विष्णुको अवतारका अगाडि राजालाई गाली
२०६२ भदौ १८ शनिबार @ 4 am

२०४६ सालमा नै गणतन्त्रको घोषणा गरिसकेको र अत्याचारी राजालाई श्रीपेचसहित लखेटेको इतिहास बोकेको पाटन नगरीको मंगलबजारमा हिजो लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनको वृहत् सभाको आयोजना गरियो। मञ्च बनाइएको थियो कृष्ण मन्दिरअगाडितिरको अर्को मन्दिरमा। कृष्ण अर्थात् विष्णुका अवतार। यही विष्णुका अवतारका अगाडि ‘हिटमा गएपछि पसिना काट्ने ह्युमन बिइङ’ लाई भन्नु नभन्नु भनियो। बाँकी
सभाका सभापति कृष्ण पहाडीले अपराधीले अपराधीलाई मन्त्रिमण्डलमा नियुक्त गर्दैमा किन आश्चर्य मान्ने भनेर व्यङ्ग्य गरे भने जीवराज पोखरेलले भताभुंगे राजाको उपमा दिए। १२ वर्षका गायक रुबिन गन्धर्वले समेत तिम्रो निरंकुशता दुई दिनका लागि हो, प्रजातन्त्र जुनिभरका लागि हो भनी चेतावनी दिए।
वास्तवमा नागरिक आन्दोलनको भीड गणतन्त्रबाहेकका कुरा नै सुन्न चाहँदैन। जसले बढी चर्का भाषण गर्यो, जसले राजालाई गाली गर्यो, उसैले बढी ताली पाउँछ। तर कार्यक्रमका उद्घोषक महेश मास्केले पहिले नै सहभागीहरुलाई सचेत गराए, कुनै पनि आपत्तिजनक नारा लेखिएका ब्यानर, पर्चा, प्लेकार्डको जिम्मा हामी लिन सक्दैनौं। शायद् पछिल्लो पटक बसन्तपुरमा भएको सभामा ‘हिटमा गएपछि पसिना काट्ने ह्युमन बिइङ’ लाई मोस्ट वान्टेड क्रिमिनल र हिटलरसित तुलना गरिएको प्लेकार्ड प्रदर्शन हुँदा प्रहरीले गर्न खोजेको हस्तक्षेपको प्रतिफल थियो त्यो।
अपराह्न ३ बजे कार्यक्रमको सुरुवात आरोहणको एउटा नाट्य प्रस्तुतिबाट भयो। यसमा निरंकुशताको प्रतिकले सुरुमा सबै जनतालाई बाँधेर राखेको देखाइएको थियो भने पछि जनताले त्यो निरंकुशताको प्रतिकलाई अन्त्य गरेर विजय घोषणा गर्छन्।

कलाकारहरु प्रत्यक्ष चित्र बनाएर लोकतन्त्रको आन्दोलनमा ऐक्यवध्दता जनाउँदै। फोटोः उमेश
आरोहणका नाट्यकर्मीहरु मात्र हैन, चित्रकारहरुले पनि यस पटक आफ्नो कलाको माध्यमबाट लोकतन्त्रको आन्दोलनमा ऐक्यवध्दता जनाए।

राजसिंहासन उदगम स्थल र रातो कार्पेटको ठाउँमा रगत र लाशैलाशः प्रतिकात्मक कला। फोटोः उमेश
मञ्चनजिकै एउटा प्रतिकात्मक कला थियो, रातो रगत र लाशको चित्रले भरिएको जमिनसम्म र त्यसको उद्गम बिन्दु भने सिंहासन जस्तै लाग्ने ठाउँ थियो। यसको अर्थ तपाईँ आफै बुझ्नुस्।

