September 5, 2005

कयौं ठाउँबाट एकै पटक निषेधाज्ञा तोडियो

२०६२ भदौ २०, सोमबार

वाह, क्या सिन हैः पक्राउ पर्ने र पक्रने दुवै मख्ख, हाँसिरहेको। नेपाली काँग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीलाई प्रहरी गिरफ्तार गर्दै। तस्वीरः उमेश

आज पनि दलहरुले निषेधित क्षेत्र तोडे। रत्नपार्कमा निषेधित क्षेत्र तोडिने भनिएकोले म ठीक ठाउँमा त्यहाँ पुगेको थिएँ। भोटाहिटीबाट रत्नपार्क निस्कने गल्लीमा प्रहरीले बाटो छेकेर बसेको थियो। रमितेहरुलाई रोक्न प्रहरीले त्यहाँको आकाशे पुलमा कसैलाई चढ्न दिएको थिएन। यसो हेर्दा निषेधित क्षेत्र तोड्न खोज्नेहरुको भीड खासै देखिएन। हिजोको आजै किन यसरी सहभागिता घटेको होला भन्ने ठानेको त पछि पो थाहा भयो, सात दलले एक ठाउँबाट मात्र हैन, विभिन्न ठाउँबाट एकै पटक निषेधित क्षेत्र तोड्ने प्रयास गरेका रहेछन्। न्युरोड, प्युखा, सुन्धारा, जमल आदि ठाउँबाट पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएका रहेछन्। न्युरोडमा व्यापक टियरग्यास र लाठी प्रहार भएछ। (more…)

राजा अमेरिका नजाने ?

Filed under: Breaking News

२०६२ भदौ २० सोमबार @ 1224 NST
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि राजा न्युयोर्क नजाने भएका छन्। तर यो समाचारलाई आधिकारिक रुपमा पुष्टि भने गरिएको छैन। (Update 4 pm NST: पुष्टि भइसक्यो, थप जानकारी का लागि यहाँ जानुस्)त्यसो त राजा जाने भनेर पनि घोषणा भएको थिएन। यद्यपि पछिल्ला घटनाक्रमलाई हेर्दा राजा अमेरिका नजाने कुरामा मलाई भने विश्वास लागेको छ। राजा अमेरिका जानुअघि देशमा राजनीतिक घटनाक्रम तीव्र रुपले विकास भइरहेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले विशाल विरोध प्रदर्शनको तयारी गरिरहेका छन् भने नेपालमा पनि नागरिक समाजले राजा अमेरिका जाने दिन बाटोमा सुतेर भए पनि बाटो छेक्नुपर्छ भन्दै विरोध प्रदर्शनको तयारी गरिरहेका छन्। माअ‍ोवादीहरुले एकतर्फी युध्दविराम गरेका छन् र दलहरुले आन्दोलन चर्काएका छन्। अमेरिकी राष्ट्रपतिले पनि राजालाई नभेट्ने कुरा आएका छन्। राजा जाने भनिएको जर्मनीमा पनि नेपालीहरुले कालो झन्डा देखाउने तयारी गरेका छन्।
[Update: 6 Septmeber आज प्रकाशित कान्तिपुरले पनि यो समाचार प्रकाशित गरेको छ। मेरो संसारले पहिलो पटक यो समाचार सार्वजनिक गरेको हो]






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.