नपार्क, बानेश्वर र बसन्तपुर अनि ललितपुरको मंगलबजारपछि लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले आज ऐतिहासिक कीर्तिपुर नगरीको नयाँ बजार सडकमा विशाल सभाको आयोजना गर्‍यो। मंगलबजारको सभामा जस्तो अल्छिलाग्दो भाषण र सुस्त प्रस्तुति यस पटक देखिएन र उपस्थिति पनि घटबढ भएन। कार्यक्रमले सुरुदेखि नै सबैलाई पछिसम्मै बाँधेर राख्नसक्यो। तर साँझ ६ बजिसक्दा पनि कार्यक्रम नटुंग्याएर टाढा फर्कनु पर्ने सहभागीहरुको समस्यालाई बेवास्ता गरेका कारण सभापतिको मन्तव्य व्यक्त हुने बेलासम्म भने थोरैमात्र त्यहाँ थिए। (more…)

September 25, 2005

गरिबहरुले यसरी नै मर्नुपर्ने हो त ?

२०६२ असोज ९, आइतबार
आज पनि राजनीतिका समाचारहरु छन्। केही महत्त्वपूर्ण समाचार पनि छन्। माअ‍ोवादीको एकपक्षीय युध्दविरामका बीच सुरक्षा कारबाहीमा ८ माअ‍ोवादीको मृत्यु भएको खबर पनि छ। तर मलाई आज सबैभन्दा मुटु छुने समाचार भने यही भयो, अस्पताललाई बुझाउने पैसा नभएपछि एउटी सुत्केरी महिलाले दश दिनको शिशुलाई छोडेर पाटन अस्पतालको छतबाट हाम्फाली आत्महत्या गरेको। (more…)

राजनीतिक चलचित्रहरुमा शाही सरकारको प्रतिबन्ध

सरकारको आँखा अब राजनीतिक विषयवस्तुमा बनेको चलचित्रहरुमा पनि पर्न थालेको छ। भारतको इन्डो एसियन न्युज सर्भिसको समाचार अनुसार हाम्रो सरकारले विभिन्न चलचित्रहरुको प्रदर्शनमा रोक लगाएको छ। ती मध्ये तुलसी घिमिरेको बलिदान, नारायण पुरीको आगो र गणेशमान सिंह प्रतिष्ठानद्वारा निर्मित वीर गणेशमान अनि प्रकाश सायमीको हतियार रहेका छन्। (more…)

September 23, 2005

राजाको ललितपुर भ्रमणमा यस्तो पनि भयो…

२०६२ असोज ७ शुक्रबार
राजाको हिजोको ललितपुर भ्रमणका क्रममा देखिएका केही रमाइला केही नरमाइला कुराहरुलाई यस ब्लगमा समेट्ने कोशिश मैले गरेको छु।
- बिहानैदेखि भ्रमणका कारण ललितपुर ठप्प थियो। सुरक्षा कडा थियो अनि सवारी साधन चलाउने अनुमति थिएन।

- भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन कि किन हो, उपत्यकाका अधिकांश स्थानमा ल्यान्डलाइन टेलिफोनमा डायल टोनसमेत नआउने र मोबाइल वन वे भएको थियो। बाँकी (more…)

September 22, 2005

अडियो ब्लगः राजालाई कस्ता-कस्ता कुरा सुनाइयो ?

२०६२ असोज ६ बिहीबार
आजको राजा-रानीको भ्रमणका क्रममा राजा र रानीलाई सर्वसाधारणले के-कस्ता बिन्ति चढाए, त्यसको बारेमा हो यो अडियो ब्लग। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। यसमा सुरुमा रानीले केही स्कूले बालिकासँग कुरा गरेको सुनिन्छ। रानीले आज स्कूलमा गएर विदा भनिदिनू भनी उनीहरुलाई पाठ पढाउँछिन‌्। त्यसपछि राजालाई एक अर्की स्कूले बालिकाले राम्ररी पढ्न पनि पाइनँ, सँधैको अशान्तिले गर्दा घर पनि जान पाउँदैन राम्रोसँग भनी रुन्छिन्। अर्कोमा फेरि एक जनाले जनताले खान पनि पाएको छैन सुरक्षामा मात्र खर्च भइरहेको छ भन्दा राजा त्यसलाई बेवास्ता गर्दै “बुझेँ बुझेँ” भन्दै अगाडि बढ्छन्।
[राजाको भ्रमणका क्रममा देखिएका रमाइला कुराहरुका बारेमा एकैछिन पछि अर्को ब्लग गर्दैछु]

अडियो ब्लगः राजाले के बोले ?

२०६२ असोज ६, बिहीबार
राजाले आज के बोले ? सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। [1.1 MB, MP3 Format]
राजाको बोलीमा व्याकरणको गल्तीलाई पनि ध्यान दिएर सुन्नुहोला। एक ठाउँमा राजाले प्रकारलाई “परिकार” भनेका छन्। त्यसैगरी प्रदूषणरहित भन्नुपर्ने ठाउँमा ‘प्रदूषितरहित’ भनिएको छ। अरु गल्तीहरु भेट्टाउनु भए त्यसलाई कमेन्टमा लेख्नुहोला।

राजाले दलहरुलाई गाली गरे

विदेशीको पैसामा नचाहिँदो गतिविधि भइरहेको आरोप
२०६२ असोज ६, बिहीबार
अघि बिहान मैले लेखे जस्तै गरी राजाले आज ललितपुर भ्रमणका क्रममा दलहरुलाई चुनौतिमात्र हैन, गाली पनि गरेका छन्। विदेशीहरुले पैसाको खोलो बगाएर राजधानीमा नचाहिँदो गतिविधि गराइरहेको आरोप राजाले लगाएका छन्। बाग्मती अञ्चलका मनोनीत जिविस सभापति तथा उपसभापतिहरुलाई निर्देशन दिने क्रममा राजाले राजधानीको वातावरणमात्र हैन राजनीति पनि प्रदूषित भएको आरोप लगाए। आजको भीड देखेर राजा मख्ख परेका थिए। आजको उपस्थिति बढी प्रभावशाली छ भन्दै राजा मख्ख परे। राजा थापाथली पुलदेखि बिहान १०४० बाट ५ घण्टा पैदल सवारी भएको थियो। यस क्रममा राजाले ठाउँठाउँमा प्रत्यक्ष कुरा गरी केहीलाई त अटोग्राफ पनि दिएका थिए। राजाले दलहरुलाई गरेको गालीको अडियो अहिले केही छिनमा नै अपलोड गर्दैछु। माथि अपलोड भइसक्यो। फोटोको लागि भित्र जानुहोला। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.