उक्त कलालाई मञ्चबाट हेर्दा। फोटोः उमेश
कविता, गीत र वक्ताका मन्तव्यहरु- नागरिक भेलामा सँधै यस्तै कार्यक्रम हुने गर्छ। सुरुमा एफएमको सडक समाचार बजाइन्थ्यो भने आजभोलि एफएमले समाचार प्रसारण गर्न थालेकाले त्यसो गरिँदैन।
सुरुमा कवि विष्णुविभु घिमिरेले हराएको कविता सुनाए। देशमा थुप्रै कुरा हराएका छन्, धेरै कुरा उनको कवितामा समेटिएको थियो। अनि कृष्णज्वाला देवकोटाले लिगलिगकोटमा हार्ने र हराउनेको अभिमानसम्बन्धी कविता सुनाए। पाटन कै सुन्दरकृष्ण जोशीले विद्रोहको कविता सुनाए। स्थानीय कन्सियस क्लबले पनि नेपालभाषासहित नेपाली भाषामा पनि गीत सुनाए।

नागरिक भेलामा उपस्थित नागरिकहरु। यसमा प्रवुध्द व्यक्तिहरु पनि शामेल छन्। फोटोः उमेश
यस पटक बस्ने ठाउँको अलि असुविधा थियो। अधिकांश समय हामी मञ्चपछाडितिर नै बस्यौं। अनि यस पटकको सभामा पहिलेको जस्तो जोश र उत्साह पनि देखिनँ मैले। शायद पटक-पटक एकै शैलीका कार्यक्रम दोहोरिएर हुन् कि। सभामा उपस्थिति पनि पहिलेको तुलनामा कमै देखेँ मैले। यस पटक अलि सुस्त किसिमको पनि थियो कार्यक्रम। वक्ताहरुको सामान्य गफजस्ता लाग्ने बोली कोही सुन्न चाहँदैन थिए। तर त्यस्तै वक्ता र प्रस्तुतिको बाहुल्य थियो यस पटक। यस विषयमा नागरिक आन्दोलनका आयोजकहरु अब अलि सतर्क हुनुपर्ने देखिन्छ। कतै उनीहरुको कार्यक्रमको पनि राजनीतिक दलका कार्यक्रमको सरह चार्म घटेको त हैन? म आफैलाई पनि कतिपय वक्ता र कविको प्रस्तुति बकवास लाग्यो। चौथौ कार्यक्रममा नै यस्तो स्थिति आउने हो भने लोकतन्त्रको उद्देश्यप्राप्तिका लागि अझै धेरै समय लाग्न सक्छ, कतै पछिका कार्यक्रममा उपस्थिति कम भएर लज्जास्पद देखिने त हैन ?

सुस्त र अप्रभावकारी प्रस्तुति पछि भीड स्वात्तै घट्यो। एक छिन अघिसम्म त्यहाँ टेक्ने ठाउँ थिएन। फोटोः उमेश
कार्यक्रम सुस्त गतिमा र वक्ताहरुको प्रस्तुति फितलो भएपछि भीड स्वात्तै घटेको थियो। कार्यक्रममा नेपालभाषामा कविता र गीतको प्रस्तुति समावेश गराएर पाटनवासीलाई पनि सहभागी गराउन खोज्ने आयोजकहरुको प्रयास भने खासै सफल देखिएन। भीड अधिकांश बाहिरबाट आएकाहरु कै थियो। स्थानीय बासिन्दाहरु निकै कम थिए। तर धन्न थिए। यस पटक ७६ वर्षकी स्थानीय वृध्दा स्नेहलतादेखि लिएर स्थानीय अनुहारका केही युवायुवती र वृध्दाहरु पनि पलेँटी कसेर कार्यक्रम हेरिरहेको मैले देखेँ।

सहभागीहरुको भीडमा एक अनुहार। यी तिनै व्यक्ति हुन् जसले ०४६ सालमा बीबीसीलाई अन्तर्वार्ता दिँदै पाटनलाई मुक्तिक्षेत्र, गणतन्त्रको घोषणा गरेका थिए। तर आज पाटन किन उठ्न सकेको छैन ? यसको जवाफ कसले दिने ? फोटोः उमेश
यस पटकको कार्यक्रममा जम्मा चार जनाको प्रस्तुति जमेको थियो, इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष जीवराज पोखरेलको भाषण, रुबिन गन्धर्वको गायन, अर्जुन पराजुलीका कविता र सभापति कृष्ण पहाडीका मन्तव्य।
सुस्त बनेको सभालाई चर्को भाषण गरेर जीवराज पोखरेलले तताइदिएका थिए। उनले धरानमा एक जमानाका भताभुंगे राजासित अहिलेका राजाको मित लाइदिए। उनी भन्दैथिए,
धरानका भताभुंगे राजा सम्मान गर्नुपर्नेलाई सजाय, सजाय गर्नुपर्नेलाई सम्मान गर्थे, पुरस्कार गर्नुपर्नेलाई तिरस्कार र तिरस्कार गर्नुपर्नेलाई पुरस्कार दिन्थे। भताभुंगे मन्त्रीका एक लथालिंगे मन्त्री पनि थिए।

