September 3, 2005

युध्दविरामको समाचार सरकारी सञ्चारमाध्यममा “ब्ल्याकआउट”

२०६२ भदौ १८ शनिबार

शान्तिको कुरा गरेर नथाक्ने वर्तमान सरकारले आफ्नो नियन्त्रणमा रहेको सञ्चारमाध्यममा शान्तिको ढोका खुल्ने गरी माअ‍ोवादीले गरेको एकपक्षीय युध्दविरामको समाचार ब्ल्याकआउट गरेको छ। यो भन्दा हाँसउठ्दो कुरा अरु के हुनसक्छ ? म युध्दविरामप्रति सरकारको आधिकारिक प्रतिक्रियाका लागि नेपाल टेलिभिजन हेर्दै थिएँ। तर राति ८ बजेको प्राइम टाइम बुलेटिनमा मुख्य समाचार यस्ता थिए….. बाँकी (more…)

माअ‍ोवादीद्वारा एकतर्फी युध्दविरामको घोषणा

Filed under: Breaking News

२०६२ भदौ १८ शनिबार @ 12:45 NST
नेकपा माओवादीले आज शनिवार भदौ १८ गतेदेखि तीन महिनासम्म एकतर्फी युद्धविरामको घोषणा गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले आज एक वत्तव्य प्रकाशित गर्दै आफ्‍नो तफबाट एकतर्फी युद्धविरामको घोषणा गरेका हुन्। वक्तव्यको पूर्ण पाठका लागि भित्र आउनुस्। (more…)

विष्णुको अवतारका अगाडि राजालाई गाली

२०६२ भदौ १८ शनिबार @ 4 am

२०४६ सालमा नै गणतन्त्रको घोषणा गरिसकेको र अत्याचारी राजालाई श्रीपेचसहित लखेटेको इतिहास बोकेको पाटन नगरीको मंगलबजारमा हिजो लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको वृहत् सभाको आयोजना गरियो। मञ्च बनाइएको थियो कृष्ण मन्दिरअगाडितिरको अर्को मन्दिरमा। कृष्ण अर्थात् विष्णुका अवतार। यही विष्णुका अवतारका अगाडि ‘हिटमा गएपछि पसिना काट्ने ह्युमन बिइङ’ लाई भन्नु नभन्नु भनियो। बाँकी (more…)

अडियो ब्लगः अर्जुन पराजुलीका कविता

२०६२ भदौ १८ शनिबार
पाटनको मंगलबजारमा शुक्रबार भएको नागरिक सभामा जमेका केही प्रस्तुति मध्येको अर्को प्रस्तुति कवि अर्जुन पराजुलीका कविता सुन्न यहाँ क्लिक गर्नुहोला। (2mb, mp3 format)
यदि तपाईँसित आई-पड छ भने मेरो संसारको पडकास्टिङको ठेगानाका लागि यहाँ क्लिक गर्नुस्।

अडियो ब्लगः रुबिन गन्धर्वको गीत

२०६२ भदौ १८ शनिबार
पाटनको मंगलबजारमा शुक्रबार भएको नागरिक सभामा जमेका केही प्रस्तुति मध्ये एक १२ वर्षीय गायक रुबिन गन्धर्वको गीत सुन्न यहाँ क्लिक गर्नुहोला। (334 kb, mp3 format)
यदि तपाईँसित आई-पड छ भने मेरो संसारको पडकास्टिङको ठेगानाका लागि यहाँ क्लिक गर्नुस्।






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.