September 4, 2005

दलहरुले निषेधित क्षेत्र तोडे

न्युरोड क्षेत्र तनावग्रस्त, कयौं सेल अश्रुग्यास प्रहार
२०६२ भदौ १९ आइतबार

गिरिजा अचेत अवस्थामा।

*LIVE (on the spot audio reporting) का लागि यहाँ क्लिक गर्नुस्। (228 KB, MP3 Format)

** भिडियो ब्लगका लागि यहाँ क्लिक गर्नुस्। (919 KB, WMV Format)

पत्रकार, वकिल र नागरिक समाजले निषेधित क्षेत्र तोडिसक्दा पनि माघ १९ पछि अवैधानिक सरकारले लगाएको बन्देजको पालना गरी काइते आन्दोलन हाँकिरहेको आरोप खेपिरहेको सात दलले आज बल्ल पहिलो पटक निषेधित क्षेत्र तोड्ने साहस देखाएको छ। यस क्रममा सातै दलका शीर्ष नेताहरु सडकमा आए, गिरफ्तारी दिए। (more…)

अडियो ब्लगः रुबिन गन्धर्वको गीत (भाग २)

रुबिन गन्धर्वको गीत मैले तल पनि पोस्ट गरिसकेको हुँ। तर त्यो पूरा थिएन। एनालगबाट डिजिटलमा परिवर्तन गर्न समय लागेकोले रुबिनको गीतको बाँकी अंश ढिला पोस्ट गरेको हुँ। बाँकी अंश सुन्न यहाँ क्लिक गर्नुहोस्। (mp3 format, 292 KB)

अडियो ब्लगः कृष्ण पहाडीको चर्को भाषण

चर्चित मानवअधिकारकर्मी कृष्ण पहाडीको भाषण कस्तो हुन्छ, त्यो सुन्नेहरुलाई भनिरहनुपर्दैन। सुन्नुभएको छैन भने यसमा सुन्नुस्। यो पनि शुक्रबार मंगलबजारमा भएको सभामा सभापतिको आसनबाट उनले व्यक्त गरेको मन्तव्य हो। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। (mp3 format, 1.16mb)

अडियो ब्लगः जीवराज पोखरेलको रमाइलो भाषण

शुक्रबारको नागरिक सभामा सबैभन्दा रमाइलो मानिएको र बढी ताली पाएको नेपाल इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष जीवराज पोखरेलको भाषण। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्। (mp3 format, 780 kb)
[सुबोध पोखरेल नामका एक मित्रले तलको अडियो ब्लगको एउटा पोस्टमा अडियो सुन्ने सुविधा नभएकाहरुलाई पनि त्यसमा भएको कुरा थाहा पाउने सुविधा दिनुपर्‍यो भनी भन्नुभएको छ। समय भए म यी भाषण र गीतका लिखित स्वरुप पनि यसैमा राख्नेछु। त्यसका लागि प्रतीक्षा गर्नुहोला। कृपया यी अडियो कस्तो सुनिन्छ, कस्तो सुधार गर्नुपर्छ, डाउनलोड गर्न केही समस्या त छैन आदिका सम्बन्धमा प्रतिक्रिया लेखिपठाउनु हुन अनुरोध छ। प्रतिक्रियापछि मात्र मैले ठीक काम गरेछु कि रहेनछु मेरो मेहनत ठीक भएछ कि भएनछ भन्ने महसूस हुनेछ। नत्र राजाले भने जस्तै कर्म गर फलको आशा नगर मै चित्त बुझाउनु पर्ने हुन्छ।]

भिडियो ब्लगः टंकेको हसाँइ र मण्डलको झोंकाइ

माअ‍ोवादीले एकपक्षीय युध्दविराम गरेपछि सरकारको प्रतिक्रिया बुझ्न गएका पत्रकारहरुसमक्ष मन्त्री बद्रीप्रसाद मण्डल कसरी झोंक्किनु भयो र माइक मन्त्री टंक ढकाल कसरी बत्तीस दाँत देखाएर हाँसेर बस्नुभयो, त्यसलाई संयोजन गरेर तयार पारिएको एउटा भिडियो ब्लग। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। (wmv format, 1.81 mb)

हरायो (विज्ञापन)

उपरोक्त सम्बन्धमा माअ‍ोवादीले गरेको एकपक्षीय युध्दविरामको समाचार सरकारी सञ्चारमाध्यम गोर्खापत्रमा कहीँ कतै नदेखिएको हुँदा खोजेर फेला पार्नुहुनेलाई उचित पुरस्कार दिइनेछ। खोजीका लागि नजिकैको पसलमा गोर्खापत्र हेर्न र उसको यो वेबसाइटमा जान सल्लाह दिइन्छ। - शान्ति खोज्ने जनता

Issued in public interest by Mero Sansar in association with Surf, “Dhoondte Raha Jaooge…….!”






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.