अब राजालाई रानीको पोइ भन्ने किः चर्का भाषण गरेर ताली पाएका जीवराज पोखरेल फोटोः उमेश
उनले हालको मन्त्रिपरिषद्का अध्यक्षलाई भताभुंगे अध्यक्ष र तुलसी गिरीलाई लथालिंगे उपाध्यक्षको संज्ञा दिए। भताभुंगे राजाको दरबारको भग्नावशेष धरानमा अहिले छ भन्दै यिनको निवास पनि जनताले खण्डहर बनाइदिने चेतावनी उनले दिए। उनको भाषणको अडियो ब्लग छिट्टै नै अपलोड गर्नेछु। उनको भाषण रमाइलो छ। राजाले अस्ति अन्तर्वार्तामा उठाएका जोइपोइका कुरादेखि लिएर झन् अधिराजकुमारलाई राजा बनायौं, उल्टो अध्यक्ष पो हुँदो रहेछ भनी उनले भने।

रुबिन गन्धर्व आफ्नो गायन प्रस्तुत गर्दै। फोटोः उमेश
रुबिन गन्धर्वको गीत अपलोड भइसकेको छ अडियो ब्लगका रुपमा। उनले पनि भीड जम्मा गर्न योगदान दिएका थिए। यो अडियो पनि सुन्नका लागि म विशेष सिफारिश गर्छु। यस पटकको अडियोको क्वालिटी पहिलेको भन्दा राम्रो छ।
कवि अर्जुन पराजुली पनि के कम। आउनेबित्तिकै उनले गोलीको कविता सुनाए,
पूच्छर उचाल्दै मेरो छाति ताकेर आएको गोलीलाई मैले सोधेँ
अोए गोली,
यता किन ?
उसले भन्यो तँलाई सुरक्षा दिन……
राजाले भर्खरैको अन्तर्वार्तामा कर्म गर फलको आशा नगर भनी भनेको कुरालाई उनले यसरी व्यङ्ग्यमा उडाए
ए नारी, ए नर
कर्म गर तर फलको आशा नगर
त्यति सानो कुरो यति ठूलो मुखले तिमीलाई कति सम्झाइरहनु पर्ने ?
कर्म गर्नेले नै फलको आशा पनि गर्ने हो भने
कर्म नगर्नेले चाहिँ फेरि के गर्ने ?
यति भन्दा कति ताली बज्यो होला, त्यो सुन्न भने तपाईँले अडियो ब्लग नै सुन्नु पर्ने हुन्छ जुन अपलोड भइसकेको छ। तालि त तलको कवितामा पनि कम्ता बजेनन्
आजसम्म आउन सकेनन् जनताका सरकारहरु
बल्ल जनताको सरकार आयो
आउँदा आउँदै डोजर लायो
प्रजातन्त्रको भित्तो भत्कायो
कुरै नबुझी भित्तो भत्कायो भनेर हामीले आफ्नै सरकारको हामीले किन विरोध जनाउने ?
हाम्रो काम त हातका नङ लामा लामा बनाउने
जहाँ जहाँ चिलाउँछ सरकारको
त्यहीँ त्यहीँ कन्याउने…
तपाईँ आफै भन्नुस मित्र
प्रजातन्त्रको भित्तो नभत्काए
गणतन्त्रको भित्तो कहाँ बनाउने ?
पानी पर्न थालेको थियो सिमसिम। नागरिक समाजको चार कार्यक्रममा चारै पटक पानी परेको छ। समय अभावका कारण तीन वटा कवितामा एउटा मात्र सुनाउने उनले बताए। स्रोताहरुले नमाने पनि समयको ख्याल गर्नुपर्छ भन्दै शीर्षक सुनाएर कुन कविता पढौं भनी सोधे। शीर्षक थियो, जंगबहादुरसँग पुनर्मिलन र ज्वाइँको मोबाइल।
ज्वाईँको मोबाइल नै सर्वसम्मतिबाट सुनाउन भनियो। त्यसको सारसंक्षेप यस प्रकार छ। पूरा सुन्न र उनको उदघोषणको शैलि सुन्न रमाइलो हुन्छ। त्यसैले यसका लागि अडियो ब्लग नै सुन्नुपर्ने हुन्छ।
ज्वाइँ साहेब,
तपाईँको मोबाइल स्वदेश सवारी हुँदा
हाम्रो मोबाइल ट्राफिक जाममा पर्यो
ज्वाइँ साहेब, लाम लागेकै ठाममा
तपाईँको मोबाइलले हाम्रो मोबाइललाई ज्युनार गर्यो
ज्वाइँ साहेब, हाम्रो मोबाइल ज्युनार गर्ने तपाईँको मोबाइलले
फेरि हामीलाई ज्युनार गर्ला कि भन्ने भयले
रातो दिन हामीलाई पिर्छ
ज्वाइँ साहेब, हामी नै नभए
तपाईँको मोबाइलको पैसा फेरि कसले तिर्छ ?
हामी नै नभए तपाईँका ससुरालीलाई लाश निरीक्षण गर्न मन लागेको बेला
पायक पर्ने ठाउँमा लाश फेरि कसको गिर्छ ?
ज्वाइँ साहेब, गाउन सक्दैनौ हामी तपाईँको मोबाइलको महिमा अपरम्पार छ
ज्वाइँ साहेब, त्यसैले तपाईँको मोबाइललाई टाढैबाट हाम्रो
कोटी कोटी नमस्कार छ

