२०६२ भदौ १७ शुक्रबार
काँग्रेस कस्तो पार्टी रहेछ, मैले त बुझ्नै सकेको छैन। काँग्रेसमा विचार हैन व्यक्ति हावी हुन्छ कि ? काँग्रेसका कार्यकर्ताहरु विचार हैन, व्यक्तिका पछाडि लाग्ने हुन् कि? आज काँग्रेसको महाधिवेशनमा भएको निर्वाचनको परिणाम हेर्दा त्यस्तै लाग्यो। आफ्नो विचार भनेको केही नभएका खाली गिरिजाको कुराको समर्थन गर्दै हिँड्ने सुशील कोइराला सबैभन्दा बढी ९३९ मत ल्याउने उम्मेदवार रे। अनि डाक्टरी छाडेर राजनीतिमा उत्रिएका अर्का कोइराला डा. शशांक ८८० मतसहित तेस्रो स्थानमा रे । अनि गिरिजापुत्री सुजाताको त झन् के कुरा गर्नु ! वरिष्ठ नेतृ शैलजा आचार्यलाई समेत उनले १२७ मतले जिते। बिचरी शैलजालाई सार्है चित्त दुखेछ र राजीनामा दिइन् नवनिर्वाचित पदबाट। त्यसो त उनको संवैधानिक राजतन्त्रलाई पार्टीको विधानबाट हटाउन नहुने उनको विचारको वास्ता नभएकोले पनि उनलाई चित्त दुखेको होला। कहिले पार्टी शुध्दिकरणका लागि भनी अनसन बस्ने कहिले के- कहिले के गरेर चर्चामा आइरहने शैलजाले फेरि नयाँ नाटक देखाइन्, निर्वाचित भएको घोषणा भएको केही घण्टामा नै राजीनामा दिएर। बाँकी (more…)