अर्जुन पराजुली कविता वाचन गर्ने तयारीमा। फोटोः उमेश
बीचमा उनले एउटा पंक्तिपछि तपाईँको मोबाइल तपाईँको ससुरालाई पठाइदिनुस् भन्दा कम्ता ताली बजेनन्।
हाम्रा हातमा कसैको करङ बंग्याउने स्थायी वा अस्थायी जग छैन
हाम्रा हातसँग कुनै महिलालाई नङ्ग्याएको अनुभव छैन
यस्ता नामर्द हातले त्यस्ता मर्द मोबाइल समात्दै कसरी हिँडोस्
ज्वाइँ साहेब, तपाईँको मोबाइल तपाईँको जेठानलाई पठाइदिनुस्
यसो भनेपछि दर्शक चुप लागेर बस्लान् त तपाईँ आफै सोच्नुस्।
उनले ज्वाइँ साहेबलाई मोबाइल बिक्री गर्न पशुपतिनाथलाई एजेन्ट मनोनीत गर्ने सल्लाह दिए। त्यसो गरे भएभरका देउतालाई आर्यघाटमा झिकाएर पशुपतिनाथले मोबाइल बिकाइदिने भन्दै देउतै पिच्छे एउटा-एउटा मोबाइल बिकाए भने पनि ३३ करोड मोबाइल बिक्ने तथ्य प्रस्तुत गरे।
त्यसपछि सभाको अन्त्यमा सभापति कृष्ण पहाडीको मन्तव्य। यो पनि सुन्न लायककै छ। यसलाई पनि म अडियो ब्लग र पडकास्टिङ छिट्टै नै गर्नेछु।
कृष्ण पहाडीले राजा राष्ट्रसंघीय सभामा भाग लिन न्युयोर्क जाने दिन विमानस्थलको बाटो रोक्न नयाँ बानेश्वरमा भेला हुने र त्यो दिन गिरफ्तारी दिएर जेल भर्नु परे पनि विश्वलाई उनी हाम्रा प्रतिनिधि भएर त्यहाँ जान लागेका हैनन् भनेर देखाउने बताए। यसका लागि सबैलाई त्यहाँ उपस्थित हुन उनले आग्रह गरे।


best
Comment by deep — September 3, 2005 @ 4:12 am
badhai chha badhai
Comment by Ramhari Koirala — September 3, 2005 @ 4:17 am
ab ta nepali patrika lai birsera tapai ko sansar lai nai home page banaunu parne bho .tapai ko sansar here pachhi aaru patrika ta hernai man lagdaina , badhai chha. nirantarta pairahos ,
Comment by chahal sayapatri — September 3, 2005 @ 5:26 am
yasto po news reporting.
Thanks a lot.
Hope to see the news with versatile presentation.
Comment by XYZ — September 3, 2005 @ 6:53 am
Umesh je!
Niki Thuloo raa ramro Kaam Gardi Hununcha. Niki Khushi lagyoo.
Sathi Nilan
Comment by Nilan — September 3, 2005 @ 9:57 am
nice article!!!
Comment by बाबु — September 3, 2005 @ 3:26 pm
YO NAGARI LAI NAI THAHA NAVAI RATA RAT KASARI NAGARIK SAMAJ BANYO ANI KINA TINAI PURANAI ANUHAR MATRAI YAHA PANI? YES KO STATHAPANA KO UDHESYA BARE PANI ALI KELAYERA LYAUNA SAKE AJHA RAMRO HUNTHYO.
Comment by Kurako Kura — September 3, 2005 @ 4:39 pm
1st class ka news hai bhai, maja aagaya yarr.
keep it on.
Comment by arjun — September 5, 2005 @ 2:34 pm
sacchai umeshji yo article ta sarai ramro lagyo tapailai yesko lagi dherai thanx
Comment by diya — December 27, 2005 @ 11:48 am
the manage n editor of this papper should be punished by government..u dont have work u dont have good knowledege. if u have good knowledge dont try to publish rubbish thing try to publish technical thing.
we can learn what i needed..
all r want to destroy country ..
Comment by janga bahaur gurung — June 3, 2006 @ 2:37 am
I liked the way Nepali people are standing against the king. It is really a great victory of people’s power. But I do not understand why Nepali people, majority of whom are Hindus, are slamming their own religion and misinterpreting their own identity.
Most people have seen the cruelty of Muslim fundamentalists, the war in the middle east and the intolerance of the Christian fundamentalists, who are still very very superstitious. Compared to the rest of the world, Hinduism had been an examplary legend in Nepal so far as tolerance is concerned. I do not know if Nepali people, including the human rightists and leaders ever read the cultural evolution of humans and ethnic values of their own people. I apologize to say this but it surprises me when the metaphysics of Gita and Upanishad have inspired people like Einstein, Shopenhower and TS Eliot in the West, Nepali people are drawing out some of the most incomplete lines from their own holy book and parading a ridicule in the public. I cannot imagine this would ever happen in any other country. Ridiculing their own religion in the public!
Yes, I read news, the kings in Nepal have been amazingly corrupt and they should be brought to justice but aren’t all kings alike? Christianity worships kings as the messengers of God, as it is revealed in the Bible but people punished the kings when they did wrong but did not burn their Bible. And this Bible, which is a story of Christian kings has entered Nepal as a savior.
I was a Christian and now am an atheist because I could not be unidirectional as Bible would force me to submit to Christ, which is wrong.
If this continues, and if what I just read is true, then Nepal is not too far from abandoning their most amazing and peaceful culture and moving on to the Western culture of intolerant religious wars as is going on in the Middle East.
Comment by David — July 27, 2006 @ 12:02 am
Sorry, do not please think that I am a royalist. I do not beleive on any kind of kings. I was in nepal in 2003 and had a chance to know a little bit about your present king Gaynendra. People hate him and i see the reason. I think what people are doing is quite deserving of him but just ridiculing in the public is not enough. He must be brought to the court and legitimately tried for his crimes.
And of course, the king misused the religion but people should punish the king and save their religion. It looks like some foreing missinaries are feeding the people to mix up their king, their caste system and poverty with their religion. It will be very unfortunate if it is happening so.
Comment by David — July 27, 2006 @ 12:10 am
Thanks writer your’s best writer aba raja ka den gaya
aba nepale salala sarkar ko bikas garna den aayo hoenala
Comment by bishnu — May 23, 2008 @ 11:38 am